27 November 2010

लौ, घुम्नुस लुम्बिनी !!!

लुम्बिनी भन्ने बित्तिकै मनमा छुट्टै श्रद्धा र सम्मानको भाव आउँछ । मानव चेतना र आध्यात्मिक उचाइको चरम बिन्दु मात्रै हैन, शान्तिको श्रोत र नेपालको परिचय नै बनिसकेको भगवान गौतम बुद्धको जन्मस्थान हो लुम्बिनी ।

त्यसो त लुम्बिनीको बारेमा सायदै केही कुरा लेख्न बाँकी होला र गुगल वा कुनै पनि सर्च इन्जिनमा Lumbini लेखेर खोजेमा हजारौँका संख्यामा तस्विरहरू भेटिनेछन् । ब्लग अपडेट नगरेको धेरै भएको र लुम्बिनीका केही तस्विरहरू साथमा रहेकाले यसपाला ब्लगमा त्यही प्रसिद्ध, पवित्र र परम शान्तिभूमी लुम्बिनीका केही तस्विरहरू राख्दै छु । सबै तस्विरहरु मोबाइलबाट लिईएका हुन, कुनै पनि तस्विर ठूलो गरेर हेर्न सोही तस्विरमा क्लिक गर्नुहोला । तस्विर आफैँ छुट्टै पेज वाट्याबमा खुल्नेछ ।

Lumbini-the birth place of Lord Buddha (3)

(धार्मिक र पुरातात्विक महत्वको पवित्रस्थल र मन्दिर--एक झलक)

Lumbini-the birth place of Lord Buddha (4)

(मन्दिर अगाडिको पवित्र कुण्ड, जहाँ बु्द्धलाई जन्म दिनु अगाडि उनको माताले स्नान गरेकी थिईन)

Lumbini-the birth place of Lord Buddha (1)

(लुम्बिनी गुरुयोजना अन्तर्गत बन्दै गरेको एउटा कोरिएन मन्दिर)

Lumbini-the birth place of Lord Buddha (2)

(...अनि यो निर्माण पुरा भैसकेको चिनीयाँ मन्दिरको प्रवेशद्वार)

Lumbini-the birth place of Lord Buddha (5)

(प्रसिद्ध अशोक स्तम्भ)

Lumbini-the birth place of Lord Buddha (8)

(मन्दिर परिशरमा ध्यानस्थ विदेशी साधकहरु)

Lumbini-the birth place of Lord Buddha (6)

(... र यो शान्ति-दीप)

विश्वमा शान्ति फैलिरहोस् !!!

अरू यता ...

14 January 2010

हैदराबादको हिउँ ???

म बस्ने शहरमा अहिले पनि तापमान ३२ डिग्रीको हाराहारीमा छ भने गर्मीमा ४३-४४ सम्म पनि पुग्छ । तर यो गर्मीमा पनि हिँउ र बरफमा खेल्ने शौख छ भने त्यो पनि पाईन्छ । यो मेरो अघिल्लो पोष्टमा भए जस्तै कुनै कपास वा अन्य कृतिम हिँउको कुरा भने हैन । चिसो र नरम र सेता हिउँ, जुन बन्नलाई तपामान शुन्य भन्दा तलै जानु पर्छ ।

अघील्लो हप्ता फुर्सदको उपयोग गर्दै म पनि पुगेगी थिएँ त्यही हैदराबादको हिउँ खेल्न । माथी नै भनि सकिएको छ यो कपास वा अन्य सेता हल्का बस्तु प्रयोग गरेर बनाईएको हिउँ भने हैन । बास्तबमा यो कृतिम तरिकाबाट बनाईएको प्राकृतिक हिँउ हो । अर्थात यहाँ रहेको snow theme park को हो जहाँ गर्मी ठाउँ र कहिल्यै हिमपात भएको नदेखेकालागि एउटा विशाल “Indoor- snow theme park” निर्माण गरिएको छ ।

अत्याधुनिक चिस्यान प्रविधि प्रयोग गरेर यहाँ जमिनमा हिँउ मात्रै बनाईन्न, हरेक एक घण्टाको अन्तरालमा एकचोटी कृतिम रुपमा हिँउ पारिन्छ पनि ।

