27 July 2009

सडक देखि सडक सम्म !!

यो हप्तामा खासै ब्लगमा टाँस्न मिल्ने फोटो खिच्ने मौका मिलेन । तर ब्लग अपडेट नगरेको पनि केही समय भैसकेछ । त्यसैले म बस्ने शहरको सार्वजनिक यातायातको स्थिति र यहाँको लथालिङ्ग यातायात व्यबस्थापन बारेको बिगत केही दिन यता स्थानीय पत्रिकामा छापिएका केही फोटोहरु ब्लग मार्फत सबैमा बाँडदैछु ।

नोट: यी सबै फोटोहरु विभिन्न मितिमा प्रकाशित Deccan Chronicle (Daily)  नामक आन्ध्र प्रदेशबाट प्राकाशीत अंग्रजी दैनिक पत्रिकाबाट लिईएको हो ।

 Bike

(हुन त यहाँ १ लाखको कार पनि आईसक्यो, तर ६ जनासम्म लाई त बाईक नै काफी रहेछ!)

scooter

(बर्सादी, छाता सबै छूटेछ—छोरा-छोरी रुझे पनि रुझुन, पहिला आफ्नै टाउको जोगा !)

Auto

(यहाँका स्कूल-अटोमा यस्तो दृश्य भने देखि रहन्छन )

Bus

(तिमी बसमा झुण्डिउ, म तिमीमै झुण्डीन्छु !)

boy standing in Auto (यो चाही एक्सन फ्लिमको असर होला सायद)

Bus pussing by passenger (पेट्रोल वा अश्‍व-शक्ति हैन यो बस नर-शक्तिले चल्छ)

अरू यता ...

19 July 2009

मरुभूमिको मोह र काँडाको सुन्दरता

मरुभूमि- सुख्खा जमीन र कतै कतै भेटीइहाले पनि काँडै काँडा भएको स-साना बुट्यानहरु हुने दुरुह स्थान। जहाँ जो-कोही पनि आफ्नो स्वेच्छाले सायद जान चाँहदैनन् ।

मरुभूमि- नाम नै सुन्दा पनि उदेक लाग्ने स्थान अनी फूलै फूलको बगैँचामा रमाउने मानिसलाई काँडाको नाम सुन्दा पनि मनमा च्वास्स विझेको झै अनुभव हुन्छ ।

तर समयको चक्र पनि अनौठो छ, त्यहि मानिस जसलाई काँडाको नाम सुन्दा पनि मनमा बिझैको जस्तो अनुभव हुन्थ्यो उसैलाई फूलै‍-फूलको संसारमा रमेपछि काँडाको पनि याद आउँछ, हराभरा र उर्वर जमीनको शीतलता र हरियाली पनि धेरै भएपछि, बन्जर जमीन, सुख्का भूमी र उष्ण प्रदेशको बिकटतामा पनि रस र चाख पैदा हुन्छ।

अनी मानिसहरु आ-आफ्ना घरका बगैँचामा समेत दुबोको साथमा केक्टस र सयपत्रीको फुल संगै काँडै काँडाले घोच्ने सिउँडी पनि लगाउँछन । सायद यसले केहिहदसम्म प्राकृतिक सन्तुलनताको पनि परिचय दिन्छ होला।

अघील्लो हप्ता यस्तै मरुभूमि र बन्जर जमीनमा उम्रने केहि विरुवा र बुट्यानहरु भएको बगैँचामा पुगेकी थिएँ, आजको पोष्टमा यस्तै केहि काँडादार र साधाहरण रुपमा मन नपराईने तर फेरी बिस्तारै संकलनयोग्य पनि बन्दै गएका बिरुवा र बुट्यानहरुको तस्विरहरु राख्‍दैछु :

Big Cactus

Butyan  Agavaceae

Cactus 

Cactaceae cacti

अरू यता ...

