27 June 2009

जगन्नाथ रथ यात्राका केही झलकहरु

हिन्दू धर्मको चार धाम मध्य एक पर्ने एउटा मन्दिर, भारतको उडिसा राज्यको पुरी शहरको जगन्नाथ मन्दिर पनि हो । हरेक बर्ष आषाढ शुक्ल द्वितीया दिनमा यहाँ वार्षिक रथ यात्रा (जात्रा) हुन्छ । उडिसा बाहेक भारतकै गुजरात को अहमदाबादमा पनि निक्कै तामझाम र श्रद्धालुहरुको भिड बिच यो जात्रा हुन्छ ।

Rath 1 (रथ यात्रा शुरु हुनु भन्दा अगाडी सजाईएको रथ)

यसै क्रममा आषाढ शुक्ल द्वितीयाकै दिनमा दिन हामी बस्ने शहरमा पनि यौटा यस्तै रथ यात्राको आयोजना भएको थियो ।आजको पोष्टम त्यसै अबसरमा खिचिएका केहि तस्बिरहरु राख्दैछु ।

Before Rath yatra (रथ भित्रको जगन्नाथ भगवानको मुर्ति-यो मुर्ति निमको काठबाट बनाउने प्रचलन छ)

पुरीमा प्रत्यक बर्ष लाखौंको संख्यामा श्रद्धालुहरु पुग्छन, किनकि यो संसारकै सबैभन्दा पुरानो धार्मिक यात्रा मध्यको एउटा परमपरागत यात्राको कडी  पनि हो, जुन करिव एक हजार बर्ष भन्दा अघि देखी निरन्तर चलिरहेको विश्‍वास गरीन्छ ।

ISKCON (पुजा र किर्तन  हुँदै)

पुरीमा भगवान जगन्नाथ, उनका भ्राता बलभद्र र बहिनी सुभद्रा तीनैलाई भिन्ना भिन्नै भव्य रथमा राखेर करीव दुई किलोमिटर नगर यात्रा गराईन्छ ।

Rangoli (रथ यात्रा शुरु हुनु भन्दा अगाडी बाटोमा बनाईएको शुभ र मंगलको प्रतिक- रङगोली)

यो रथ यात्राको बारेमा भिन्न भिन्न मत भएपनि वास्तबमा अरु बेलामा दर्शन सुलभ हुन नसक्ने सबैले दर्शनको अबसर पाउन र धर्ममा मानिसको विश्वास बर्करार रहोस भनेर नै यस्ता खालका जात्राको आयोजन हुन्छन् भन्दा फरक नपर्ला ।

Balbhadra (गोप-गोपिनीहरुको झाँकी)

पुरी र अहमदाबादको रथ यात्रा जस्तै आजकल भारतको हरेक साना ठुला शहरमा पनि आषाढ महिनामा यस्ता रथ यात्राका आयोजन हुने गरेका छन ।

Balbhadra and  Subhadra

(डान्डीयामा मस्त किसोर-किसोरीहरु)

Rangooli(यहाँ हरेक शुभ कार्यमा यस्ता रंङ्गोलीहरु बनाइन्छ-यो रथ अगाडीको बाटोमा बनाईएको थियो)

Procession

(रथ तान्न एकत्रीत भक्तजनहरुको भिड)

अरू यता ...

21 June 2009

कंक्रिट जंगलमा हराएको सुन्दरता

केहि दिन अघिसम्म काठमाणडौको गर्मीले फेसबुक पनि तातेको थियो । साथीहरुको फेसबुकको मेसेजलाई आधार मान्ने हो भने बिगतका केहि दिन काठमाण्डौमा यो बर्षकै सबैभन्दा गर्मी रह्‍यो ।

Crowd(म बस्ने  घरको छतबाट देखिने कंक्रिट जंगल)

