08 September 2011

पशुपतिको सेरोफेरो

पशुपति, नेपालीहरूको मात्रै हैन्, संसार भरीकै हिन्दूहरूको आस्थाको केन्द्र । तर नजिकको तीर्थ हेलाँ भन्ने नेपाली उखान सहीमा चरितार्थ हुने हुनाले घरबाट नजिकैको यो तीर्थमा पुग्न पनि साइत वा पर्व जुर्नु पर्छ हामीलाई । यसपाला पनि यस्तै साइत जुररे तीजको समयमा पशुपति पुगेकी थिएँ।

गुगल वा वेबमा खोजेमा पशुपतिको खोजेभन्दा बढी तस्विरहरू भेटिनेछन् । त्यसैले यसपाला पशुपति पुगे पनि पशुपतिको भन्दा पनि ‘वरिपरि’को फोटो लिने सोच भयो । पशुपतिको मूल मन्दिरको तस्बिर नलिइ कुनाकाप्चा र वरिपरिको फोटो लिने क्रममा केही क्लिक गरियो । आजको पोस्टमा पशुपति वरिपरिका तीनै केही तस्बिरहरू:

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3680

(पारीबाट ‘वरिपरि’ हेर्दा यस्तो देखिन्थ्यो—धन्न पानी परिरहेकोले बागमती बगेकै थियो )

100_3682

(मकैका दाना चुभ्न व्यस्त परेवाहरू र तीनलाई रमाएर हेर्दै रहेका केटाकेटीहरू)

100_3756

(जत्ति फोहर भए’नि ‘बागमती’ नै हो भनेर नुहाउँदै--पक्कै घर गएर सबैले फेरि नुहाए होलान Smile)

100_3690

(साधु-सन्यासी र स्वाधीहरूको आफ्नै संसार)

100_3760

(पुण्य कमाउन आएका र पैसा कमाउन बसेकाहरूको भीड)

100_3729

(के गर्ने पेट भर्नै पर्‍यो - - दाना र प्रसाद खोज्दै एउटा अर्को गेरूवावस्त्र धारी सन्यासीLaughing out loud)

2 Comments:

Paresh said...

उफ...के भन्नु र खै....(तेस्रो तस्वीर हेरेपछि)तर अन्तिम तस्वीर हेरेपछि भने हाँसो उठ्यो :D

Jotare Dhaiba said...

पशुपतिमा धर्मको आडम्बरको मेलो छँदैछ, मलाई भने लामो अन्तरालपछिको पुन्य प्रयास लाग्यो ब्लगमा हजुरको उपस्थिति !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