केही हप्ता अगाडि मैले यही ब्लगमा एउटा अनौठो मन्दिरका केही तस्बिरहरु राखेकी थिएँ । गतहप्ता काम विशेषले हिँडदै गर्दा आफ्नै छिमेकी वडामा अर्को एउटा त्यस्तै अचम्मको मन्दिरमा आँखा पर्यो । घरबाट नजिकै भएपनि र त्यो बाटोमा धेरैपटक ओहर-दोहर गरेपनि कहिले क्यामरा साथमा नहुने त कहिले फोटो खिच्न नमिल्ने विविध कारणले गर्दा सो मन्दिरको फोटो खिचेर राख्ने मौका मिलेको थिएन । यसपाला भने त्यहीबाट हिँडदा केही तस्बिर खिचेँ नै ।
काठमाण्डौको वडा नं ४ मा अबस्थित र बोलीचालीको भाषामा कहिलेकाही 'धुमबाराही' पनि भनिने यो मन्दिर वास्तबमा धुम्र बराहको हो ।
पिपलको जरा र फेदले तीनतर्फ घेरीएको यो मन्दिर त्यही रुखले गर्दा नै एकदमै अनौठो देखिएको छ । रूखले यो मन्दिरलाई अनौठो मात्रै बनाएको छैन, अनौठैसंग सुरक्षीत पनि गरेको छ । झ्वाट्ट हेर्दा मन्दिरले नै यो विशाल बृ्क्ष बोकेको जस्तो भान पर्ने गरी मन्दिरको छानाको ठीक बीचबाट आकाश्शीएको पिपल निक्कै मोटो र अग्लो छ । आजको पोस्टमा यही मन्दिरका केही तस्बिरहरु :(ठुलो आकारमा हेर्न कुनै पनि तस्बिरमा क्लिक गर्नुहोस- तस्बिर आफैं अर्को पेजमा खुल्नेछ)
(मूल द्वार- मन्दिरको मानव निर्मित भौतिक हिस्सा, वाँकी प्राय: जराले नै घेरेको छ)
( ल हेर्नुस मन्दिरको देब्रेतर्फको बनोट – जराले नै भित्ता र गाह्रोको काम गरेको छ)
(यो मन्दिरको पछाडिको भाग- पर्खाल भने पनि भित्ता पनि यही नै हो )
(अलि टाडाबाट हे्र्दा यस्तो देखिन्छ मन्दिर)
(अनि रूख र मन्दिर पुरै खिच्दा यस्तो- मन्दिरले नै रुख बोकेजस्तो छैन त?)