27 December 2009

११ क्विन्टलको केक, कपासको हिउँ र नयाँ वर्ष !

संसार साघुँरिएर हो वा काम र ठाम त्यस्तै परेर हो, अघिल्लो ३६५ दिनमा नेपाली, अंग्रेजी, दक्षिण भारतको र चिनियाँ गरी ४ वटा नयाँ बर्ष मनाउने अवसर मिल्यो । लाग्छ आजकल मानिसहरुलाई कुनै वहाना मात्र चाहिन्छ रमाईलो गर्ने ।

एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।

अँ त, यसपाला फेरि क्रिसमस र अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको रमझम र चहलपहल चारैतिर देखिएको छ । यो उल्लासमा मानिसहरु धर्म र संस्कृतिको साँघुरो मानसिकताबाट उठेर रमाईरहेका छन। आजको पोस्टमा यही क्रिसमस र नयाँ बर्षका केही झलकहरु:

Huge Cake (एउटा डिपार्टमेन्ट स्टोरमा राखिएको ११ क्विन्टलको विशाल क्रिसमस केक)

Christmas(हिउँ नपरेसम्म क्रिसमस आए जस्तो नै लाग्दैन)

Christmas tree(क्रिसमस ट्रि नै नराखि झन कसरि क्रिसमस मनाईन्छ र)

Snowfall (बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ ?) 

Reality (राम्रो संग हेर्नुस त यो सबै कपासकै कमाल हो)

Santa (कपासकै हिउँ र पलास्टिककै सान्टाले भए पनि बातावरण क्रिसमसमय बनायो)

Happy New Year To All !

अरू यता ...

16 December 2009

खोजी हिन्दी पत्रिकाको !!

भारत भन्ने बित्तीकै हामीलाई प्राय: दिल्लीको याद आउला वा सानै बेला देखि हेर्ने गरेको हिन्दी चलचित्रका कारण मुम्बई वा हिन्दी भाषाको याद आउला ।

भारत बारेको यो आम धारणा साधारण नेपालीहरुलाई भन्दा नेपालका राजनैतिक नेतामा झनै बढी देखिन्छ ।

पहिला पहिला भारतीय मिडियासंग अन्तर्वातामा मात्रै हिन्दीमा बोल्ने हाम्रा नेताहरु आजकल देशको मानाखाने उपल्लो तहको सरकारी बागडोर सम्हाल्ने सपथमा समेत हिन्दी बोल्छन ।

२००१ को तथ्याकंलाई मान्ने हो भने पुरै भारतमा हिन्दी बोल्नेको संख्या करिब ४०% को हाराहारीमा छ (लेख्न सक्नेको संख्या अझै कम हुन सक्छ)।

हिजों कामको सिलसिलामा बाहिर निस्कदाँ केही पत्रिका पसलमा आँखा गयो । यहाँक पत्रिका पसलमा प्राय: हिन्दी भाषाका पत्रिका भेटन मुश्किल हुन्छ। कुनै कुनै पसलमा भेटिए पनि एउटा भन्दा दुईवटाको आश नगरे पनि हुन्छ ।

आन्ध्र प्रदेशबाट तेलंगाना हुने क्रममा रहेको म बस्ने प्रदेशमा सामान्य बोलीचालीको लागि हिन्दी बोलेर पनि करिब करिब टर्छ भन्दा हुन्छ । तर पत्रिका वा म्यागाजिनपढ्नु छ भने चाही खोजि गर्दै हिँडनु नै पर्छ ।आजको पोष्टमा पत्रिका पसलहरुका केही झलक(खोज्नुस त तपाँईले कति वटा हिन्दी पत्रिका वा म्यागजीन भेट्नु हुन्छ यि तस्विरहरुमा ।

News papers (यहाँ प्राय: स्थानिय भाषाकै पत्रिकाहरु बढि चल्छन्)

Paper stand (यो अर्को पसलको तस्विर-- यहाँ पनि हिन्दी पत्रिका दुर्लभ वन्यजन्तु जस्तै छ)

No Hindi (हिन्दीकै म्यागजीन खोज्नु त झनै महाभारत हुन्छ)

papers and magazines (धन्न यो लहरमा त एउटा हिन्दी पत्रिका भेटियो)

अरू यता ...

07 December 2009

लौ यहाँ पनि बन्द !!

