19 February 2010

बसन्तागमन र आरुबखडाको ‘हानामी’ !

त्यसो त तिथि ऋतुका आधारमा हामीकहाँ वसन्त लागी सकेको छ । तर प्रकृति कसैले बनाएको पात्रो वा क्यालेण्डरको इशारामा नचल्ने भएकोले मानव निर्मीत मौसमका सूचकांकहरुले जे सुकै भने पनि काठमाण्डौमा अझै पनि जाडो नै छ । अनि रुख विरुवाहरु पतझडका जीवीत नमूना बनेर कठ्याङ्रीदै उजाड स्वरुपमा खडा रहेका छन ।

आज आफ्नै वरिपरी हेर्दा वसन्त ऋतु भने पनि रुख विरुवाले भने हिँउद नै चलीरहेको जानकारी दिए।

अनि १-२ क्लिक यही पतझडको लिएँ ।

Fall(घर नजिकैको बुढो खरीको रुख)

Patjhad  (आफ्नै बारिको हलुवाबेदको रुख—पात झरेर नाङ्गिएको छ)

तस्विर खिच्दा खिच्दै अचानक आफ्नै बारीमा रहेको साधारहणतया कसैले राम्ररी ध्यान नदिने आलुबखडाको बोटहरुमा परे।

अरु वनस्पती र वातावरणले जेसुकै भनेपनि आलुबखाडाको रुखले भने वसन्तागमनको यथेष्ट प्रमाण दिईरहेको थियो ।

ढकमक्क फुलेको आलुबखाडाका रुखहरुमा हेर्दा यस्तै रुखहरु लहरै धेरै बएका भए त यहाँ पनि सानोतिनो हानामी हुने जस्तो लाग्यो । हेर्नुस है यी आलुबखडाका रुखहरुले कतै साकुराका याद त दिलाउँदैनन ?

Nepali Hanami (आरुबखडाको भए पनि फूल त फूलनै हो नी)

Close up

Alubakhada

Beauty

Spring

अरू यता ...

15 September 2009

फूल, पात र दसैंको आगमन

अलिकता कार्य व्यस्तता र अलिकता अल्छीपनाले गर्दा यो पुरै हप्तामा ब्लगलाई खासै समय दिन सकिन । ब्लग अपडेट नगरेको केही समय भएको र केही समय पछी फेरि घरतिर जाने कार्यक्रम रहेकोले ब्लग अपडेट गर्न झनै समय नमिल्ला जस्तो लागेकोले अहिलेलाई बीचमा यता उता गर्दा बाटो पर्ने ठाउँमा खिचेको केही फूल-पातका तस्विरहरु राख्दैछु ।

आलु खनिसकेपछि उब्रेका सिला जस्तै यि तस्विरहरु पनि कुनै एक निश्चित स्थान वा समयका भने हैनन् ।

flower (8) (यो फूलसंगै सबैमा विजया दशमीको अग्रीम शुभकामना पनि है !)

flower (1) (ढकमक्क फूलेका फूलहरु—नाम थाहा नभएपनि मन परेर यस्को फोटो लिएकी थिएँ)

flower (17) (यो सायद शहरको कुनै पार्कमा लिएको तस्विर हो—बेनामी फूलकोOpen-mouthed)

flower (3) (जे भएपनि यी फूलहरुले दसैंको आगमनको सूचना दिएको जस्तो छैन त ?)

flower(यो चाही म काम गर्ने कार्यालयको प्रांगणमा हिजो मात्रै खिचेको)

 

अरू यता ...

