30 September 2011

काठमाडौँको आकाश खेती !

पुरानो जमानामा ज्योतिष, कर्मकाण्ड लगायतका केही आयको निश्चितता नहुने पेशाहरूलाई “आकाश खेती” भनिन्थ्यो । तर मैले आज चर्चा गर्न लागेको आकाश खेती त्यही पुरानो जमानाको खेती भने होइन। समय बदलिँदै जाँदा अहिले अर्कै अर्थ राख्ने र अर्कै खालको आकाश खेतीको विकास हुन थालेको छ । कुरा अझ प्रष्ट राख्ने हो भने आजकल साँच्ची नै आकाशमै खेती हुन लागेको छ ।

तपाईँले पनि धेरै पटक-धेरै ठाउँमा देखेर याद गरेको वा हेक्का नराखेको पनि हुन सक्छ । तर साँच्चै यो आकाश खेती निकै फैलिएको छ आजकल, त्यो पनि काठमाडौंकै चोक गल्ली र सहर बजार भरी । हो, काठमाडौंको चोक-चोक र गल्ली गल्लीमा आकाशमा खेती गरिन्छ आजकल । यहाँ आकाशमै फलफूल, तरकारी र ताजा फूलको समेत खेती हुन्छ । तपाई यदि विदेशमा समेत नभएको यस्तो प्रविधि नेपालमा कसरी आएछ भनेर सोच्दै हुनुहुन्छ भने तलका तस्बिरहरू हेर्नुस र जान्नुस कसरी हुँदै छ नेपालमा आकाशमा खेती ।

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3784

(यो सुरुवात हो आकाश खेती को - - कुनै एउटा घरबाट निस्केको विरुवा बिस्तारै आकाश तर्फ बढ्दै छ)

100_3782

(ल हेर्नुस, अब यो फोन, बत्ती र केबुल टिभीको सञ्जालबाट फैलिदैँ छHot smile )

100_3764

(अब हेरौँ आकाश खेतीमा लागेको बाली (तारमै लटरम्म फलेका छन् ईसकुसका दानाहरू)

IMG002

(अनि यो 'बम्पर हार्भेस्ट' केबुलको सञ्जालमा घिरौँलाका ताँती)

100_2720

(...र यो आकशमै फूलको खेती पनि Open-mouthed smile )

बढ्दो जनसंख्या र भू-खण्डिकरणको मार अनि महँगीको भारबाट यसले केही त्राण त देला तर कुरो गलत हो है ! कुनैदिन यसैकारण बाट ठुलै दुर्घटना पनि हुनसक्छ । त्यसैले आधुनिक आकाश खेती भने नगरौँ है !

शुभ विजया दशमी !!!

अरू यता ...

05 June 2011

नयाँ नेपालका केही आश्चर्यहरू !

देश उही थियो, उही छ र उही रहनेछ। तर देशको डाडु पन्यौ हातमा लिनेले धेरै सम्म देश वासीलाई झुक्याए । उनीहरूले सिङ्गो राष्ट्रलाई पनि बजारमा बेच्न राखिएका कपडा जस्तै कहिले पुरानो त कहीले नयाँ भन्ने धमाकेदार व्याख्याहरू गरे । अविकसित देश विकास गर्नु स्वागत योग्य कुरा हो, तर पहिलै देखि रहेको मुलुकलाई ‘नयाँ’ बनाउँछु भन्ने चाहिँ हावादारी कुरा नै हो ।

देश विकसित, संवृद्ध वा सुन्दर बनाउन सकिन्छ, तर देश कहिल्यै पुरानो हुँदैन र पहिले देखि नै स्थापित देशलाई ‘नयाँ’ बनाउन पनि सकिन्न । यस विषयमा आफ्नै बुढाले पनि कुनै बेला सुन्दर स्त्री, फूल र नयाँ नेपालका जोकरहरु ! लेखि सकेकाले म अरू लेख्दिन । तर योग्यतम नेताहरूले देश ‘नयाँ’ बनाउन थालेपछि नेपालमा के के चमत्कारहरू भए त ?। पक्कै पनि पुरानो नेपालमा भन्दा नयाँ नेपालमा विरलै सही तर धेरै आश्चर्यजनक दृश्यहरू देख्न पाइन्छ । आजको पोस्टमा मैले कहिलेकाहीँ देख्ने सौभाग्य प्राप्त गरेका नयाँ नेपालका केही आश्चर्यहरूलाई उतारेकी छु ।