म बस्ने प्रदेश (आन्ध्र प्रदेश) मा केही दिन देखी छुट्टै तेलंगाना राज्यको लागि आन्दोलन र तोडफोड चलिरहेको छ । प्रभावित क्षेत्रहरुमा स्कुल-कलेज करिब हप्ता दिन देखी बन्द छन । सायद म यता आएपछिको पहिलो “सशक्त आन्दोलन” होला यो, किनकी बिगतका तीन बर्षमा छीटपुट घटना बाहेक निषेधआज्ञा नै लागु गर्नु पर्ने गरी पुरै शहर बन्द भएको मलाई थाहा छैन ।

शहरका केही व्यस्त र प्रमुख स्थानमा केही दिन अगाडि देखी नै आगजनी, तोडफोड र मुठभेड चलीरहेकोले आवश्यक नै नपरी बाहिर ननिस्केको पनि करिब हप्ता दिन हुन लाग्यो ।

आज कार्यालयको जरुरी कामको सिलसिलामा बैंक सम्म नगै नहुने भएकोले हैदराबादको प्रमुख स्थान मानिने अबिड्स सम्म गएकी थिएँ । सार्बजनिक बस र निजी गाडीहरु सडकमा छँदै थिएनन् भने सिमीत रुपमा चलेका ‘अटो’ ले मुश्किलले मानिसहरुको भार धानेका थिए ।

तर अचम्म हुने रहेछ यहाँको चलन, बन्द भनेपछि सरकारी बैंक पनि बन्द रहेछ आज । जे होस आफू जुन कामकोलागि हिँडेको सो काम नभए पनि अत्यन्तै व्यस्त हुने र अरु दिनमा बाटो काट्नलाई दश मिनेटसम्म लाग्ने केही स्थानको तस्विर भने उतारें।

आजको पोस्टमा यिनै तस्विरहरु:

Road(हिजो बन्दको क्रममा एउटा होटेलमा आगो लगाईए पछि आज अधिकाशं पसलहरु बन्द छन् )

Bandh (अबिड्सको ब्यस्त सडक-जहाँ अरु बेला बाटो काट्न निकै हम्मे पर्थ्यो )

Bandh 1

(केही हिम्मतिला मोटरसाइकल चालकहरु)

Empty street

(अस्ति एउटा निजी बाहन जलाईएपछि बाटोमा निजी बाहन एकदम कम गुडेका छन् )

अरू यता ...

26 November 2009

फोहरी राजनीति र सफा चुनाव !

त्यसो त भारतबाट सिक्नु नपर्ने र नहुने प्राय: सबै कुरा हामीले सिकीसकेका छौं र सिक्नु पर्ने कुरामा भने हाम्रो ध्यान कहिल्यै गएको छैन भन्दा पनि अत्युक्ति नहोला । मूल कुरा त भारत माने बिहार वा दिल्ली मान्ने सोच र खराब कुराप्रतिको भिन्न आकर्षणले पनि यस्तो भएको हुनसक्छ।

यो हप्तामा म बसेको प्रदेशमा स्थानीय चुनाव सम्पन्न भयो । चुनाव भन्ने बित्तीकै हाम्रो मानसपटलमा प्राय: घर-चोक भित्ता र नगरका पुरै पर्खाललाई मोबिल देखी लिएर थरि थरिका रंग र पर्चा पोष्टरले भर्ने राजनैतिक मेलाको झलक आउँछ । तर यहाँका चोक, गल्ली र भित्तामा कतै कुनै दल वा उमेदवारको ‘नमस्कार’ गर्दै भोट माग्दै गरेको एउटा पोष्टर समेत देखिएन । राज्यले निषेध गरेका कारण हातले बाँडने प्रचार सामाग्री बाहेक कागज र रंगले शहर फोहर पार्ने काम कतै भएन ।

हामी कहाँ पनि कमसेकम चुनावका नारा र भद्दा पर्चा पोष्टर सार्बजनिक भित्ता वा नगरवासीको घरमा टाँस्न नपाईने नीयम बनाएर लागु गरेमा हामीले पनि केही राहत पक्कै पाउँथ्यौं होला ।

