27 June 2009

जगन्नाथ रथ यात्राका केही झलकहरु

हिन्दू धर्मको चार धाम मध्य एक पर्ने एउटा मन्दिर, भारतको उडिसा राज्यको पुरी शहरको जगन्नाथ मन्दिर पनि हो । हरेक बर्ष आषाढ शुक्ल द्वितीया दिनमा यहाँ वार्षिक रथ यात्रा (जात्रा) हुन्छ । उडिसा बाहेक भारतकै गुजरात को अहमदाबादमा पनि निक्कै तामझाम र श्रद्धालुहरुको भिड बिच यो जात्रा हुन्छ ।

Rath 1 (रथ यात्रा शुरु हुनु भन्दा अगाडी सजाईएको रथ)

यसै क्रममा आषाढ शुक्ल द्वितीयाकै दिनमा दिन हामी बस्ने शहरमा पनि यौटा यस्तै रथ यात्राको आयोजना भएको थियो ।आजको पोष्टम त्यसै अबसरमा खिचिएका केहि तस्बिरहरु राख्दैछु ।

Before Rath yatra (रथ भित्रको जगन्नाथ भगवानको मुर्ति-यो मुर्ति निमको काठबाट बनाउने प्रचलन छ)

पुरीमा प्रत्यक बर्ष लाखौंको संख्यामा श्रद्धालुहरु पुग्छन, किनकि यो संसारकै सबैभन्दा पुरानो धार्मिक यात्रा मध्यको एउटा परमपरागत यात्राको कडी  पनि हो, जुन करिव एक हजार बर्ष भन्दा अघि देखी निरन्तर चलिरहेको विश्‍वास गरीन्छ ।

ISKCON (पुजा र किर्तन  हुँदै)

पुरीमा भगवान जगन्नाथ, उनका भ्राता बलभद्र र बहिनी सुभद्रा तीनैलाई भिन्ना भिन्नै भव्य रथमा राखेर करीव दुई किलोमिटर नगर यात्रा गराईन्छ ।

Rangoli (रथ यात्रा शुरु हुनु भन्दा अगाडी बाटोमा बनाईएको शुभ र मंगलको प्रतिक- रङगोली)

यो रथ यात्राको बारेमा भिन्न भिन्न मत भएपनि वास्तबमा अरु बेलामा दर्शन सुलभ हुन नसक्ने सबैले दर्शनको अबसर पाउन र धर्ममा मानिसको विश्वास बर्करार रहोस भनेर नै यस्ता खालका जात्राको आयोजन हुन्छन् भन्दा फरक नपर्ला ।

Balbhadra (गोप-गोपिनीहरुको झाँकी)

पुरी र अहमदाबादको रथ यात्रा जस्तै आजकल भारतको हरेक साना ठुला शहरमा पनि आषाढ महिनामा यस्ता रथ यात्राका आयोजन हुने गरेका छन ।

Balbhadra and  Subhadra

(डान्डीयामा मस्त किसोर-किसोरीहरु)

Rangooli(यहाँ हरेक शुभ कार्यमा यस्ता रंङ्गोलीहरु बनाइन्छ-यो रथ अगाडीको बाटोमा बनाईएको थियो)

Procession

(रथ तान्न एकत्रीत भक्तजनहरुको भिड)

13 Comments:

Anonymous said...

Nice pictures! Thanks for posting. The rangoli looks awesome!

Deepak Khanal said...

Once I had attended this rath yatra in Puri.......remind me those days. Thaks

Jotare Dhaiba said...

किताबमा पढेको पुरी भन्ने ठाउँको पर्व सचित्र पाउँदा पवित्रताले लुछुप्पै भिजायो । रङ्गोलीको बयान गर्न यी सादा अक्षरहरू त के समर्थ होलान् र खै !
'लय मिलेका' तस्बिरहरूको लागि धेरै धन्यवाद तपाईँलाई ।

दूर्जेय चेतना said...

रमाईलो हुदो है यो बेला? अनि रंगेलीहरु चाँहि बिशेष कलात्मक हुदो रहेछ। जगन्नाथ धामको यात्राले जीबन धन्य भयो। यो स्थान तपाईहरु रहेकै ठाउँमा पर्छ?
सुन्दर तस्बिरहरुको लागि धन्याबाद है।

wordflows said...

nice picture. rangoli looks better

Unknown said...

यहाँनेर अलिकता 'कन्फ्युजन' भए जस्तो छ, (मैले लेख्दा पनि अलमल पो भयो कि)।

यो पुरीको रथ यात्रा हैन, आन्ध्र प्रदेशको रथ यात्राको झलकहरु हो। सायद यसलाई "मिनि जगन्नाथ यात्रा" भन्दा ठीक होला ।

Unknown said...

रङ्गोलीहरु साँच्चै मन लोभ्याउने हुने रहेछ । सबैलाई झैं मलाई पनि खुब लोभ्यायो रङ्गोलीको कलाले ।

Hom B Chetri said...

ramro chha. Jagannath Puri ko darshan bhayo.

कृष्णपक्ष said...

तस्विर सहितको रथ यात्रा वर्णनले जगन्नाथ मै पुगेजस्तो आभास भयो,रंगोली विशेष कलात्मक र आकर्षक लाग्यो । अनि काठमान्डूका केहि पुराना सम्झनाहरु पनि ताजा भए, जो यस्तै हुन्थे जहाँ विभिन्न अवसरमा केटाकेटीहरु यसरी नै देवी देवताका रुपमा सिगारिन्थे ।

Basanta said...

सुन्दर तस्बिरहरु!

Yumesh Pulami said...

लौ सुजन जी ... निकै राम्रो पोस्ट टास्नु भएको रहेछ ... जेहोस हिन्दू हरुको चार धाम मध्ये एउटा धाम हेर्न पाइयो - धन्य ठाने !

बिमल गिरी said...

Man chhune tasbirharu Sujan jee ka.
shubhakamana.

Anonymous said...

एक पटक भारतको असम जाँदा यस्तै यस्तै रथ यात्रा र साजसज्जा देखेको थिएँ .. यो पोष्टले पुराना स्मरण ताजा गरायो ....धन्यबाद है !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