19 February 2010

बसन्तागमन र आरुबखडाको ‘हानामी’ !

त्यसो त तिथि ऋतुका आधारमा हामीकहाँ वसन्त लागी सकेको छ । तर प्रकृति कसैले बनाएको पात्रो वा क्यालेण्डरको इशारामा नचल्ने भएकोले मानव निर्मीत मौसमका सूचकांकहरुले जे सुकै भने पनि काठमाण्डौमा अझै पनि जाडो नै छ । अनि रुख विरुवाहरु पतझडका जीवीत नमूना बनेर कठ्याङ्रीदै उजाड स्वरुपमा खडा रहेका छन ।

आज आफ्नै वरिपरी हेर्दा वसन्त ऋतु भने पनि रुख विरुवाले भने हिँउद नै चलीरहेको जानकारी दिए।

अनि १-२ क्लिक यही पतझडको लिएँ ।

Fall(घर नजिकैको बुढो खरीको रुख)

Patjhad  (आफ्नै बारिको हलुवाबेदको रुख—पात झरेर नाङ्गिएको छ)

तस्विर खिच्दा खिच्दै अचानक आफ्नै बारीमा रहेको साधारहणतया कसैले राम्ररी ध्यान नदिने आलुबखडाको बोटहरुमा परे।

अरु वनस्पती र वातावरणले जेसुकै भनेपनि आलुबखाडाको रुखले भने वसन्तागमनको यथेष्ट प्रमाण दिईरहेको थियो ।

ढकमक्क फुलेको आलुबखाडाका रुखहरुमा हेर्दा यस्तै रुखहरु लहरै धेरै बएका भए त यहाँ पनि सानोतिनो ‘हानामी’ हुने जस्तो लाग्यो । हेर्नुस है यी आलुबखडाका रुखहरुले कतै साकुराका याद त दिलाउँदैनन ?

Nepali Hanami (आरुबखडाको भए पनि फूल त फूलनै हो नी)

Close up

Alubakhada

Beauty

Spring

अरू यता ...

03 February 2010

आउनुस पनौती मेला भरौं !!

पौराणीक कथन र किंवदन्तीहरुलाई पच्छ्याउने हो भने पनौतीको बाह्र बर्षे मेलाका पछाडि स्वर्गका राजा ईन्द्रले गौतम ऋषि पत्नी अहिल्याको सतित्व हरण गरेको र त्यसको पाप मोचनको लागी १२ सय बर्षसम्म यहाँ रही तपस्या गरेको समेतका आख्यान पाईन्छन। श्रुतीहरुमा कतै कतै पुरै पनौती नगर नै स्वर्गका राजा ईन्द्रले स्थापना गरेको भन्ने समेत पाईन्छ ।

श्रुती र कथनहरुमा जेसुकै भएपनि बाह्र बर्षमा एक पटक लाग्ने पनौतीको मकर मेलामा भने उपत्यका र देशभरबाट श्रद्धालुहरुको संख्या दिनुदिन बढ्दै गएको देखिन्छ । माघे संक्रान्तिबाट सुरु भएर पुरै माघ महिनाभर चल्ने यो मेलामा स्वस्थानी पूर्णिमा पछि भिड केही कम हुने सुनीएकोले म पनि हिजोंको दिन त्यहाँ पुगेकी थिएँ। तर त्यहाँ पुग्दा भिड घट्नुको सट्टा अझै बढ्ने नै क्रममा रहेको देखियो। आजको पोस्टमा त्यहि मकर मेलाका केही दृश्यहरु :

Entrance (झिसमिसेमा पुग्दा पनि भिड जम्मा भईसकेको थियो)

Town (मेलाको तयारीमा सजिएको पनौती)

Panauti (मेलाको रमझम)

Holy bath (मेलमा स्नान गर्दे श्रद्धालुहरु)

Pilgrims (श्रद्धालुहरुको घुँईचो)

Distance view (उचाईबाट एक झलक)

Bird's eye view (पनौती बजार)

Thank you (धन्यबाद !)

