28 August 2009

गणपति बप्पा, मोरीया !

भारतका हरेक सानो ठुलो शहरमा भाद्र शुक्ल चतुर्थीको दिनलाई गणेश चतुर्थीको रुपमा भव्य रुपमा मनाईन्छ । भन्नलाई भाद्र शुक्ल चतुर्थीको दिनलाई गणेश चतुर्थीको भनेपनि यो धार्मीक पर्वको रमझम भने करिव १५-२० दिन सम्म रहन्छ ।

बुद्दी, ज्ञान र धनका समेत देवता मानिने भगावान गणेशको यो पर्वको हलचल यो पर्व सुरुहुने १-२ हप्ता अगाडि देखिनै देखीन थाल्छ । शहर-गाउँ सबैतिर, माटो वा अन्य विभिन्न चिजबाट बनेका गणेशका मुर्तिहरुको बेचबिखनमा सबै व्यस्त हुन्छन् । घर, चोक, टोल वा कार्यालयहरुमा समेत स्थान र खर्चका हिसाबले १०-१५ फिट अग्लो देखी साना साना मूर्तीहरु समेतको जोहो हुन्छ ।

घर-घरमा साना-तिना मूर्ति त टोल-टोल र चोक-चोकमा भने पाण्डाल (अस्थाई मन्दिर) बनाएर त्यहा गणेशको मूर्ति स्थापना गरेर पूजिन्छ ।

केहि दिनको पूजा पछि भने ति सबै मूर्तिलाई नजिकैको नदि, खोला वा ताल आदिमा लगेर बिसर्जन गरिन्छ । मूर्ति स्थापना निर्दिष्ट दिनमै गरिए पनि बिसर्जन भने आ-आफ्ना सुबिधाको हिसाबमा गरिने भएकोले गणेश चतुर्थी समापन भएको हप्ता-दस दिन सम्म पनि यो मूर्ति बिसर्जनको कार्यक्रम भने चली रहन्छ ।

मूर्तिको स्थापना जत्ती आकर्षक हुन्छ, बाजा-गाजा र हर्षोल्लासका साथ “गणपति बप्पा, मोरीया” को धुन गुन्जाएर गरीने बिसर्जन पनि त्यत्तीकै आकर्षक र हेर्न लायक हुन्छन् ।

आजको यो पोष्टमा गणेश चतुर्थीको अगि र पछिका यस्तै केही तस्विरहरु :

Ganesh(पर्व अगाडिको तयारी—बिक्रिका लागी राखिएका गणेशकका ठुला मूर्तिहरु)

Market (घरको लागि मूर्ति जुटाउन बजारमा चहलपहल)

Black ganesh (मेरो घरको करिब २०० मिटर वरिपरी यस्ता करिब १० वटा पाण्डाल राखिएका थिए) 

White ganesh (यो घर नजिकैको अर्को पाण्डालमा स्थापना गरिएको सेतो गणेश)

Red Ganesh

(र यो अर्को पाण्डालमा राखिएको गणेश)

Jhilke Ganesh (पर्व पनि मनाउँदै, विज्ञापन पनि गर्दै—एउटा डिपार्टमेण्ट स्टोरमा राखीएको झिल्के गणेश)

Ganapati (मूर्ति विसर्जनको लागी लगिदै)

preparing to drop(मूर्ति बिसर्जन गरिँदै)

म बस्ने शहर नजिकै खोला, नदि नभएकाले यहाँका अधीकांश मूर्तिहरुलाई यहाँको हुसेन सागरमै बिसर्जन गरिन्छ –साना मूर्तिहरु तालको किनारबाट पानिमा हालिन्छ भने केहि ठुला मूर्तिका लागि यस्तै क्रेनको जरुरत पर्छ।

21 Comments:

Prajwol said...

दुई प्रश्न सुजन जि:

१ "अन्य बिभिन्न चिज" भन्नले के के होला ? माटो बहेक अरु कुनै synthetic प्रोडक्ट पनि प्रायोग गरेका छन कि भनेर बुझ्न खोजेको ?

