27 December 2009

११ क्विन्टलको केक, कपासको हिउँ र नयाँ वर्ष !

संसार साघुँरिएर हो वा काम र ठाम त्यस्तै परेर हो, अघिल्लो ३६५ दिनमा नेपाली, अंग्रेजी, दक्षिण भारतको र चिनियाँ गरी ४ वटा नयाँ बर्ष मनाउने अवसर मिल्यो । लाग्छ आजकल मानिसहरुलाई कुनै वहाना मात्र चाहिन्छ रमाईलो गर्ने ।

एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।

अँ त, यसपाला फेरि क्रिसमस र अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको रमझम र चहलपहल चारैतिर देखिएको छ । यो उल्लासमा मानिसहरु धर्म र संस्कृतिको साँघुरो मानसिकताबाट उठेर रमाईरहेका छन। आजको पोस्टमा यही क्रिसमस र नयाँ बर्षका केही झलकहरु:

Huge Cake (एउटा डिपार्टमेन्ट स्टोरमा राखिएको ११ क्विन्टलको विशाल क्रिसमस केक)

Christmas(हिउँ नपरेसम्म क्रिसमस आए जस्तो नै लाग्दैन)

Christmas tree(क्रिसमस ट्रि नै नराखि झन कसरि क्रिसमस मनाईन्छ र)

Snowfall (बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ ?) 

Reality (राम्रो संग हेर्नुस त यो सबै कपासकै कमाल हो)

Santa (कपासकै हिउँ र पलास्टिककै सान्टाले भए पनि बातावरण क्रिसमसमय बनायो)

Happy New Year To All !

16 Comments:

Unknown said...

सातजना सेफहरुले ७४ घण्टा खर्चेर बनाएको त्यो बिशाल (११ सय केजीको) केक कतिजना मान्छेले (कति समयमा?) पुग्यो भन्नेगरी खाईसक्छन् होला? आज सुत्नु अगाडी सताउने भयो यो कुराले ।

जे होस् रमाईला तस्विरहरु ! Happy New Year !

Sweta said...

Really nice clicks...

Kasto cake herdai mukh ma pani pani bhayera aayo...

Ramailo garnu bhaneko khusi batnu ho ni...yeuta bahana ta ho nil...jiune...

Malai yeha yeuta Indian advertisement yaad aayo dairy milk ko "kuch hai bahana aaj peheli tarik hai...mitha hai khana aaj phelhi tarik hai"

Thnks for sharing... :)

Ashesh said...

वास्तवमा एउटा वाहाना मात्र चाहिँदो रहेछ मान्छेलाई, रमाईलो सुरू भई हाल्छ । यो कुरो चित्तवुझ्दो लाग्छ मलाई पनि । अनि फोटाहरूकै माध्यमबाट भएपनि क्रिस्मस मनाउने अवसर पाईयो । यहाँलाई धेरै धन्यवाद ।

Anonymous said...

Happy New Year, wish you all the best..........

कृष्णपक्ष said...

कस्तो दुरुस्तै देखिएका कपासका हिउँ र मुर्तिहरु, अझ त्यो बडेमाको केकको प्रसंग त एकदम रोचक लाग्यो।
सुन्दर तस्विरहरु शेयर गर्नु भएकोमा धेरै धन्यवाद, सुजनजी लाइ र यहाँ पाल्नु हुने सम्पूर्ण ब्लगर मित्रहरुलाई नया बर्षको शुभ कामना ...

ametya said...

हुन चै फोटोहरु कहाँको हो नि ???? and Happy New Year to you all hai ...

sangamkirati said...

रोचक र शुन्दर फोटोहरु सेयर गर्नु भएकोमा सुजन जी धन्यबाद!अनि WISh u all the Best happy New year &your family with all of my friends,,,,सङ्गम

Yumesh Pulami said...

"बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ "
......................
सुजन जी ढिलै भए पनी ह्यापी क्रिश्मस अनि अग्रिम रुपमा नया बर्ष २०१० को मंगलमय शुभकामना | यदि यस्ता उत्सवहरुले भाईचारालाइ प्रगाढ बनाई राख्न टेवा पु-याउछ भने किन हामीले पनी त्यस्ता उत्सव नमनाउने नि ! पोजेटिभ कुरा -sunj G !

Anonymous said...

Interesting! weight: 1100 kgs / height: 10ft ! wonder if these are specs of a piece of cake...

Sujan ji, I really liked your thoughts reflected in these lines:
एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।

...couldn't agree with you more!

Unknown said...

प्रतिक्रियाको लागी सबैमा धन्यबाद ।
अमेत्य जी, यी फोटोहरु सबै हैदराबाद वरीपरि नै खिचिएका हुन् ।

डीआर न्यौपाने'सूर्य' said...

वाह ! कति ठूलो केक अनि मनमोहक सजावट । क्रिसमसको धुम निकै रमणीय र झकिझकाउ लाग्यो । रमाइला फोटोहरु सहित उपलब्ध यो बिशेष पोस्टको लागि धन्यबाद सुजन जी
अनि क्रिसमस तथा नयाँ बर्षको शुभकामना तपाइलाई पनि ।

दूर्जेय चेतना said...

ठूलो केक हेरेरै चित्त बुझाउनु पर्यो। मुख वाट पानि निकाल्ने पोष्ट साह्रै लोभ लाग्यो है। सुन्दर फोटो। यो कपासको हिउ ले चाही अचम्मै गर्छ यताहुदी पनि।

Anonymous said...

Happy happy new year !!! To you and your family, and to all the readers of this blog.

May the dawning of this new decade, fill y'all heart with new hopes, open up new horizons and bring for you promises of brighter tomorrows.

Cheers !!
Prajwol

Basanta said...

साह्रै लोभलाग्दा तस्बीरहरु!
जिन्दगीलाईनै उत्सबको रुपमा लिनुपर्छ भन्छन् ज्ञानीहरु। यसरी सबैले सबैका चाडपर्व र उत्सबहरु मनाउने कुरा यसैले राम्रो हो।

सुजनजी र यो ब्लगका सबै पाठकहरुमा हार्दिक मंगलमय शुभकामना!

Unknown said...

I really late, eventhough Sujan jee, it's really wonderful collection, I really tahnkful to you for sharing us.... keep it up and pay time to regular...

Anonymous said...

वाह ! क्या रहरलाग्दा फोटाहरु । निकै राम्रो रहेछन् । नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको सफल्ताको वर्ष होस् ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