विगत केही समय देखी भारतमा स्वाईन फ्लू (H1N1 virus) को हल्ला र खवर कहीले हराएजस्तो त कहीले झनै गम्भिर भएजस्तो गरी आईरहेको छ ।
केही समय अगाडि, महाराष्ट्रमा त यसको रोकथामको लागि सात दिनकोलागि स्कूल कलेज समेत बन्द गरीए । अघिल्लो हप्ता पत्रिकामा स्वाईन फ्लु ‘कन्ट्रोलमा आएको’ खवर छापिएको थियो । तर आजको पत्रिकाको खवरलाई आधिकारीक मान्ने हो भने हालसम्म भारतमा ४८ जनाले यही रोगका कारण ज्यान गुमाई सकेका छन भने हिजों पहिचान गरीएका १३८ जना नयाँ समेत गरी संक्रमीतको संख्या २५३९ भएको छ ।
अलिकता हल्ला, अलिकता तथ्य, अनि केही गफ गर्ने बहाना त केही नजानिदों डर सबै समान छाएको छ यतातिर । स्कूल-कलेज, कार्यालय वा सामाजिक जमघट सबैमा यसको चर्चा चल्ने गरेको छ ।
कसैलाई यो त्रासको विषय भएको छ भने कत्तीलाई कमाउने सिजन पनि । हाल शहरको ठाउँ-ठाउँमा ‘स्वाईन फ्लू प्रिभेन्टीभ मेडिसीन’ र ‘मास्क’ को बजार गर्माएको छ । आजको पोष्टमा यही स्वाईन फ्लू सम्बन्धि केही तस्विरहरु:
( स्वाईन फ्लू को सन्त्राश संगै मौलाएको औषधी ब्यापार)
(औषधी पसले मात्र होईन, खुद्रा पसले समेत मौकाको फाईदा उठाउँदै छन् ।)
(घर बन्नै बाँकी छ, ब्यापार सुरु भै सक्यो !)
(यो चाँही आफ्नै छोरी---मास्क लगाएर मात्रै स्कुल आउन नोटिस आएकोले मास्क सहित स्कुल बसको प्रतिक्षामा)
(यहाँका स्कुलहरुमा स्वाईन फ्लूको रोकथामको लागि औषधी दिईदै)
(स्वाईन फ्लूको सन्त्राशले गर्दा पछाडी “Wine” आउने सबै शब्द “Swine” जस्तै लाग्न थालेछ—यो चाँही “Wine” लाई “Swine” देखेर झुक्केर खिचेको तस्बिर हो है !!)