बाहिर तपक्रमबाट एकै चोटी यो चिसो क्षेत्रमा प्रवेश गर्दा शरिर तैयार नभैसकेको हुने हुनाले । टिकट लिएर यो Indoor- snow theme park मा छिरेपछि १० मिनेट जत्ति सबैलाई करिब १० डिग्री तापक्रम रहेको च्याम्बरमा राखिन्छ । त्यो भन्दा पहिला हिँउमा हिँडदा लगाउनु पर्ने ज्याकेट, बुट मोजा आदि दिईन्छ र एकैछीन कम तापक्रममा शरिर अनुकूल भएपछी माईनस ५ डिग्री आसपास तपक्रम हुने गरी बनाईएको मुख्य क्षेत्रमा प्रवेश गराईन्छ ।

आजको पोस्टमा यहि गर्मी ठाउँमा कृतिम तरिकाले बनाईएको प्राकृतिक हिउँको तस्विरहरु

Snow (३२ डिग्री बाट शुन्य डिग्री जाने तयारी)

Preparation(पार्कमै वितरीत न्यानो लुगा लगाएर कम तापक्रमको च्याम्बरमा हिउँसंग भिड्ने तयारी गर्दै)

Real artificial snow (कृतिम हिउँमा रमाउँदै)

Snow volleyball (स्नो भलिबलमा रमाउँदै गर्मि ठाउँका भ्रमणकर्ताहरु)

Playing with snow (कृतिम हिमपात –तस्बिरमा सायद राम्रो संग देखिदैन क्यारे)

Ball (हिउँ संग रमाउदै बालबालिकाहरु)

Snow fall(पानी परेको तस्बिर उतार्नु जस्तै पर्दा पर्दैको हिउँ लाई तस्बिरमा उतार्नु पनि गाह्रो हुने रहेछ)

अरू यता ...

24 October 2009

स्वयम्भू, शान्ति र सौन्दर्य !!

काठमाण्डौंको भिडभाडबाट धेरै टाढा पनि नगैकन शान्तिको पनि अनुभव गर्ने हो भने मेरो मनमा प्राय: २-३ वटा ठाउँको मात्रै नाम आउँछ । ती २-३ नाममा पनि पहिलो नाम भने स्वयभूकै आउँछ ।

उचाईमा भएको, भिड कम हुने र केही रहश्यमय समेत लाग्ने यो स्थानको बारेमा धेरै लेखीई सकेका छन र त्यस बारेमा केही थपघट गर्ने स्थान पनि सायदै होला ।

यसपाला दसैंको बिदामा घर जाँदा, केही छिनकोलागि त्यहाँ पुगेको थिएँ । यो पोष्टमा उही विश्वबिख्यात स्वयम्भू वरपरका केही तस्विरहरु राख्दैछु ।

(नोट: तस्विर ठूलो पारेर हेर्न  तलका कुनै पनि तस्विरमा क्लिक गर्नु होला-तस्विर आफैं अर्को ट्याबमा खुल्ने छ)

Swayambhu (भगवान पाउको मुख्य प्रवेश द्वार)

Swayambhu (2) (शान्तिका प्रतिक गौतम बुद्भ)

Swayambhu (1) (साना चैत्यहरु)

Swayambhu (3) (तिर्थमा मूर्तिको मात्र होईन मार्गको पनि त्यतिकै महत्व हुन्छ)

Swayambhu (4)(माथि पुग्ने बेलाको ध्यानस्थ बुद्ध)

Swayambhu (5) (हारती माताको मन्दिर पछाडि बाट देखिने दृश्य)

Swayambhu (9) (स्वयम्भू माथि बाट देखिने अव्यवस्थित बस्ती—इन्द्रेणी र धरहरा खोज्ने जिम्मा तपाँईहरु कै)

Swayambhu (6) (अलिकता क्लोजअप)

Swayambhu (7)(दक्षिण-पश्चिम मोहडा बाट एक दृश्य)

Swayambhu (8) (केही वर्ष अघि चक्रपथ तर्फ स्थापना गरिएको ६७ फिट अग्लो भगवान बुद्धको प्रतिमा)

(यी तस्विरहरुमा तपाईले पहिला पहिला हेरेको भन्दा केही भिन्नता पक्कै पाउनु भयो होला। के हो त त्यो भिन्नता ?)

अरू यता ...