अर्को कुरा,  चुनावको एक दिन अघि देखि १ दिन पछी सम्म यहाँ मदिरा र मदिराजन्य पदार्थ बेच-बिखन गर्न पनि प्रतिबन्ध गरिदोँरहेछ । हुन त मदिराले नै झगडा-लफडा वा मुठभेड गराउँछ भन्ने कुनै ठोकुवा गर्न सकिन्न तर यसकै कारणले हुने विवाद र र विवादसंगै निम्तने झगडा र तोडफोड भने न्यून हुने कुरा शान्तपूर्ण चुनाव सम्पन्न भएपछि मान्न कर लाग्यो । हुन त यहाँ पनि मदिरा निषेध हुने १ दिन अगाडि मदिरा पसलको भिड हेर्न लायक हुन्छ तर पनि कमसेकम यत्ति मात्रै गर्न सके पनि हामीकहाँ पनि व्यर्थका विवाद र जोशका झगडा घट्दैनथे कि !यो पोस्टमा यसै सम्बन्धि केहि तस्बिरहरु ।

Drum (यो देउसी माग्न होईन भोट माग्न आएका हुन)

Election (यो पनि बिहेको जन्ति होईन, भोट माग्नेको हुल हो )

Rally (चुनाब प्रसार यसरी नै भयो तर शहरका भित्ताहरु भने सफा नै रहे)

Bar(चुनाब अवधिभर झगडाको बिउ बेच्ने पसल यसरी नै बन्द रह्यो)

अरू यता ...

16 November 2009

सडक साहित्य-- ट्रक साहित्य

"माता पिताको आशिर्वाद", "मनकामना माईले रक्षा गरुन", "बुरी नजर वाले तेरा मुह काला"।हाम्रा राजमार्गमा कुद्ने गाडीहरुको पछाडी सबैभन्दा बढि लेखिएका उद्दरणहरु सायद यिनै तीन होलान्। ती बाहेक "फेरी भेटौला", "बुद्दम् शरणम गच्छामी" र कहिलेकाही नेपाली तथा हिन्दिका केहि चोटीला मुक्तक तथा शायरीहरु पनि गाडिका अग्र तथा पछाडी भागमा बेला बेलामा देख्न देखिन्छन् ।

केही समय अगाडि एकजना भारतीय लेखकले गाडीका पछाडी लेखिएका यस्तै रमाईला उद्दरण, शायरी र नाराहरुको संकलन गरेर एउटा पुस्तकनै तयार पारेको खबर पनि आएको थियो। यस्तै गाडीका पछाडी लेखिएकै उद्दरणलाई चलचित्रको शिर्षक बनाएर निर्माण गरिएको एउटा बलिउड चलचित्र "Singh Is Kiing" पनि निकै लोकप्रिय रहेको थियो।

गत हप्ता कार्यालय बाट फर्कदै गर्दा एउटा गाडीको पछाडी यस्तै एउटा चोटिलो वाक्य देखे पछि साथमा भएको मोबाईल फोन बाट त्यसको फोटो उतारेको थिएँ। सो यहाँहरु समक्ष बाँड्दै छु ।

Tata

(दम है तो क्रस कर नही तो बरदास्त कर )

Horn Please

यस बाहेक मैले गाडिको पछाडी पढेको केही रोचक टुक्काहरु :


वह किताब क्या किताब, जिसका कोही कवर नही
वह लड्की क्या लड्की, जिसका कोही लभर नही

लड्कीको मत छेड, छेडना पाप होगा
तु भी तो एक दिन, लड्की का बाप होगा

आना फ्री, जाना फ्री
पकडे गए तो, खाना फ्री

दोस्ती पक्कि, मगर
खर्चा अपना अपना

जड्यालाई खोज्ने केवल दुईवटा ठेगाना
या त भट्टीमा या पुलिसको थाना

चाँदनी रात बिती जारही हे
उल्लुकी पट्ठी तु कब आरही है

अरू यता ...

05 November 2009

प्रतिस्पर्धाको यो रुप !!

केही समय पहिले सहयात्री ब्लगर आकारजीको बल्गमा एउटा पोष्ट पढेकी थिएँ । कुरा सानो जस्तो देखिए पनि नेपालका प्रिपेड मोबाईलो रिचार्च कार्ड किन्दा उपभओक्ताहरु ठगिने बारेमा थियो त्यो पोष्ट ।

केही प्रतिस्पर्धाको कमी र केही भने उपभोक्ताकै कमजोरीका कारण हामीकहाँ सानो- ठुलो जे रुपमा भएपनि उपभोक्ता ठगीने क्रम जारी छ ।

हिजों, कार्यालयबाट फर्कदैं गर्दा बाटोमा एउटा विज्ञापनमा आँखा पुग्यो र यसैलाई आजको पोष्टमा उतारेको छु ।

