दक्षीण भारत यस्तो ठाउँ हो, जहाँ चलचित्रमा राजनीतिको प्रभाव र राजनीतिमा चलचित्रको रंगिन दुनियाको झलक दुबै बराबर मात्रामा देख्न सकिन्छ ।
यहाँ बहुसंख्यक अभिनेताहरु राजनीतिमा जान्छन वा जाने तयारीमा रहेका हुन्छन भने नेताहरु पनि आफूलाई कुनै चलचित्रको अभिनेता जस्तो देखाउन लालायित हुन्छन ।
प्राय: चुनावको अगाडि प्रचार प्रसारको लागि बन्ने पर्चा पाम्पलेटमा छापिने नेताहरुका भिन्न भिन्न ‘पोज’ र ‘स्टाईल’मा खीचिएका तस्विरहरुले यहाँका नेताहरु राजनीतिको मैदानमा उत्रेका हुन कि फ्लिमी दुनियाँमा प्रतिस्पर्धा गर्दैछन लख काटन समेत हम्मे हुन्छ ।
केहि फ्लिमी दुनीयाबाट राजनीतिमा प्रवेश गरेका कलाकारहरु फ्लिमी दुनिया जस्तै राजनीतिमा पनि सफल र निकै लोकप्रिय समेत रहेका छन । त्यसोत, कलाकारलाई अत्यन्त उच्च सम्मान दिएर कुनै पनि कलाकारको मन्दिर समेत निर्माण गर्ने परम्परा पनि यहा कुनै नौलो होईन, तर पनि अभिनेताहरु यी सब सम्मानका बाबजूद समेत राजनीतिमा जान रमाउँछन। अनी ती राजनीतिज्ञका निर्माण भएका सालिकहरुमा फ्लिमी स्टाईल र पोजहरु पनि प्रष्ट देखीन सक्छ । आजको पोष्टमा यस्तै केहि सालिकका तस्विरहरु राख्दैछु:
यी सालिकहरुले के भन्न खोज्दैछन त, मलाई लागेको कुरा मैले लेखेको छु बाँकी अन्दाज गर्ने जिम्मा चाहि तपाईहरु कै !
![Dr. B.R Ambedkar(1981-1956) Dr. B.R Ambedkar(1981-1956)](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiMwqfu3oY_T1vBPu5gln0sxuKQ5dLUf0lfnvoYoQk6RA_UPViUG7dS9PnM4dIU1MLwKPyHmH884smQ4C29AHtvyf3LLWMG5GCfTSM4idagoKS8wy3FjdW_joncqCqAHW-nw2YjeL4uTDYY/?imgmax=800)
(Dr.B. R. Ambedkar-त्यहाँ सम्म पुग्नु छ हामी)
![Sri Tanguturi Anjaiah(Former CM of A.P) Sri Tanguturi Anjaiah(Former CM of A.P)](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjH5EzFMRB6M8MhoiKsjCwufgxVxOps2K0gKDqlwFv6lhtPA_2BtJhbr4UurMLg9eYw5VIPtW2SqHesy_n31Uf15xzf0H1ZVl2uWj3WAHohIxFhLNIX3WkNC1nhqBFKb_RjYssoKXaXfBOW/?imgmax=800)
(Sri Tanguturi Anjaiah-ल, त्यसो भए दौडौं त!)
![Indira Gandhi Indira Gandhi](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjLnxePOie0VUouE6yWULdsyY43nVrsVnxqj9kBSzHiCzJ2F-wX9AV9WuU4BC6YMJzouRuJtUA8kVxDAU-Mzu-M-lCZxrTOOOk22KBBmKf1kseBXoib-yP_q-M7RRp7a6AFXbBdFdWlKAR7/?imgmax=800)
(Indira Gandhi-पर्ख पर्ख म पनि आँउछु)
![Dr. Neelam Sanjeeva Reddy ( President of India (1977-1982) Dr. Neelam Sanjeeva Reddy ( President of India (1977-1982)](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEghJWtpoH1a04NSk1tIako9BAy1CdpTGmOGqEyBUGNKwvFGzPsgGaABlXkJwn3OTws5pGE5GJO11LAXDq2-h3a2GDdbR5Uej33TqlPctXmBmzElb1x5DH3c3U5OVD435Dmy0rVF2VgXckbN/?imgmax=800)
(Dr.Neelam Sanjeeva Reddy-म मात्र किन चुप लागेर बसौं)
(Jawaharlal Nehru- उदेश्य के लिनु? उडी छुनु चन्द्र एक)
(Babu Jagjeevan Ram- यात्रा त गर्नै छ लठ्ठी नै टेकेर भए पनि)
(Rajiv Gandhi-शुभ यात्रा)
(म त एक्लै परे नि!)
अरू यता ...