हुन त उपत्यकाको लागि असीना कुनै नौलो कुरा होईन र यहाँ प्राय: प्रत्येक वर्ष १-२ पटक असीना पर्छ पनि । तर यस पटक भने असीना असीना मात्रै नभै करिब करिब आतंक नै बनेर बर्सीयो । हिँजो साँझ ( मार्च १, २०१०) करिब सात बजेको समयमा लोडसेडीङ मनाउँदै घरमा सबैजना एउटै कोठामा बसीरहेका थीयौं, अचानक बाहिर धेरै परदेखि आकाश नै थर्कने गरी हावाहुरीको आवाज आयो ।
सबैले सोच्यौं पानी पर्दैछ । तर अचानक, घरको छत र झ्यालमा तेजसंग टक् टक् टक् को बेरीतको आबाजसंगै असीना बर्सेको थाहा भयो । करिब १० मिनेटको जोरदार वर्षा पछि हुरी बतास र असीना साम्य भयो । सिमसिम पानी भने पर्दै थियो, घर बाहिर निक्लेर हेर्दा अनौठो दृश्य देखीयो ।
बाहिर बारी, चउर, बाटो, छत सबै बाक्लो हिमपातको बेलामा जस्तै सेताम्य भएका थिए र रातमै भए पनि निकै रोमान्चक वातावरण बनेको थियो । हुन त यसले बालीनालीलाई र अन्य भौतिक पूर्वाधारहरुलाई पनि नोक्शान पुर्याएको होला र यसको मात्राको बारेमा मौसम विभागको जानकारी पनि हेर्नै बाँकी छ। तर मेरो आफनो कुरा गर्ने हो भने, जीवनमै यत्ती कम समयमा यत्ती बाक्लो असीना परेको कहिल्यै थाहा छैन । रातको समय र साधारण डिजिटल क्यामरा मात्रै साथ भएकोले मैले देखेजस्तै दृश्य क्यामरामा कैद भएनन् तर पनि तस्विरबाटै हेर्नुस हिँजोको असीनाको आतंक :
(आफ्नै घर छिर्ने बाटो—छैन त बाक्लो हिउँ परेजस्तो !)
(घर बाहिरको मूल सडक—गाडीहरु चलीसकेपछी पनि यस्तै थीयो)
(छिमेकीको टाएलको छाना—यो असीना आज बिहानसम्म पनि पग्लेको थिएन)
(धारामा थुप्रीएर बाक्लिएको बरफजस्तो असीना)
(असीनाले क्षतिग्रस्त आफ्नै बारीको भिमसेनपाती)
(घर-कम्पाउण्ड भित्रको बाटो—असीनाले सेताम्य)
(रातको समय र साधारण डिजिटल क्यामरा भएपनि बारीको दृश्य लिने एउटा कोशीस)