२ "बिसर्जन" गरे पछी पानी बाट झिकिन्छ कि त्यहीं नै छोडिन्छ ?

Sujan Sharma said...

प्रज्वलजी, यो दुईटै प्रश्नको जबाफ एउटै बनाएर दिउँ है !

यस्ता मूर्तिहरु पानीमा बिसर्जन गरेपछि प्राय: फेरि झीकिँदैनन् । त्यसैले माटो, त्यसमा लगाईएका हानिकारक केमिकलयुक्त रंगहरु र मुर्तीसंगै हुने फूल आदि चिजहरुबाट प्रदूषण हुने भएकोले विगत २-३ बर्ष देखी यतातिर “ईको-फ्रेण्डली-मूर्ती” बनाउने काम पनि सुरु भएको छ ।

साधारणतया मूर्तिहरु माटोबाटै बनाईने भएपनि केहि मूर्तिहरु, मईन, खरी, जुट काठ आदिबाट पनि बनेका हुन्छन ।

“ईको-फ्रेण्डली-मूर्ती” भने प्राय: तुरुन्तै गल्ने खाद्यान्न वा धान चामल तिल आदि अन्नबाट बनेका हुन्छन । आजकल केही मूर्तीहरु चिनी वा लड्डु बाट बनेका पनि भेटिन्छन् ।

तपाईको प्रश्नले गर्दा मेरो पोष्ट सायद अरु बढी प्रष्ट भयो होला । धेरै धेरै धन्यवाद ।

दूर्जेय चेतना said...

राम्रा हुँदा रहेछन्। खुब मनाईन्छ है यस्तो चाडहरु भारतमा। राम्रो लाग्यो फोटोहरु। अहिले अन्नबाट बनेका मुर्तिहरुलाई बिशेष महत्व दिएको पाईन्छ। हुन सक्छ मुर्ती सेलाए पछि, पानिका जीब जस्तै माछाले खान सकुन बा नभए चाडै गलोस भनेर होला।
गणेशको दर्शननै गराउनु भयो तपाईले सही समयमा। धेरै धेरै धन्यबाद है

कृष्णपक्ष उज्यालोको खोजिमा said...

अहा! यसरी विसर्जन गर्नु पर्ने अस्थायी मुर्तिहरु पनि मेहनत गरेर कति राम्रा बनाएका! यस्तो कलाकारिताको लागि त भारतीयहरु जति कोहि पनि छैनन् होला शायद । सुन्दर तस्विरहरु सहित गणपतिको दर्शन गराउनु भएकोमा सुजनजीलाइ धन्यवाद !

Shiva Prakash said...

राम्रा छन् कलेक्सनहरू ।

राजेश......रुपान्तरणको खोजीमा said...

गणेश चतुर्थीका फोटाहरु हामीबीच बाँड्नुभएकोमा धन्यवाद ।

एकलव्य ( Eklavya) said...

गजाननं भुतगणदि सेवितं, कपित्थ जम्बू फलचारूभक्षणम्
उमासुतं समस्त बिघ्न विनाशकारकं , नमामी विघ्नेश्वर पादपंकजं ।।
यी भूँडे भगवानको पूजा महराष्ट्र, आन्ध्र र दक्षिणका भारतीय प्रान्तमा असाध्यै धूमधामका हुने रहेछ ।

पवित्र सन्दर्भको उत्तम शव्द र चित्र पस्कनु भएकोमा आभार!

हावा De Wind said...

मलाई यि भुडे अनी खन्चुवा गणेश प्रती धार्मिक अर्थमा कुनै मोह त छैन तर हाम्री जिजु बजै ले सुनाउनु हुने कुमार र गणेश को कथा अत्ती मन्पर्थ्यो.. जसमा आमाबाबु प्रती को आदर्भाव लाई संसार को सबैभन्दा ठुलो पराक्रम मानिएको छ... जुन गणेश ले प्रमाणित गर्छन्

DEEPENDRA said...

