त्यसो त भारतबाट सिक्नु नपर्ने र नहुने प्राय: सबै कुरा हामीले सिकीसकेका छौं र सिक्नु पर्ने कुरामा भने हाम्रो ध्यान कहिल्यै गएको छैन भन्दा पनि अत्युक्ति नहोला । मूल कुरा त भारत माने बिहार वा दिल्ली मान्ने सोच र खराब कुराप्रतिको भिन्न आकर्षणले पनि यस्तो भएको हुनसक्छ।
यो हप्तामा म बसेको प्रदेशमा स्थानीय चुनाव सम्पन्न भयो । चुनाव भन्ने बित्तीकै हाम्रो मानसपटलमा प्राय: घर-चोक भित्ता र नगरका पुरै पर्खाललाई मोबिल देखी लिएर थरि थरिका रंग र पर्चा पोष्टरले भर्ने राजनैतिक मेलाको झलक आउँछ । तर यहाँका चोक, गल्ली र भित्तामा कतै कुनै दल वा उमेदवारको ‘नमस्कार’ गर्दै भोट माग्दै गरेको एउटा पोष्टर समेत देखिएन । राज्यले निषेध गरेका कारण हातले बाँडने प्रचार सामाग्री बाहेक कागज र रंगले शहर फोहर पार्ने काम कतै भएन ।
हामी कहाँ पनि कमसेकम चुनावका नारा र भद्दा पर्चा पोष्टर सार्बजनिक भित्ता वा नगरवासीको घरमा टाँस्न नपाईने नीयम बनाएर लागु गरेमा हामीले पनि केही राहत पक्कै पाउँथ्यौं होला ।
अर्को कुरा, चुनावको एक दिन अघि देखि १ दिन पछी सम्म यहाँ मदिरा र मदिराजन्य पदार्थ बेच-बिखन गर्न पनि प्रतिबन्ध गरिदोँरहेछ । हुन त मदिराले नै झगडा-लफडा वा मुठभेड गराउँछ भन्ने कुनै ठोकुवा गर्न सकिन्न तर यसकै कारणले हुने विवाद र र विवादसंगै निम्तने झगडा र तोडफोड भने न्यून हुने कुरा शान्तपूर्ण चुनाव सम्पन्न भएपछि मान्न कर लाग्यो । हुन त यहाँ पनि मदिरा निषेध हुने १ दिन अगाडि मदिरा पसलको भिड हेर्न लायक हुन्छ तर पनि कमसेकम यत्ति मात्रै गर्न सके पनि हामीकहाँ पनि व्यर्थका विवाद र जोशका झगडा घट्दैनथे कि !यो पोस्टमा यसै सम्बन्धि केहि तस्बिरहरु ।
(यो देउसी माग्न होईन भोट माग्न आएका हुन)
(यो पनि बिहेको जन्ति होईन, भोट माग्नेको हुल हो )
(चुनाब प्रसार यसरी नै भयो तर शहरका भित्ताहरु भने सफा नै रहे)