काठमाण्डौंमा नै तापक्रम ३३ डिग्री पुगेको बेलामा दक्षीण भारतमा पारो कति माथी चढ्यो होला सहज अनुमान गर्न सकिन्छ । मनसुन अझै राम्ररी सुरु नभैसकेकोले म बस्ने स्थानमा अझै पनि ४० डिग्रीकै आसपासमा पारो अढेको छ ।

City under clouds(यो चाँहि अलिकता हरियो भएको पट्टी क्यामरा मोडाउँदाको दृष्य)

Concrete Jungle(बादलको घुम्टो मुनि म बस्ने शहर)

गर्मीका कारण खासै काम नपरी बाहिर ननिस्कने भएकोले ब्लगमा राख्‍ने तस्बीर पनि केहि फेला नपरेपछि आफू बस्ने बिल्डिङको माथिबाट कंक्रिट जंगलको तस्विर खिच्न थाँले ।

एपार्टमेण्टको छतबाट वरिपरिको तस्विर निकाल्दै गर्दा अचानक मेरो आखाँ घर नजिकैको एउटा ढकमक्क फूलेको सुन्दर रुखमा पुग्यो ।

Flower (प्रचण्ड गर्मिमा पनि मुस्कुराएको फूलहरु)

प्रकृति आफ्नो रंगमा छपक्कै थियो । मानिसलाई सर्दी, गर्मी हिँउद बर्षातको बहाना र निहु भए पनि फूल भने आफ्नो पूर्णतामा फूलेको थियो । तापमान ४५ नै भए पनि उसले आफ्नो नियम भुलेको थिएन ।

Flower tree (टाढा भएकोले यो भन्दा बढी क्लोज अप गर्न मिलेन )

न उसलाई प्रचण्ड घामले फूल्नको लागि आलस्य दिलाएको थियो न त उग्र गर्मीले नै फक्रनबाट र सौन्दर्य छर्न रोकेको थियो ।

Sunset  (पहाड नहुने ठाँऊमा सु्र्य कंक्रिट जंगलबाट अस्ताउँदै)

अरू यता ...

14 June 2009

ट्याङ्क वण्डको सेरोफेरो

हिजों कामको सिलसिलामा घुम्दा घुम्दै ट्याङ्क वण्डमा पुगेकी थिएँ । ट्याङ्क वण्ड याने हैदरावादको प्रसिद्ध स्थान, ट्याङ्क वण्ड मतलब हुसेन सागर संगैको सुन्दर मार्ग र ट्याङ्क बण्ड मतलब विहान यहाँको स्वास्थ सचेत वर्गको ‘मर्निङ वाक’ र साँझमा शितलताको लागी विचरण गरीने ताल छेउको बाटो ।

Tank Bund Road (हैदराबाद र सिकंन्दराबाद लाई जोड्ने ट्याङ्क वण्ड रोड—दाँया पट्टी हुसेन सागर )

ब्लगमा केहि नराखेको पनि धेरै भएकोले त्यहाको केहि फोटो क्यामरामा कैद गरी हालें र आज त्यहि तस्विरहरु बाँडदै छु ।

Artificial fall (बाटो छेउमा अबस्थित कृतिम झरना)

यो वास्तबमा हैदराबादको हुसेन सागर किनारबाट सिकंन्दराबाद जाने बाटो हो । अँ त, यहाँनेर एउटा कुरा गरी हालौं, हैदराबाद र सिकंन्दराबाद दुईवटा एकदमै नजिकका मात्रै हैन जोडिएकै सहरहरु हुन र यी दुई सहरलाई जुम्लाहा सहर पनि भनिन्छ ।(करिब करिब काठमाडौ र पाटन जस्तै )

Distance View (ट्याङ्क वण्ड रोडको एक छेऊ)

ट्याङ्क बण्ड रोडको एकापट्टी हुसेन सागर ताल पर्छ भने बाटोको अर्को पट्टीको जमिनलाई भने हरियो बगैचा वा पार्कको रुपमा बिकसित गरीएको छ । जहाँ यहाको स्थानिय भाषा,सहित्य, संगीत आदी बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने र ३३ जना सर्जकहरु र योद्धाहरको सालीक लहरै राखिएको छ।

Pengali  Venkayya (बाटो छेउमा अनावरण गरिएको  Pengali  Venkayya को सालिक जसले भारतको राष्ट्रिय झण्डा डिजाईन गरेका थिए।)

M-47 Patton

बाटोको छेउमा राखीएको यो M-47 Patton लडाकु ट्याङ्क पनि एउटा आकर्षणको केन्द्र रहेने गरेको छ । Tank

अरू यता ...