13 August 2009

NTR स्मारक को शान्ति र सुन्दरता

पहिला रजतपटलको सफल अत्यन्त लोकप्रिय नायक र पछि राजनीतिमा सफल नेताका रुपमा प्रसिद्ध रहेका  N.T. Rama Rao ( जो आन्ध्र प्रदेशमा मुख्य मन्त्री समेत रहेका थिए) को सम्झनामा हैदराबादको हुसेन सागरको छेउमा एउटा उद्यान निर्माण गरिएको छ ।

सुन्दर फुलहरु कलात्मक प्रवेश द्वार र स्मारक अनि शान्तिपूर्ण वातावरणका कारण सो उद्यान सहरमा निकै मनोरम र भ्रमणयोग्य स्थानको रुपमा गनिन्छ । पुरै आन्ध्र प्रदेशमा यि नेता र अभिनेताको नामबाट विभिन्न पार्कहरु र अन्य विभिन्न भौतिक पूर्वाधारहरु पनि बनेका छन । यिनको नामबाट बनेको एउटा पार्कको बारेमा मेरो यो पोष्ट मा पनि केही कुराहरु छन । आज भने यिनको सम्झना र सम्मानमा बनाईएको स्मारक वरिपरिका केही सुन्दर दृश्यहरु :

NTR Garden (मुख्य प्रवेश द्वार-यहाँ देखिनै पुरै स्मारक क्षेत्रमा जुत्ता,चप्पल निषेध छ)

Statue 1 (आगन्तुक को स्वागतमा कलात्मक मुर्ति) 

Entrance(मुख्य स्मारक सम्म पुग्ने कलात्मक मार्ग)

monument(मुख्य स्मारक)

garden (स्मारक परिसरको शान्त बगैचा)

Distance view (केही पर बाट खिचिएको स्मारकको दृश्य)

अरू यता ...

14 June 2009

ट्याङ्क वण्डको सेरोफेरो

हिजों कामको सिलसिलामा घुम्दा घुम्दै ट्याङ्क वण्डमा पुगेकी थिएँ । ट्याङ्क वण्ड याने हैदरावादको प्रसिद्ध स्थान, ट्याङ्क वण्ड मतलब हुसेन सागर संगैको सुन्दर मार्ग र ट्याङ्क बण्ड मतलब विहान यहाँको स्वास्थ सचेत वर्गको ‘मर्निङ वाक’ र साँझमा शितलताको लागी विचरण गरीने ताल छेउको बाटो ।

Tank Bund Road (हैदराबाद र सिकंन्दराबाद लाई जोड्ने ट्याङ्क वण्ड रोड—दाँया पट्टी हुसेन सागर )

ब्लगमा केहि नराखेको पनि धेरै भएकोले त्यहाको केहि फोटो क्यामरामा कैद गरी हालें र आज त्यहि तस्विरहरु बाँडदै छु ।

Artificial fall (बाटो छेउमा अबस्थित कृतिम झरना)

यो वास्तबमा हैदराबादको हुसेन सागर किनारबाट सिकंन्दराबाद जाने बाटो हो । अँ त, यहाँनेर एउटा कुरा गरी हालौं, हैदराबाद र सिकंन्दराबाद दुईवटा एकदमै नजिकका मात्रै हैन जोडिएकै सहरहरु हुन र यी दुई सहरलाई जुम्लाहा सहर पनि भनिन्छ ।(करिब करिब काठमाडौ र पाटन जस्तै )

Distance View (ट्याङ्क वण्ड रोडको एक छेऊ)

ट्याङ्क बण्ड रोडको एकापट्टी हुसेन सागर ताल पर्छ भने बाटोको अर्को पट्टीको जमिनलाई भने हरियो बगैचा वा पार्कको रुपमा बिकसित गरीएको छ । जहाँ यहाको स्थानिय भाषा,सहित्य, संगीत आदी बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने र ३३ जना सर्जकहरु र योद्धाहरको सालीक लहरै राखिएको छ।

Pengali  Venkayya (बाटो छेउमा अनावरण गरिएको  Pengali  Venkayya को सालिक जसले भारतको राष्ट्रिय झण्डा डिजाईन गरेका थिए।)

M-47 Patton

बाटोको छेउमा राखीएको यो M-47 Patton लडाकु ट्याङ्क पनि एउटा आकर्षणको केन्द्र रहेने गरेको छ । Tank

अरू यता ...