Old and New Nepal

सायद नेताहरूका अनुसार माथिको चित्रको पहिलो नक्शाको जस्तै ‘एक ढीक्का’ पुरानो नेपाल लाई दोस्रो नक्शाको जस्तै वा त्यो भन्दा पनि अझ टुक्रा टुक्रामा विभाजित गर्नु नै ‘नयाँ’ नेपालको परिभाषा र सार्थकता दुबै होलान। अनि तथाकथित चमत्कार र आश्चर्य पनि त्यही नै । तर म भने त्यो हैन, अरू नै आश्चर्यहरूको तस्बिर बाँढदैछु यस पटक। ल हेर्नुस:

Dhara(लौ हेर्नुस पहिलो अचम्म- -काठमाण्डौको धारामा साँच्चीकै पानी आएको)

Batti(यो तस्बिरमा केही आश्चर्य छैन रे ?—इन्भरटर वा जेनेरेटर प्रयोग नगरी काठमाण्डौमा बलेको बत्ती हो यो ….  यहाँ कहिलेकाहीँ यसरी पनि बत्ती बल्छ । छैन त अचम्म !Open-mouthed smile)

04062011310(बत्ती बाल्ने मात्रै हो र ? कहीलेकाहीँ त यसबाट टि.भि र पंखा पनि चल्छन Hot smile)

Nepal Petrol Pump(यसलाई त आश्चर्य मात्रै हैन, ‘महा-आश्चर्य’ भन्नु पर्छ – यतातिर पनि कहीलेकाहीँ पेट्रोल पम्पमा पैसा तिरेर पेट्रोल किन्न पाइन्छ त्यो पनि लाइन नलागीकनDon't tell anyone smile)

अरू यता ...

16 November 2009

सडक साहित्य-- ट्रक साहित्य

"माता पिताको आशिर्वाद", "मनकामना माईले रक्षा गरुन", "बुरी नजर वाले तेरा मुह काला"।हाम्रा राजमार्गमा कुद्ने गाडीहरुको पछाडी सबैभन्दा बढि लेखिएका उद्दरणहरु सायद यिनै तीन होलान्। ती बाहेक "फेरी भेटौला", "बुद्दम् शरणम गच्छामी" र कहिलेकाही नेपाली तथा हिन्दिका केहि चोटीला मुक्तक तथा शायरीहरु पनि गाडिका अग्र तथा पछाडी भागमा बेला बेलामा देख्न देखिन्छन् ।

केही समय अगाडि एकजना भारतीय लेखकले गाडीका पछाडी लेखिएका यस्तै रमाईला उद्दरण, शायरी र नाराहरुको संकलन गरेर एउटा पुस्तकनै तयार पारेको खबर पनि आएको थियो। यस्तै गाडीका पछाडी लेखिएकै उद्दरणलाई चलचित्रको शिर्षक बनाएर निर्माण गरिएको एउटा बलिउड चलचित्र "Singh Is Kiing" पनि निकै लोकप्रिय रहेको थियो।

गत हप्ता कार्यालय बाट फर्कदै गर्दा एउटा गाडीको पछाडी यस्तै एउटा चोटिलो वाक्य देखे पछि साथमा भएको मोबाईल फोन बाट त्यसको फोटो उतारेको थिएँ। सो यहाँहरु समक्ष बाँड्दै छु ।

Tata

(दम है तो क्रस कर नही तो बरदास्त कर )

Horn Please

यस बाहेक मैले गाडिको पछाडी पढेको केही रोचक टुक्काहरु :


वह किताब क्या किताब, जिसका कोही कवर नही
वह लड्की क्या लड्की, जिसका कोही लभर नही

लड्कीको मत छेड, छेडना पाप होगा
तु भी तो एक दिन, लड्की का बाप होगा

आना फ्री, जाना फ्री
पकडे गए तो, खाना फ्री

दोस्ती पक्कि, मगर
खर्चा अपना अपना

जड्यालाई खोज्ने केवल दुईवटा ठेगाना
या त भट्टीमा या पुलिसको थाना

चाँदनी रात बिती जारही हे
उल्लुकी पट्ठी तु कब आरही है

अरू यता ...