07 June 2009

बादल,वृष्टि र आनन्द

हामी बस्ने स्थानमा गत केहि ह्प्ता देखी ताप-मापक पारा ४० डिग्री भन्दा माथी नै थियो। खबर कागजमा ‘मनसुन’ र ‘अर्ली मनसुन’ का धेरै कुरा भए पनि राम्ररी पानी पर्न सकेको थिएन ।

B4 rain (बर्षातको सुचना दिदै मेघ)

हुन त यहाँको यो दुई महिना विशेष गर्मी हुनेमा गनिन्छ र जुनको अन्तिम हप्ता वा जुलाईबाट बर्षातसंगै तापमान केहि कम हुने गर्छ, तैपनि आज परेको पानीले भने तापक्रमलाई ३-४ डिग्री झारेको छ।

 100_0763 (पानी पर्न थालेपछि बाहिर निस्किन सकिएन यो चाँहि झ्याल बाटै लिईएको फोटो)

आज बिहान देखी नै पानी पर्ने छाँटकाँट देखेकोले आजको ब्लगमा यहि बादल र बर्षातको तस्बिर राख्‍ने बिचार गरेर तस्विर खीच्दै थिएँ । अहिले भने मुसलधार पानी पनि परेको छ। निक्कै दिनको गर्मीले तडपीएको सहरले पनि सायद केहि राहत महशुस गरेको होला अहिले ।

तर पानी परेको यथार्थ तस्बिरमा उतार्न निक्कै गाह्रो हुने रहेछ । आकाश बाट  जतिसुकै पानि परे पनि फोटोमा भने नदेखिए पछि बर्षातको “देखिने तस्बिर” उतार्न म बाहिर निस्किएँ।

 100_0768 (यसमा त पानी परेको देखिन्छ नी !!!) 100_0769 (माथिको मा नदेखिए पनि मुसलधार बर्षात  यसमा भने पक्कै देखिएला)

Kids 2 (खुशिले रमाउँदै केटाकेटीहरु)

अरू यता ...

02 June 2009

आउनुस NTR Garden घुमौं ।

आफ्नो जमानाको अत्यन्त लोकप्रिय कलाकार र त्यसपछि राजनितिमा लागेर आन्ध्र प्रदेशको मुख्यमन्त्री समेत भएका चर्चित व्यक्तित्व NT Rama Rao को स्मृतिमा बनाईएको यो पार्क हैदराबादको मुटुमा अबस्थित हुसेन सागरको किनारमा छ।

 

100_0573 (मुख्य प्रवेश द्वार)

 

करीब ३४ एकड जमिनमा फैलिएको यो पार्कलाई, केटाकेटीको लागी क्रिडास्थल लगाएत फुर्सदको समयमा शहरवासीहरुको मनोरञ्जन केन्दरको रुपमा विकास गरीएको छ ।

100_0576 (आगन्तुक स्वागत गर्दै नन्दि )

 

आजको यो पोष्टमा यहि गार्डेनका केहि तस्वीरहरु राख्दैछु :

 

100_0581 (बाल उद्यान वरिपरिका किरा- फट्याङग्राहरु )

 

100_0582

(यो अर्को भिमकाय फट्याङग्रा  )

 

100_0587 (अनि यो फल घर )

 

100_0631 (यो चाँही जापानीज गार्डेन )

 

100_0638 (यो चाँही मुख्य बगैचा )

 

100_0642 (...र यो ‘मचान ट्रि’ )

अरू यता ...