‘Presentation’, हाईस्कुल पढ्दासम्म यो शब्दको अर्थ मेरोलागि केवल शब्दज्ञानमा मात्रै सिमीत थियो । पछि कलेजमा पनि दोस्रो बर्षमा पुगेपछि मात्रै व्यबहारीक रुपमा यो शब्दसंग आमना-सामना भएको थियो । छोटकरीमा भन्दा Presentation भन्ने शब्द धेरै समयसम्म ‘हाउगुजी’ नै थियो मेरोलागि ।
(छुट्टीको बेलाको हँसिलो मुद्रा)
अघिल्लो महिना एकदिन, भर्खर ७ बर्ष पुगेकी छोरीले “…मलाई स्कुलको प्रोग्राममा प्रिजेन्टेसन गर्न सेलेक्ट गरेको छ … ” (उसले बोल्ने नेपाङ्ग्रेजी भाषा जस्ताको त्यस्तै राख्दा) भन्दा अनौठो लाग्यो । भर्खर १ कक्षामा पढनेले के प्रिजेन्टेसन दिने हो!, म छक्क पर्दै थिएँ । “… मामु!, मलाई नेक्स्ट विकमा ह्वाट ईज singular र ह्वाट ईज plural भन्ने Presentation बनाईदिनु है ” (फेरी पनि उसकै नेपाङ्ग्रेजी भाषा) भनेपछि भने केहि कुरा बुझें ।
उ पढ्ने स्कुलको बार्षीकोत्सबको अबसरमा स्कुलमा केहि कार्यक्रम आयोजना भएको रहेछ र क्लासमा अलिकता एक्टीभ (चल्ने वा हल्ला गर्ने पनि हुन सक्छ :)) भएकोले उसको जिम्मामा पनि एउटा ‘प्रिजेन्टेसन’ बनाउने र कार्यक्रमको दिनमा प्रस्तुत गर्ने जिम्मा आएछ ।
जिम्मा आएपनि जिम्मेबारी बहन गर्ने सक्ने उमेर न भैसकेकाले चार्ट पेपर र थर्मोकोल प्रयोग गरेर केहि चीत्रहरु टाँसी एउटा डिस्प्ले बोर्ड भने मैले नै बनाईदिए (सायद ९९% बिद्यार्थीका बाबु-आमाले नै बनाउछन होला यस्तो चिजहरु)।
जे होस प्रिजेन्टेसनको दिनमा भने छोरीको प्रस्तुती राम्रै भयो । पहिला त मलाई, यो साना-साना बालबालीकालाई पनि ‘के गर्न
(प्रिजेन्टेसनको तयारी )
लागाएको!’ जस्तो लागेको थीयो, तर पछि भने यस्ता कार्यक्रमले उनिहरुको मानसिक बिकासमा रचनात्मक भुमिका खेल्छ जस्तो लाग्यो। कमसेकम २०-२५ जनाको अगाडि कुनै कुरा बोल्न पर्यो भने धक नमान्ने र आत्मविश्वासका साथ आफनो कुरा राख्न यस्ता कार्यक्रमले मद्दत गर्ला जस्तो लाग्यो ।
जे, होस Presentation शब्दको डिमोशन भएर हो वा आधुनिक शिक्षा प्रणाली द्रुत भएर हो, यो प्रिजेन्टेशन भने सफल नै भयो ।
(प्रिजेन्टेसन कक्षमा)
तल भने अरु बिभिन्न अवसरमा खिचिएका केहि तस्बिरहरु राख्दैछु:
(स्कुलको कार्यक्रमकोलागी ईन्दीरा गान्धीको ‘गेट-अप’ मा)
( स्कुलको विज्ञापनको लागी मोडलिङ गर्दै ।) (प्रशन्न मुद्रामा )
(Mamu !, I found a crack for your software) (Swimming)