07 September 2009

आकाशका रंगहरु …

“आकाशको रंग निलो हुन्छ” वा “आकाश निलो हुन्छ”-- हामीले सानै देखी सुन्दै आएको कुरा यही हो । जे होस, ‘क’ बाट कछुवा र ‘ख’ बाट खरायो बने जस्तै हामी प्राय: बादललाई कालो र सेतो अनि आकाशलाई निलो हुनुको दर्जा दिन्छौं । तर जसरी ‘क’ बाट कछुवा मात्रै नभै कलम, कलश वा कसौंडी पनि बन्छ, आकाश पनि आफ्नो मनखुशीमा कहिले नीलो, कहिले कालो, कहिले रातो त कहिले एकै समयमा विभिन्न रंगमा देखिने रहेछ ।

गएको तीन दिन जत्ती म बस्ने शहरको आकाश आफ्नै मस्तीमा थियो, अनि उसले बादल र मौसमको साथमा आफ्नो भिन्न भिन्न रंग रुपहरु देखाएर मलाई आकाश निलो मात्रै हैन प्रकृतिले जस्तो चाह्यो त्यस्तै हुन्छ भन्ने प्रमाणीत गरीदियो । आजको यो पोष्टमा आकाशका यिनै भिन्न भिन्न रंगहरु बाँढ्दै छु ।

यि सबै तस्विरहरु गएको तीन दिनको बीचमा एकै दिशा र सकेसम्म एउटै कोणबाट लिईएका हुन ।

Morning Sky(बिहान देखिएको सेतो बादलले ढाकिएको आकाश)

Afternoon (मध्यान्नको चम्किलो निलो आकाश)

Evening 1 (दिन ढल्दै जाँदा आकाश पनि रंग बद्ल्दै छ)

Evening (साँझ पर्दा पर्देको सुनौलो आकाश)

Evening (5) (यो आकाशको अर्को रंग)

Evening (6) (इन्द्रेणीको सबै रंग सायद यसमै छ)

Evening (7) (सुर्य अस्ताउनै लाग्दाको बहुरंगी आकाश)

Evening (8)(सन्धिको आकाश)

अरू यता ...

07 June 2009

बादल,वृष्टि र आनन्द

हामी बस्ने स्थानमा गत केहि ह्प्ता देखी ताप-मापक पारा ४० डिग्री भन्दा माथी नै थियो। खबर कागजमा ‘मनसुन’ र ‘अर्ली मनसुन’ का धेरै कुरा भए पनि राम्ररी पानी पर्न सकेको थिएन ।

B4 rain (बर्षातको सुचना दिदै मेघ)

हुन त यहाँको यो दुई महिना विशेष गर्मी हुनेमा गनिन्छ र जुनको अन्तिम हप्ता वा जुलाईबाट बर्षातसंगै तापमान केहि कम हुने गर्छ, तैपनि आज परेको पानीले भने तापक्रमलाई ३-४ डिग्री झारेको छ।

 100_0763 (पानी पर्न थालेपछि बाहिर निस्किन सकिएन यो चाँहि झ्याल बाटै लिईएको फोटो)

आज बिहान देखी नै पानी पर्ने छाँटकाँट देखेकोले आजको ब्लगमा यहि बादल र बर्षातको तस्बिर राख्‍ने बिचार गरेर तस्विर खीच्दै थिएँ । अहिले भने मुसलधार पानी पनि परेको छ। निक्कै दिनको गर्मीले तडपीएको सहरले पनि सायद केहि राहत महशुस गरेको होला अहिले ।

तर पानी परेको यथार्थ तस्बिरमा उतार्न निक्कै गाह्रो हुने रहेछ । आकाश बाट  जतिसुकै पानि परे पनि फोटोमा भने नदेखिए पछि बर्षातको “देखिने तस्बिर” उतार्न म बाहिर निस्किएँ।

 100_0768 (यसमा त पानी परेको देखिन्छ नी !!!) 100_0769 (माथिको मा नदेखिए पनि मुसलधार बर्षात  यसमा भने पक्कै देखिएला)

Kids 2 (खुशिले रमाउँदै केटाकेटीहरु)

अरू यता ...

31 March 2009

Godavari

Godavari (5) Godavari (9)Godavari (12) Godavari (2)

अरू यता ...

29 March 2009

Dhulikhel

Dhulikhel

 

Dhulikhel (3)

   

Dhulikhel (1)

 

Dhulikhel (2)

अरू यता ...