11 July 2009

हरेक सालिकले केही भन्छन्।

दक्षीण भारत यस्तो ठाउँ हो, जहाँ चलचित्रमा राजनीतिको प्रभाव र राजनीतिमा चलचित्रको रंगिन दुनियाको झलक दुबै बराबर मात्रामा देख्‍न सकिन्छ ।

यहाँ बहुसंख्यक अभिनेताहरु राजनीतिमा जान्छन वा जाने तयारीमा रहेका हुन्छन भने नेताहरु पनि आफूलाई कुनै चलचित्रको अभिनेता जस्तो देखाउन लालायित हुन्छन ।

प्राय: चुनावको अगाडि प्रचार प्रसारको लागि बन्ने पर्चा पाम्पलेटमा छापिने नेताहरुका भिन्न भिन्न ‘पोज’ र ‘स्टाईल’मा खीचिएका तस्विरहरुले यहाँका नेताहरु राजनीतिको मैदानमा उत्रेका हुन कि फ्लिमी दुनियाँमा प्रतिस्पर्धा गर्दैछन लख काटन समेत हम्मे हुन्छ ।

केहि फ्लिमी दुनीयाबाट राजनीतिमा प्रवेश गरेका कलाकारहरु फ्लिमी दुनिया जस्तै राजनीतिमा पनि सफल र निकै लोकप्रिय समेत रहेका छन । त्यसोत, कलाकारलाई अत्यन्त उच्च सम्मान दिएर कुनै पनि कलाकारको मन्दिर समेत निर्माण गर्ने परम्परा पनि यहा कुनै नौलो होईन, तर पनि अभिनेताहरु यी सब सम्मानका बाबजूद समेत राजनीतिमा जान रमाउँछन। अनी ती राजनीतिज्ञका निर्माण भएका सालिकहरुमा फ्लिमी स्टाईल र पोजहरु पनि प्रष्ट देखीन सक्छ । आजको पोष्टमा यस्तै केहि सालिकका तस्विरहरु राख्दैछु:

यी सालिकहरुले के भन्न खोज्दैछन त, मलाई लागेको कुरा मैले लेखेको छु बाँकी अन्दाज गर्ने जिम्मा चाहि तपाईहरु कै !

Dr. B.R Ambedkar(1981-1956)

(Dr.B. R. Ambedkar-त्यहाँ सम्म पुग्नु छ हामी)

Sri Tanguturi Anjaiah(Former CM of A.P)

(Sri Tanguturi Anjaiah-ल, त्यसो भए दौडौं त!)

Indira Gandhi

(Indira Gandhi-पर्ख पर्ख म पनि आँउछु)

Dr. Neelam Sanjeeva Reddy ( President of India (1977-1982)

(Dr.Neelam Sanjeeva Reddy-म मात्र किन चुप लागेर बसौं)

Jawaharlal Nehru (Jawaharlal Nehru- उदेश्य के लिनु? उडी छुनु चन्द्र एक)

Babu Jagjeevan Ram (Babu Jagjeevan Ram- यात्रा त गर्नै छ लठ्ठी नै टेकेर भए पनि)

Rajiv Gandhi (Rajiv Gandhi-शुभ यात्रा)

statue (म त एक्लै परे नि!)

अरू यता ...

05 July 2009

प्रकृतिको लुकामारी

केहि समय अगाडि पानी परेपछी,  मैले यही ब्लगमा बादल, बृष्टी र आनन्द शीर्षक दिएर एउटा सानो टाँसो राखेकी थिएँ । मध्य मनसुन र प्रचण्ड गर्मीको यो मौसममा त्यस्तो बर्षा हरेक दिन नभए पनि धेरै पटक हुनु पर्ने हो । तर यसपाला म बस्ने पुरै प्रदेश भरी पनि सुख्‍खा लागेर फेरी पानी पर्न सकेको छैन ।

Blue sky and white cloud  ( सुख्खा भुमि माथिको निलो आकाश र सेतो बादल)

खेती किसानी गर्नेहरु मात्रै हैनन साधारण शहरवासीहरु पनि आकाशतर्फ हेरेर बर्षाको आश गरेर बसेको हप्तौं भयो । खुल्ला, चकमन्न र उज्यालो आकाशमा यो पोष्ट लेख्दासम्मको अबस्थामा पानी पर्ने कुनै लक्षण देखीएको छैन ।

Bright sky 1 (केही हप्ता देखी आकाश निरन्तर यस्तै सुख्खा छ।)

मौसम परिवर्तन भएर हो वा प्रकृतिले कोप प्रदर्शन गरेर हो, जे होस बर्षा भएको छैन । दिनभरी आकाश खुल्ला हुन्छ, कहिले काही बादल देखिन्छ सबैजना सम्भाव्य बर्षाको संकेत देखेर रमाउँछन अनी एकैछिनमा फेरी बादल छरपस्ट भएर निलो आकाश क्षितिज पारीसम्म फैलन्छ ।

Nature kidding (सुख्खा आकाश मुनिको काकाकुल शहर)

