भारत भन्ने बित्तीकै हामीलाई प्राय: दिल्लीको याद आउला वा सानै बेला देखि हेर्ने गरेको हिन्दी चलचित्रका कारण मुम्बई वा हिन्दी भाषाको याद आउला ।
भारत बारेको यो आम धारणा साधारण नेपालीहरुलाई भन्दा नेपालका राजनैतिक नेतामा झनै बढी देखिन्छ ।
पहिला पहिला भारतीय मिडियासंग अन्तर्वातामा मात्रै हिन्दीमा बोल्ने हाम्रा नेताहरु आजकल देशको मानाखाने उपल्लो तहको सरकारी बागडोर सम्हाल्ने सपथमा समेत हिन्दी बोल्छन ।
२००१ को तथ्याकंलाई मान्ने हो भने पुरै भारतमा हिन्दी बोल्नेको संख्या करिब ४०% को हाराहारीमा छ (लेख्न सक्नेको संख्या अझै कम हुन सक्छ)।
हिजों कामको सिलसिलामा बाहिर निस्कदाँ केही पत्रिका पसलमा आँखा गयो । यहाँक पत्रिका पसलमा प्राय: हिन्दी भाषाका पत्रिका भेटन मुश्किल हुन्छ। कुनै कुनै पसलमा भेटिए पनि एउटा भन्दा दुईवटाको आश नगरे पनि हुन्छ ।
आन्ध्र प्रदेशबाट तेलंगाना हुने क्रममा रहेको म बस्ने प्रदेशमा सामान्य बोलीचालीको लागि हिन्दी बोलेर पनि करिब करिब टर्छ भन्दा हुन्छ । तर पत्रिका वा म्यागाजिनपढ्नु छ भने चाही खोजि गर्दै हिँडनु नै पर्छ ।आजको पोष्टमा पत्रिका पसलहरुका केही झलक(खोज्नुस त तपाँईले कति वटा हिन्दी पत्रिका वा म्यागजीन भेट्नु हुन्छ यि तस्विरहरुमा ।
(यहाँ प्राय: स्थानिय भाषाकै पत्रिकाहरु बढि चल्छन्)
(यो अर्को पसलको तस्विर-- यहाँ पनि हिन्दी पत्रिका दुर्लभ वन्यजन्तु जस्तै छ)