देश उही थियो, उही छ र उही रहनेछ। तर देशको डाडु पन्यौ हातमा लिनेले धेरै सम्म देश वासीलाई झुक्याए । उनीहरूले सिङ्गो राष्ट्रलाई पनि बजारमा बेच्न राखिएका कपडा जस्तै कहिले पुरानो त कहीले नयाँ भन्ने धमाकेदार व्याख्याहरू गरे । अविकसित देश विकास गर्नु स्वागत योग्य कुरा हो, तर पहिलै देखि रहेको मुलुकलाई ‘नयाँ’ बनाउँछु भन्ने चाहिँ हावादारी कुरा नै हो ।
देश विकसित, संवृद्ध वा सुन्दर बनाउन सकिन्छ, तर देश कहिल्यै पुरानो हुँदैन र पहिले देखि नै स्थापित देशलाई ‘नयाँ’ बनाउन पनि सकिन्न । यस विषयमा आफ्नै बुढाले पनि कुनै बेला सुन्दर स्त्री, फूल र नयाँ नेपालका जोकरहरु ! लेखि सकेकाले म अरू लेख्दिन । तर योग्यतम नेताहरूले देश ‘नयाँ’ बनाउन थालेपछि नेपालमा के के चमत्कारहरू भए त ?। पक्कै पनि पुरानो नेपालमा भन्दा नयाँ नेपालमा विरलै सही तर धेरै आश्चर्यजनक दृश्यहरू देख्न पाइन्छ । आजको पोस्टमा मैले कहिलेकाहीँ देख्ने सौभाग्य प्राप्त गरेका नयाँ नेपालका केही आश्चर्यहरूलाई उतारेकी छु ।
सायद नेताहरूका अनुसार माथिको चित्रको पहिलो नक्शाको जस्तै ‘एक ढीक्का’ पुरानो नेपाल लाई दोस्रो नक्शाको जस्तै वा त्यो भन्दा पनि अझ टुक्रा टुक्रामा विभाजित गर्नु नै ‘नयाँ’ नेपालको परिभाषा र सार्थकता दुबै होलान। अनि तथाकथित चमत्कार र आश्चर्य पनि त्यही नै । तर म भने त्यो हैन, अरू नै आश्चर्यहरूको तस्बिर बाँढदैछु यस पटक। ल हेर्नुस:
(लौ हेर्नुस पहिलो अचम्म- -काठमाण्डौको धारामा साँच्चीकै पानी आएको)
(यो तस्बिरमा केही आश्चर्य छैन रे ?—इन्भरटर वा जेनेरेटर प्रयोग नगरी काठमाण्डौमा बलेको बत्ती हो यो …. यहाँ कहिलेकाहीँ यसरी पनि बत्ती बल्छ । छैन त अचम्म !)
(बत्ती बाल्ने मात्रै हो र ? कहीलेकाहीँ त यसबाट टि.भि र पंखा पनि चल्छन )
(यसलाई त आश्चर्य मात्रै हैन, ‘महा-आश्चर्य’ भन्नु पर्छ – यतातिर पनि कहीलेकाहीँ पेट्रोल पम्पमा पैसा तिरेर पेट्रोल किन्न पाइन्छ त्यो पनि लाइन नलागीकन)
5 Comments:
What a satire! (but may be it's actual there). God bless our county.
Rajan
Nice post !-- I'll visit your photo blog regularly.
भरपूर व्यङ्ग्य !!
डाडु-पन्यू भएकाहरूले माम कहाँ पस्किए ? आफ्नै भागमा ! नतिजा, आजको नयाँ नेपाल !
यी आश्चर्यहरुको बीचमा आजभोलि यो ब्लग पनि नियमित प्रकाशित भएको पाउनु पनि आश्चर्य नै हो | पानी, बिजुली, ग्यास , पेट्रोल, असुरक्षा.... सबैथोकको पीरै पीर बोकेर पनि ब्लग लेखनको तिरै तिर हिड्न मुश्किल छैन र नेपालमा ?
सुजन जी ....देशमा जे भै रहेछ सबै थोक अचम्ममै गै रहेछ !
"देश उही थियो, उही छ र उही रहनेछ" भन्ने कुरा मात्रै सत्य सावित भयो भने पनि धन्य ......
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