अरू यता ...

14 January 2010

हैदराबादको हिउँ ???

म बस्ने शहरमा अहिले पनि तापमान ३२ डिग्रीको हाराहारीमा छ भने गर्मीमा ४३-४४ सम्म पनि पुग्छ । तर यो गर्मीमा पनि हिँउ र बरफमा खेल्ने शौख छ भने त्यो पनि पाईन्छ । यो मेरो अघिल्लो पोष्टमा भए जस्तै कुनै कपास वा अन्य कृतिम हिँउको कुरा भने हैन । चिसो र नरम र सेता हिउँ, जुन बन्नलाई तपामान शुन्य भन्दा तलै जानु पर्छ ।

अघील्लो हप्ता फुर्सदको उपयोग गर्दै म पनि पुगेगी थिएँ त्यही हैदराबादको हिउँ खेल्न । माथी नै भनि सकिएको छ यो कपास वा अन्य सेता हल्का बस्तु प्रयोग गरेर बनाईएको हिउँ भने हैन । बास्तबमा यो कृतिम तरिकाबाट बनाईएको प्राकृतिक हिँउ हो । अर्थात यहाँ रहेको snow theme park को हो जहाँ गर्मी ठाउँ र कहिल्यै हिमपात भएको नदेखेकालागि एउटा विशाल “Indoor- snow theme park” निर्माण गरिएको छ ।

अत्याधुनिक चिस्यान प्रविधि प्रयोग गरेर यहाँ जमिनमा हिँउ मात्रै बनाईन्न, हरेक एक घण्टाको अन्तरालमा एकचोटी कृतिम रुपमा हिँउ पारिन्छ पनि ।

बाहिर तपक्रमबाट एकै चोटी यो चिसो क्षेत्रमा प्रवेश गर्दा शरिर तैयार नभैसकेको हुने हुनाले । टिकट लिएर यो Indoor- snow theme park मा छिरेपछि १० मिनेट जत्ति सबैलाई करिब १० डिग्री तापक्रम रहेको च्याम्बरमा राखिन्छ । त्यो भन्दा पहिला हिँउमा हिँडदा लगाउनु पर्ने ज्याकेट, बुट मोजा आदि दिईन्छ र एकैछीन कम तापक्रममा शरिर अनुकूल भएपछी माईनस ५ डिग्री आसपास तपक्रम हुने गरी बनाईएको मुख्य क्षेत्रमा प्रवेश गराईन्छ ।

आजको पोस्टमा यहि गर्मी ठाउँमा कृतिम तरिकाले बनाईएको प्राकृतिक हिउँको तस्विरहरु

Snow (३२ डिग्री बाट शुन्य डिग्री जाने तयारी)

Preparation(पार्कमै वितरीत न्यानो लुगा लगाएर कम तापक्रमको च्याम्बरमा हिउँसंग भिड्ने तयारी गर्दै)

Real artificial snow (कृतिम हिउँमा रमाउँदै)

Snow volleyball (स्नो भलिबलमा रमाउँदै गर्मि ठाउँका भ्रमणकर्ताहरु)

Playing with snow (कृतिम हिमपात –तस्बिरमा सायद राम्रो संग देखिदैन क्यारे)

Ball (हिउँ संग रमाउदै बालबालिकाहरु)

Snow fall(पानी परेको तस्बिर उतार्नु जस्तै पर्दा पर्दैको हिउँ लाई तस्बिरमा उतार्नु पनि गाह्रो हुने रहेछ)

अरू यता ...

03 January 2010

कोही छ प्रतिस्पर्धी ?

