15 October 2009

तमसोमा ज्योतिर्गमय !!

दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!

      Tamaso ma माता लक्ष्मीले सबैलाई धनधान्यले पुर्ण गराउन!!

अरू यता ...

07 October 2009

दक्षिण भारतको दसैं

दसैं आयो, मनाईयो र सक्की पनि सक्यो । दक्षिण भारतमा दसैं खासै मनाईदैन वा अझ प्रष्ट भएर भन्दा यहाँ दसैंको कुनै रौनक नै देखिदैन भन्दा पनि फरक पर्दैन । हुन त उत्तर भारतमै पनि दसैंको रौनक पश्चिम बंगालमा ‘दुर्गा पूजा’का नामले केहि देखिए पनि हामीकहाँ जस्तो रमाईलो वातावरण भने भारतमा कतै देखेको छैन मैले ।

महा अष्टमीको दिन एकदिन पूजा गर्ने र छुट्टी मनाउने बाहेक दक्षिण भारतमा देखिने दसैं आगमनको संकेत वा चिन्ह भनेको नवरात्री सुरु हुने दिन देखि ठाउँ-ठाउँमा राखिने देवीको पाण्डाल नै हो ।

गणपति महोत्सव वा गणेश चतुर्थीको जस्तो गुणात्मक र संख्यात्मक दुबै हिसाबमा भब्य र धेरै नभए पनि नवरात्री भर यहाँका चोक चोकमा पाण्डाल खडा गरेर देवीको विभिन्न मूर्तिहरु स्थापना गरिन्छ । नवरात्रीको समापन पछि यी सबै मूर्तिहरु पनि विसर्जन गरिन्छ। आजको पोष्टमा म बस्ने ठाउँ वरिपरि नवरात्रीको समयमा राखीएका पाण्डाल र देवीका मूर्तिहरुका केही झलक:

Green Durga (यो घर नजिकैको  पाण्डालमा स्थापना गरिएको देवीको मूर्ति)

Pandal (मुर्ति स्थापना गर्न कपडा र बाँसको प्रयोग गरेर बनाईएको पाण्डाल)

Pink Durga (पाण्डाल भित्र स्थापित मुर्ति)

Red Durga (माटो बाट बनाईएको एक अस्थाई मुर्ति)

Trisul Devi (सिंह बाहिनी भगवती)

Pandal 1 (र यो अर्को झिलीमिली सजाईएको पाण्डाल)

अरू यता ...

19 September 2009

या देवी सर्वभूतेषु…

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।

Greetings

 विजया दशमी २०६६ को सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामना !!

अरू यता ...

15 September 2009

फूल, पात र दसैंको आगमन

अलिकता कार्य व्यस्तता र अलिकता अल्छीपनाले गर्दा यो पुरै हप्तामा ब्लगलाई खासै समय दिन सकिन । ब्लग अपडेट नगरेको केही समय भएको र केही समय पछी फेरि घरतिर जाने कार्यक्रम रहेकोले ब्लग अपडेट गर्न झनै समय नमिल्ला जस्तो लागेकोले अहिलेलाई बीचमा यता उता गर्दा बाटो पर्ने ठाउँमा खिचेको केही फूल-पातका तस्विरहरु राख्दैछु ।

आलु खनिसकेपछि उब्रेका सिला जस्तै यि तस्विरहरु पनि कुनै एक निश्चित स्थान वा समयका भने हैनन् ।

flower (8) (यो फूलसंगै सबैमा विजया दशमीको अग्रीम शुभकामना पनि है !)

flower (1) (ढकमक्क फूलेका फूलहरु—नाम थाहा नभएपनि मन परेर यस्को फोटो लिएकी थिएँ)

flower (17) (यो सायद शहरको कुनै पार्कमा लिएको तस्विर हो—बेनामी फूलकोOpen-mouthed)

flower (3) (जे भएपनि यी फूलहरुले दसैंको आगमनको सूचना दिएको जस्तो छैन त ?)

flower(यो चाही म काम गर्ने कार्यालयको प्रांगणमा हिजो मात्रै खिचेको)

 

अरू यता ...

07 September 2009

आकाशका रंगहरु …

“आकाशको रंग निलो हुन्छ” वा “आकाश निलो हुन्छ”-- हामीले सानै देखी सुन्दै आएको कुरा यही हो । जे होस, ‘क’ बाट कछुवा र ‘ख’ बाट खरायो बने जस्तै हामी प्राय: बादललाई कालो र सेतो अनि आकाशलाई निलो हुनुको दर्जा दिन्छौं । तर जसरी ‘क’ बाट कछुवा मात्रै नभै कलम, कलश वा कसौंडी पनि बन्छ, आकाश पनि आफ्नो मनखुशीमा कहिले नीलो, कहिले कालो, कहिले रातो त कहिले एकै समयमा विभिन्न रंगमा देखिने रहेछ ।

गएको तीन दिन जत्ती म बस्ने शहरको आकाश आफ्नै मस्तीमा थियो, अनि उसले बादल र मौसमको साथमा आफ्नो भिन्न भिन्न रंग रुपहरु देखाएर मलाई आकाश निलो मात्रै हैन प्रकृतिले जस्तो चाह्यो त्यस्तै हुन्छ भन्ने प्रमाणीत गरीदियो । आजको यो पोष्टमा आकाशका यिनै भिन्न भिन्न रंगहरु बाँढ्दै छु ।

यि सबै तस्विरहरु गएको तीन दिनको बीचमा एकै दिशा र सकेसम्म एउटै कोणबाट लिईएका हुन ।

Morning Sky(बिहान देखिएको सेतो बादलले ढाकिएको आकाश)

Afternoon (मध्यान्नको चम्किलो निलो आकाश)

Evening 1 (दिन ढल्दै जाँदा आकाश पनि रंग बद्ल्दै छ)

Evening (साँझ पर्दा पर्देको सुनौलो आकाश)

Evening (5) (यो आकाशको अर्को रंग)

Evening (6) (इन्द्रेणीको सबै रंग सायद यसमै छ)

Evening (7) (सुर्य अस्ताउनै लाग्दाको बहुरंगी आकाश)

Evening (8)(सन्धिको आकाश)

अरू यता ...