30 September 2011

काठमाडौँको आकाश खेती !

पुरानो जमानामा ज्योतिष, कर्मकाण्ड लगायतका केही आयको निश्चितता नहुने पेशाहरूलाई “आकाश खेती” भनिन्थ्यो । तर मैले आज चर्चा गर्न लागेको आकाश खेती त्यही पुरानो जमानाको खेती भने होइन। समय बदलिँदै जाँदा अहिले अर्कै अर्थ राख्ने र अर्कै खालको आकाश खेतीको विकास हुन थालेको छ । कुरा अझ प्रष्ट राख्ने हो भने आजकल साँच्ची नै आकाशमै खेती हुन लागेको छ ।

तपाईँले पनि धेरै पटक-धेरै ठाउँमा देखेर याद गरेको वा हेक्का नराखेको पनि हुन सक्छ । तर साँच्चै यो आकाश खेती निकै फैलिएको छ आजकल, त्यो पनि काठमाडौंकै चोक गल्ली र सहर बजार भरी । हो, काठमाडौंको चोक-चोक र गल्ली गल्लीमा आकाशमा खेती गरिन्छ आजकल । यहाँ आकाशमै फलफूल, तरकारी र ताजा फूलको समेत खेती हुन्छ । तपाई यदि विदेशमा समेत नभएको यस्तो प्रविधि नेपालमा कसरी आएछ भनेर सोच्दै हुनुहुन्छ भने तलका तस्बिरहरू हेर्नुस र जान्नुस कसरी हुँदै छ नेपालमा आकाशमा खेती ।

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3784

(यो सुरुवात हो आकाश खेती को - - कुनै एउटा घरबाट निस्केको विरुवा बिस्तारै आकाश तर्फ बढ्दै छ)

100_3782

(ल हेर्नुस, अब यो फोन, बत्ती र केबुल टिभीको सञ्जालबाट फैलिदैँ छHot smile )

100_3764

(अब हेरौँ आकाश खेतीमा लागेको बाली (तारमै लटरम्म फलेका छन् ईसकुसका दानाहरू)

IMG002

(अनि यो 'बम्पर हार्भेस्ट' केबुलको सञ्जालमा घिरौँलाका ताँती)

100_2720

(...र यो आकशमै फूलको खेती पनि Open-mouthed smile )

बढ्दो जनसंख्या र भू-खण्डिकरणको मार अनि महँगीको भारबाट यसले केही त्राण त देला तर कुरो गलत हो है ! कुनैदिन यसैकारण बाट ठुलै दुर्घटना पनि हुनसक्छ । त्यसैले आधुनिक आकाश खेती भने नगरौँ है !

शुभ विजया दशमी !!!

अरू यता ...

08 September 2011

पशुपतिको सेरोफेरो

पशुपति, नेपालीहरूको मात्रै हैन्, संसार भरीकै हिन्दूहरूको आस्थाको केन्द्र । तर नजिकको तीर्थ हेलाँ भन्ने नेपाली उखान सहीमा चरितार्थ हुने हुनाले घरबाट नजिकैको यो तीर्थमा पुग्न पनि साइत वा पर्व जुर्नु पर्छ हामीलाई । यसपाला पनि यस्तै साइत जुररे तीजको समयमा पशुपति पुगेकी थिएँ।

गुगल वा वेबमा खोजेमा पशुपतिको खोजेभन्दा बढी तस्विरहरू भेटिनेछन् । त्यसैले यसपाला पशुपति पुगे पनि पशुपतिको भन्दा पनि ‘वरिपरि’को फोटो लिने सोच भयो । पशुपतिको मूल मन्दिरको तस्बिर नलिइ कुनाकाप्चा र वरिपरिको फोटो लिने क्रममा केही क्लिक गरियो । आजको पोस्टमा पशुपति वरिपरिका तीनै केही तस्बिरहरू:

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3680

(पारीबाट ‘वरिपरि’ हेर्दा यस्तो देखिन्थ्यो—धन्न पानी परिरहेकोले बागमती बगेकै थियो )

100_3682

(मकैका दाना चुभ्न व्यस्त परेवाहरू र तीनलाई रमाएर हेर्दै रहेका केटाकेटीहरू)

100_3756

(जत्ति फोहर भए’नि ‘बागमती’ नै हो भनेर नुहाउँदै--पक्कै घर गएर सबैले फेरि नुहाए होलान Smile)

100_3690

(साधु-सन्यासी र स्वाधीहरूको आफ्नै संसार)

100_3760

(पुण्य कमाउन आएका र पैसा कमाउन बसेकाहरूको भीड)

100_3729

(के गर्ने पेट भर्नै पर्‍यो - - दाना र प्रसाद खोज्दै एउटा अर्को गेरूवावस्त्र धारी सन्यासीLaughing out loud)

अरू यता ...