त्यसो त तिथि ऋतुका आधारमा हामीकहाँ वसन्त लागी सकेको छ । तर प्रकृति कसैले बनाएको पात्रो वा क्यालेण्डरको इशारामा नचल्ने भएकोले मानव निर्मीत मौसमका सूचकांकहरुले जे सुकै भने पनि काठमाण्डौमा अझै पनि जाडो नै छ । अनि रुख विरुवाहरु पतझडका जीवीत नमूना बनेर कठ्याङ्रीदै उजाड स्वरुपमा खडा रहेका छन ।
आज आफ्नै वरिपरी हेर्दा वसन्त ऋतु भने पनि रुख विरुवाले भने हिँउद नै चलीरहेको जानकारी दिए।
अनि १-२ क्लिक यही पतझडको लिएँ ।
(आफ्नै बारिको हलुवाबेदको रुख—पात झरेर नाङ्गिएको छ)
तस्विर खिच्दा खिच्दै अचानक आफ्नै बारीमा रहेको साधारहणतया कसैले राम्ररी ध्यान नदिने आलुबखडाको बोटहरुमा परे।
अरु वनस्पती र वातावरणले जेसुकै भनेपनि आलुबखाडाको रुखले भने वसन्तागमनको यथेष्ट प्रमाण दिईरहेको थियो ।
ढकमक्क फुलेको आलुबखाडाका रुखहरुमा हेर्दा यस्तै रुखहरु लहरै धेरै बएका भए त यहाँ पनि सानोतिनो ‘हानामी’ हुने जस्तो लाग्यो । हेर्नुस है यी आलुबखडाका रुखहरुले कतै साकुराका याद त दिलाउँदैनन ?
5 Comments:
तस्बीरहरु राम्रा लागे! पतझडले नांगिएपनि रुखहरुमा आफ्नै सौन्दर्य हुन्छ, प्रकृति आफ्नो हरेक अवश्थामा सुन्दर देखिन्छ।
आरुबखडाका फूलहरुले साँच्चैनै हानामीको याद दिलाऊँदा रहेछन्। पहिला यसरी हेरिएको थिएन।
तपाइंले एकदम सही कुरा गर्नुभयो, सुजनजी | आरुबखडा र हानामीको प्रख्यात 'साकुरा' एकै खालको बनस्पति प्रजातिमा पर्दछन | जापानमा हिमालयन साकुरा भनेर नेपालबाट ल्याएको त्यस्तै फूल पनि रोपेका छन् रे कहीं कहीं |
आरूवखडाको रूखले एकदमै आकर्षित गर्यो.......
यतै बसिराख्नु भो भने, आरुवखडा चाँहि खान आउनुपर्ला जस्तो छ ! हा हा
वसन्तागमन को संकेत पनि दिइरहेको छ, तपाईका फोटाहरु ले ! :)
Beautiful pictures....nice blog !
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