गत केहि हप्ता लगातार पानि नपरेपछि यहाँ सबै धर्म मान्नेहरुले आ-आफ्ना मन्दिर, मश्जिद र गिर्जाघरमा समेत पानीको लागी प्रार्थना गरीरहेका छन ।

Dry sky (शहरबासी लाई जिस्काएर छरपस्टिएको बादल)  

यो हप्ता आन्ध्र प्रदेशका मुख्‍यमन्त्री समेत सहभागी गराएर अष्टोत्तर शतकुण्डात्मक महा वरुण महायज्ञको समेत आयोजना भयो । जसमा सात वटा मुख्य समेत गरी १०८ होमकुण्डमा हवन पनि गरीयो । साथै प्रदेशको प्रमुख १००० हजार मन्दिरमा पनि वरुण यज्ञको आयोजन भएको छ ।

Bright sky (फेरी पनि सुख्खा आकाश)

तर आजसम्म यी कुनै पनि यज्ञको असर भने देखा परेको छैन, हेरौं अगाडी के हुन्छ !

Thirsty city (पून: बर्षातको प्रतीक्षामा शहरबासी)

अरू यता ...

27 June 2009

जगन्नाथ रथ यात्राका केही झलकहरु

हिन्दू धर्मको चार धाम मध्य एक पर्ने एउटा मन्दिर, भारतको उडिसा राज्यको पुरी शहरको जगन्नाथ मन्दिर पनि हो । हरेक बर्ष आषाढ शुक्ल द्वितीया दिनमा यहाँ वार्षिक रथ यात्रा (जात्रा) हुन्छ । उडिसा बाहेक भारतकै गुजरात को अहमदाबादमा पनि निक्कै तामझाम र श्रद्धालुहरुको भिड बिच यो जात्रा हुन्छ ।

Rath 1 (रथ यात्रा शुरु हुनु भन्दा अगाडी सजाईएको रथ)

यसै क्रममा आषाढ शुक्ल द्वितीयाकै दिनमा दिन हामी बस्ने शहरमा पनि यौटा यस्तै रथ यात्राको आयोजना भएको थियो ।आजको पोष्टम त्यसै अबसरमा खिचिएका केहि तस्बिरहरु राख्दैछु ।

Before Rath yatra (रथ भित्रको जगन्नाथ भगवानको मुर्ति-यो मुर्ति निमको काठबाट बनाउने प्रचलन छ)

पुरीमा प्रत्यक बर्ष लाखौंको संख्यामा श्रद्धालुहरु पुग्छन, किनकि यो संसारकै सबैभन्दा पुरानो धार्मिक यात्रा मध्यको एउटा परमपरागत यात्राको कडी  पनि हो, जुन करिव एक हजार बर्ष भन्दा अघि देखी निरन्तर चलिरहेको विश्‍वास गरीन्छ ।

ISKCON (पुजा र किर्तन  हुँदै)

पुरीमा भगवान जगन्नाथ, उनका भ्राता बलभद्र र बहिनी सुभद्रा तीनैलाई भिन्ना भिन्नै भव्य रथमा राखेर करीव दुई किलोमिटर नगर यात्रा गराईन्छ ।

Rangoli (रथ यात्रा शुरु हुनु भन्दा अगाडी बाटोमा बनाईएको शुभ र मंगलको प्रतिक- रङगोली)

यो रथ यात्राको बारेमा भिन्न भिन्न मत भएपनि वास्तबमा अरु बेलामा दर्शन सुलभ हुन नसक्ने सबैले दर्शनको अबसर पाउन र धर्ममा मानिसको विश्वास बर्करार रहोस भनेर नै यस्ता खालका जात्राको आयोजन हुन्छन् भन्दा फरक नपर्ला ।

Balbhadra (गोप-गोपिनीहरुको झाँकी)

पुरी र अहमदाबादको रथ यात्रा जस्तै आजकल भारतको हरेक साना ठुला शहरमा पनि आषाढ महिनामा यस्ता रथ यात्राका आयोजन हुने गरेका छन ।

Balbhadra and  Subhadra

(डान्डीयामा मस्त किसोर-किसोरीहरु)

Rangooli(यहाँ हरेक शुभ कार्यमा यस्ता रंङ्गोलीहरु बनाइन्छ-यो रथ अगाडीको बाटोमा बनाईएको थियो)

Procession

(रथ तान्न एकत्रीत भक्तजनहरुको भिड)

अरू यता ...