केही समय अगाडि मैले यहि ब्लगमा भारतमा मोबाईल फोनको शुल्क घटाउने होडबाजीको बारेमा एउटा पोस्ट लेखेकी थिएँ । मिनेटको आधारमा हुने कल रेटको बदला प्रति सेकेण्ड १ पैसाको पल्स रेट सुरु गरेर टाटाले भारतको मोबाईल प्रदायकमा शुल्क घटाउने गज्जबको प्रतिस्पर्धा सुरु गर्‍यो ।

लागेको थियो, सायद मोबाईलको शुल्क अब न्यूनतमा बिन्दुमा पुगीसक्यो र त्यो भन्दा तल जान सक्दैन । तर त्यो आंकलन पनि गलत सिद्द भयो जब अर्को प्रदाएक एयरसेलले त्यसको केही समय पछि नै २ सेकेण्डको एक पैसा हुने कल रेट निकाल्यो ।

त्यसको २-३ हप्ता नबित्दै मिनेटको २९ पैसा, तीन मिनेट फोन गरे अर्को तीन मिनेट फ्रि हुँदैं १० पैसा प्रति मिनेट र एक रुपैयाको एक कल तर एक कल बराबर १० मिनेट हुने सेवा समेत निस्केका छन । अब भने यो प्रतिस्पर्धा कहाँ पुग्छ अन्दाज गर्न मुश्किल छ ।

आजकल नयाँ वर्ष र यहाँको ठूलो चाड पोंगलको आगमनका कारण हरेक बस्तु वा सेवामा विभिन्न “अफर” हरु देखिन थालेका छन । आजको पोस्टमा यस्तै केही अनौठो अफरहरु:

Funny offer (क्रिसमस र नयाँ वर्षको उपलक्षमा एउटा कुखुरा किन्दा ४ वटा अण्डा फ्रि Silly)

Buy 2 get 9 free(Buy 1 get 1 free मा अब आकर्षण रहेन--सामान बिकाउनु छ भने यस्तै गर्नु पर्छBig Grin)

Amazing Offer (१ रुपैयाँको सिममा ७ रुपैयाँको टक टाईम, त्यो पनि लाईफ टाईम भ्यालिडिटी र एक सेकेण्डको १ पैसा मात्र—अब हरेक कलको लागि भिन्दै नम्बर किने पनि हुन्छ Laughing)

Offer in Medicine

(त्यसो त औषधिको व्यापारलाई  यदाकदा White Mafia भनेको पनि सुनिन्छ । तर यसरी औषधिमा समेत यस्तो अफर भने मैले देखेको  पहिलो पटक नै हो Confused)

अरू यता ...

27 December 2009

११ क्विन्टलको केक, कपासको हिउँ र नयाँ वर्ष !

संसार साघुँरिएर हो वा काम र ठाम त्यस्तै परेर हो, अघिल्लो ३६५ दिनमा नेपाली, अंग्रेजी, दक्षिण भारतको र चिनियाँ गरी ४ वटा नयाँ बर्ष मनाउने अवसर मिल्यो । लाग्छ आजकल मानिसहरुलाई कुनै वहाना मात्र चाहिन्छ रमाईलो गर्ने ।

एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।

अँ त, यसपाला फेरि क्रिसमस र अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको रमझम र चहलपहल चारैतिर देखिएको छ । यो उल्लासमा मानिसहरु धर्म र संस्कृतिको साँघुरो मानसिकताबाट उठेर रमाईरहेका छन। आजको पोस्टमा यही क्रिसमस र नयाँ बर्षका केही झलकहरु:

Huge Cake (एउटा डिपार्टमेन्ट स्टोरमा राखिएको ११ क्विन्टलको विशाल क्रिसमस केक)

Christmas(हिउँ नपरेसम्म क्रिसमस आए जस्तो नै लाग्दैन)

Christmas tree(क्रिसमस ट्रि नै नराखि झन कसरि क्रिसमस मनाईन्छ र)

Snowfall (बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ ?) 

Reality (राम्रो संग हेर्नुस त यो सबै कपासकै कमाल हो)

Santa (कपासकै हिउँ र पलास्टिककै सान्टाले भए पनि बातावरण क्रिसमसमय बनायो)

Happy New Year To All !

अरू यता ...