वर्षैभर विभीन्न सांस्कृतिक र धार्मिक पर्वहरु मनाईने हाँडीगाउँमा जात्राहरु धेरै नै हुन्छन र नै ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने ऊखान समेत नेपाली भाषामा प्रचलीत छ । यस्तै एउटा जात्रा आजको दिनमा आफ्नै घर-आँगनाम भएको थियो ।
जात्रा याने ‘यात्रा’ को अपभ्रशीत शब्दले नै जनाउँछ कि यो एक स्थानबाट अर्को स्थानसम्म भगावानको रथ वा खटको यात्रा हो ।
काठमाण्डौ महानगपालीकाको वडा नं ५ मा एउटा धार्मिक तथा सांस्कृतिक महत्वको पोखरी छ। ‘गहना खोज्ने पोखरी’ र बोलीचालीमा ‘गहना पोखरी’ पनि भनिने सो पोखरीमा प्रत्येक वर्षको वैशाख कृष्ण प्रतिपदाको दिनमा एउटा अत्यन्त धार्मिक महत्वको जात्रा हुन्छ । अँ त, यो जात्रा हो माता टुँडालदेवीको ।
किंबदन्ती अनुसार परापूर्व कालमा टुँडालदेवी माताले एक पटक यसै पोखरीमा स्नान गर्ने क्रममा वहाँका केही गहनाहरु यसै पोखरीमा हराएछन । तत् पश्चात प्रतेक वर्ष सोही दिनमा यहाँ सो गहना खोज्नको लागी माता टुँडालदेवीको प्रतिमालाई खटमा आरोहण गराई सो खट समेत नै यसै पोखरीमा हेलिन्छ ।
विभिन्न धर्ममा जात्रा वा यात्राका परम्परा भएपनि यसरी देवीको रथ नै पोखरी भित्र हुल्ने यो जात्रा भने एकदमै अनौठो र रोमाञ्चक हुन्छ । आजको पोस्टमा यही माता टुँडालदेवीको गहना खोज्ने जात्राका केही झलकहरु ।
(यहि हो प्रसिद्ध गहना खोज्ने पोखरी—जात्राको केही दिन अगाडि)
(माता टुँडालदेवीको खट उठाउँदै)
(यो खटलाई यसरी नै गाँउको परिक्रमा गराई पोखरि सम्म लगिन्छ
(परिक्रमाको क्रममा यसरी नै चदुवा राखेको मुनी खट रोकेर पुजा गर्ने चलन छ)
(गहना खोजेको हेर्ने प्रतिक्षारत दर्शनार्थिहरु)
(पोखरी भित्र रथ घुमाएर गहना खोज्दै)
(अन्तिम फोटो खिच्नेबेलामा भने हावा-हुरी आएर अचानक अध्याँरो भएको र भिडले गर्दा फोटो सफा आएन...अर्को साल ट्राई गर्नु पर्ला फेरि ! )
साँच्चै जापानमा पनि कहाँ हो करिब करिब यस्तै गरेर रथ पानी भित्र घुमाउने चाड हुन्छ भन्ने सुनेको थिएँ ...जापानमा बस्ने कोही साथिहरुलाई थाहा छ कि ?
9 Comments:
रमाईलो जात्राबारेको जानकारी र तस्बीरहरुका लागि यहाँलाई धन्यबाद!
सुजन जी का रमाइला तस्विरहरुको मज्जा लिन म पनि आइपुगे अबदेखि। मलाइ चाहि अब सुजन जी प्रोफेसनल फोटोग्राफर भएजस्तो लाग्यो बधाई छ।
गहना पोखरीको फोटो हेरेर निकै रमाईलो लाग्यो। गहना पाईने चाहीँ कहिले रहेछ कुन्नी। मान्छेले चाहिँ छोड्दैन है जे होस। अनि घरको अगाडिबाट यो जात्रा हिडेन सुजन जी? २ र ३ नं फोटो चाहिँ कहाँ बाट खीच्नु भएको हो?
दुर्जेय जी, उ बेलामा हराउने बित्तिकै देउताले आफैं पनि खोजे होलान नि, अब देउताले नै खोजेर नभेटेको कुरा मानिसले खोजेर के भेट्टईएला !
अनि त्यो २ र ३ नंको फोटो आफ्नै घरको कौशीबाट खिचेको हो ।
साँच्चै जापानमा पनि कहाँ हो करिब करिब यस्तै गरेर रथ पानी भित्र घुमाउने चाड हुन्छ भन्ने सुनेको थिएँ ...जापानमा बस्ने कोही साथिहरुलाई थाहा छ कि ?
कहि नभएको जात्रा हाँडिगाँउमा भन्थे । यो गहनापोखरी पनि हाँडिगाँउ नै हो र ????
हाँडीगाँउको सबै जात्रा प्राय: गहना पोखरी सम्म पुगेर मात्रै पूर्ण हुन्छन् । पारम्पारिक हिसाबले भन्ने हो भने गहाना पोखरी देखि नै हाँडीगाउँ सुरुहुन्छ भन्दा फरक पर्दैन :)
किम्बदन्तीसहितका फोटोहरु निकै राम्रा लागे | मलाई भने माताको बठ्याईंजस्तो लाग्यो यो | मन्दिरमा चोर डाँका आदिका कारणले गहनाहरु सुरक्षित भएनन् होला अनि पोखरीमा गाडेर राख्नलाई 'हराएर खोजेको' नाटक गरेजस्तो लाग्यो |
तपाईं र तपाईंका पाठकहरुलाई नयाँ साल २०६७ को हार्दिक शुभकामना !
गैरिधारा नजिक धोबिचोरमा बसेर गहनापोखरि कति चोटि ओहोरदोहोर गरेपनि यहि ब्लग बाट त्यो पोखरि गहनापोखरि रहेछ भन्ने थाहा भयो ।
यस्तै छ नेटको दुँनिया !!!!!!!!!!
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