Thanks for an informative post with beautiful snaps. In this festival season (as Dashain is approaching), I am really missing home.

B.J. Dummali said...

बिघ्नहर्ता लम्बोदरकी जय! सुजन जी म त ढिलै भएँ र पनि धेरै राम्रो अप्डेटिङ् भेटे खुसी लाग्यो। धन्यबाद सुजन जी सम्पुर्ण जानकारीको लागी।

सूर्य/सिकारु said...

जय लम्बोदर गणेश अलि ढीलै भएछु है गणेशको दर्शन गर्न। आहा ! कस्ता राम्रा तस्बिरहरु ।

Eternal said...

Wonderful Pictures Sujan didi....

Jai shree Ganes...

gufgaf.com said...

कस्तो राम्रो राम्रो मुर्तिहरू !!

बिमल गिरी said...

जानकारीमुलक लेख र गणेशजी को मुर्ती
को दर्शन गराउनुभएकोमा आभार ब्यक्तगर्न
चाहन्छु।

Milan said...

आहा कत्ति राम्रा गणेश...

बिसर्जनको चाहिँ बबाल कभरेज गर्नु भएको रहेछ

Basanta said...

सुन्दर लागे तस्बिरहरु! कुरा धेरै सुनेपनि गणपति बप्पाका यति धेरै तस्बिरहरु देखेको आजै हो। धन्यबाद!

Jotare Dhaiba said...

गणेशजीको मूर्ती राम्रो, खिचाइ अझै सुन्दरम !
विसर्जनसम्मको फोटो-फिचर पूर्ण लाग्यो ।
मैले भने 'गणपति बप्पा, मोरीया !' भन्ने शब्दावलीको खास अर्थै बुझिनँ । खासगरी मोरीयाको ।

Sujan Sharma said...

धाइवाजी !

मैले बुझेसम्मको कुरा गर्दा, यो 'मोरिया' जसलाई यदाकदा 'मोरया' पनि उच्चारण गरिन्छ मराठी शब्द हो ।

यो प्रार्थनात्मक नाराको पूर्ण अंश यस्तो हुन्छ:
'गणपति बप्पा मोरया, पुढ़चा वर्षी लौकर आ'
जसको अर्थ हुन्छ “हे स्वामी (प्रभु) गणपति अर्को बर्ष पनि आउनुहोस” । मोरिया वा मोरयाको अर्थ 'प्रभु' वा 'स्वामी' को रुपमा लिईन्छ ।

यसै प्रसंगमा कुरा गर्दा हाल अपभ्रंश भएर र केही मात्रामा भने आ-आफ्नो बोलीमा मिलाएर यसैलाई “गणपति बाबा मोरया, अगले बरस तू जल्दी आ !” पनि भनिन्छ ।

Jotare Dhaiba said...

धन्यवाद थप जानकारीका लागि ।

Umesh Gajurel said...

गणपति बापा मोरया,
भारतमा सबैभन्दा धेरै गणपति महोत्सब मान्ने ठाउमा रहेर पनि यतिका ज्ञान लिन सकेको थिइन, जानकारीका लागि धेरै धेरै धन्यबाद, हजुर भारत को कुन ठाउमा बसोबास गर्नु हुन्छ ???

Sujan Sharma said...

उमेशजी, भनेपछि तपाई महाराष्ट्रमा बस्नुहुन्छ !!। मैले पनि टिभिमा हेरें महाराष्ट्रको गणेश बिसर्जन...एकदमै भव्य हुन्छ त्यहाँ ।

म चाही दक्षिण भारतको हैदराबादमा बस्छु । महाराष्ट्रको जस्तो एकदमै भव्य नभएपनि यहाको यो पर्व पनि हेर्न लायकै हुन्छ । धन्यवाद ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