02 June 2009

आउनुस NTR Garden घुमौं ।

आफ्नो जमानाको अत्यन्त लोकप्रिय कलाकार र त्यसपछि राजनितिमा लागेर आन्ध्र प्रदेशको मुख्यमन्त्री समेत भएका चर्चित व्यक्तित्व NT Rama Rao को स्मृतिमा बनाईएको यो पार्क हैदराबादको मुटुमा अबस्थित हुसेन सागरको किनारमा छ।

 

100_0573 (मुख्य प्रवेश द्वार)

 

करीब ३४ एकड जमिनमा फैलिएको यो पार्कलाई, केटाकेटीको लागी क्रिडास्थल लगाएत फुर्सदको समयमा शहरवासीहरुको मनोरञ्जन केन्दरको रुपमा विकास गरीएको छ ।

100_0576 (आगन्तुक स्वागत गर्दै नन्दि )

 

आजको यो पोष्टमा यहि गार्डेनका केहि तस्वीरहरु राख्दैछु :

 

100_0581 (बाल उद्यान वरिपरिका किरा- फट्याङग्राहरु )

 

100_0582

(यो अर्को भिमकाय फट्याङग्रा  )

 

100_0587 (अनि यो फल घर )

 

100_0631 (यो चाँही जापानीज गार्डेन )

 

100_0638 (यो चाँही मुख्य बगैचा )

 

100_0642 (...र यो ‘मचान ट्रि’ )

अरू यता ...

07 May 2009

Birla temple- the temple of Lord Venkatesh.

This temple of Lord Venkatesh, popularly known as ‘Birla Temple is made entirely out of white marble from Rajasthan.

100_0511 (A distance view—This picture was taken from moving vehicle)

Besides the chief shrine of Lord Venkateswara, there are also separated shrines for His consorts 'Padmavati' and 'Andal' and other gods like Ganesh, Hanuman, Saibaba etc.

aa (Tried to zoom it as close I could, as cameras are not allowed, inside)

This is a modern temple (consecrated in 1976) built of white marble on top of a hill. The inner shrine in the temple is said to be an exact replica of that in Tirupati Temple.

100_0520 (And this is the entrance towards the main shrine)

The structures of temples in south India and north India are totally different, but this is a beautiful blend of the northern and southern styles of architecture.

 100_0517 (Shrine at hill top--Cameras and mobiles are not allowed from this point)

Beautiful scenes from the great epics of Ramayana and Mahabharata are finely sculpted in marble. As it is situated at the hill top, both the it is also a perfect location to have a ‘birds-eye-view’ of Hyderabad and Secunderabad.

अरू यता ...

23 April 2009

चारमीनार र मक्का मस्जिद ।

(यसमा राखिएका सबै तस्बिरहरु मोबाईलबाट खिचिएका हुन)

चारमीनार:

हैदराबादको पुरानो सहरमा अबस्थीत यो मीनार, हैदराबादको प्रमुख पर्यटकिय स्मारक मात्रै हैन, हैदराबादको प्रतीक र पहिचान नै भन्दा पनि फरक पर्दैन ।

23042009327

यो बास्तबमा १५९१ मा तात्कालिन शासक मुहम्मद कुली कुतुब शाहले मस्जिदको रुपमा निर्माण गरेका थीए । उनले प्लेगको महामारीबाट सहरलाई बचाउन अल्लाहसंग प्रार्थना गरेको र सो भएमा एउटा मस्जिद निर्माण गर्ने प्रतिज्ञा गरेकोले सो प्रतिज्ञा पुरा गर्न यो मीनारको निर्माण गराएका थिए । पछि यसको भिन्न बनोट र चारतर्फ रहेका चार वटा मीनारका कारण यो स्मारक चार मिनारका नामले प्रसिद्ध भयो ।

23042009326

चार तल्ले यो मीनारको सबैभन्दा माथिल्लो तल्ला प्रार्थना गर्ने कक्षको रुपमा निर्माण गरीएको छ । मीनार सहित यसको कुल उचाई करिब ५६ मिटर रहेको छ।

हाल अबलोकनको लागि खुल्ला राखिएको यसका चार वटा मिनारमा पनि चार-चार तलाको रुपमा बनाईएको छ ।

23042009307 (यो चाहि तेस्रो तल्लाको भित्रको दृश्य)

 

मक्का मस्जिद:

 

यो मस्जिद भारतमै सबैभन्दा ठुलो र पुरानो मानिन्छ । सन १६१७ मा शुरु गरेर १६९४ मा निर्माण कार्य सम्पन्न गरीएको यो मस्जिदमा एकै समयमा १०,००० जना मानिसले सामुहिक प्रार्थना गर्न सक्छन ।

 

aa

(यो चाहि चारमिनार माथिबाट खिचिएको मक्का मस्जिदको तस्बिर)

 

मस्जिद भित्र क्यामरा र मोबाईल फोन समेत प्रतिबन्धित भएकोले यो तलको फोटो पनि बाहिरैबाट मोबाईलबाट खीचिएको हो ।

23042009320

अरू यता ...