म नेपालमै छँदा भारतीय टेलिभीजनमा पहिलोपल्ट ६ महिनासम्म “ईनकमिङ फ्री” भएका मोबाईलका विज्ञापन देखिन्थे । पछि यहाँ आउँदा, २ बर्षे फ्री, ३ बर्षे फ्री हुँदै पाँच बर्षे र अनि “लाईफ टाईम फ्रि” सिम बिक्न थाले ।

सुरुमा करिब १५०० मा लाईफ टाईम फ्रि पाईन्थ्यो भने पछि त्यो रकम ९९९ मा झर्‍यो। त्यसपछि धेरै सम्म ४९९ मा पाईन्थ्यो ।

हालै केही टेलिकम कम्पनीले फोनको कल रेट १ सेकेण्डको १ पैसामा गणना गर्ने गरी मिनेटको हिसाबमा हैन सेकेण्डको हिसाबमा पैसा तिर्ने गरी नयाँ अफर ल्याए पछि यहाँ कम्पनीहरु बीच सिम बिकाउन झन नयाँ नयाँ तरिकाको जोड चल्दै छ ।

दसैं-तिहार ताका यहाँ एउटा सिम किन्दा अर्को फ्री र ३०० मा, २०० मा गर्दै १०० रुपैयामा समेत सिम बिके । त्यसपछि २५ रुपैयामा सिम र सो सिममा १० रुपैयाको ‘टक-टाईम” भइको लाईफ टाईम ईनकमिङ फ्रि पनि बजारमा देखीएको हो ।

तर हाल भने यस्तो विज्ञापन छ:

हेरौं अब यो भन्दा कममा जाने वा अर्कै “अफर” निकाल्ने कुनै अर्को कम्पनी पनि निक्लन्छ कि ?

Vodafone

(१ रुपैयाँमा लाईफ टाईम फ्रि सिम, त्यसमा रु १० को फ्रि टक टाईम !!!)

Sim card

(यो भन्दा पनि घट्ने ठाँउ छ होला त ?)

अरू यता ...

24 October 2009

स्वयम्भू, शान्ति र सौन्दर्य !!

काठमाण्डौंको भिडभाडबाट धेरै टाढा पनि नगैकन शान्तिको पनि अनुभव गर्ने हो भने मेरो मनमा प्राय: २-३ वटा ठाउँको मात्रै नाम आउँछ । ती २-३ नाममा पनि पहिलो नाम भने स्वयभूकै आउँछ ।

उचाईमा भएको, भिड कम हुने र केही रहश्यमय समेत लाग्ने यो स्थानको बारेमा धेरै लेखीई सकेका छन र त्यस बारेमा केही थपघट गर्ने स्थान पनि सायदै होला ।

यसपाला दसैंको बिदामा घर जाँदा, केही छिनकोलागि त्यहाँ पुगेको थिएँ । यो पोष्टमा उही विश्वबिख्यात स्वयम्भू वरपरका केही तस्विरहरु राख्दैछु ।

(नोट: तस्विर ठूलो पारेर हेर्न  तलका कुनै पनि तस्विरमा क्लिक गर्नु होला-तस्विर आफैं अर्को ट्याबमा खुल्ने छ)

Swayambhu (भगवान पाउको मुख्य प्रवेश द्वार)

Swayambhu (2) (शान्तिका प्रतिक गौतम बुद्भ)

Swayambhu (1) (साना चैत्यहरु)

Swayambhu (3) (तिर्थमा मूर्तिको मात्र होईन मार्गको पनि त्यतिकै महत्व हुन्छ)

Swayambhu (4)(माथि पुग्ने बेलाको ध्यानस्थ बुद्ध)

Swayambhu (5) (हारती माताको मन्दिर पछाडि बाट देखिने दृश्य)

Swayambhu (9) (स्वयम्भू माथि बाट देखिने अव्यवस्थित बस्ती—इन्द्रेणी र धरहरा खोज्ने जिम्मा तपाँईहरु कै)

Swayambhu (6) (अलिकता क्लोजअप)

Swayambhu (7)(दक्षिण-पश्चिम मोहडा बाट एक दृश्य)

Swayambhu (8) (केही वर्ष अघि चक्रपथ तर्फ स्थापना गरिएको ६७ फिट अग्लो भगवान बुद्धको प्रतिमा)

(यी तस्विरहरुमा तपाईले पहिला पहिला हेरेको भन्दा केही भिन्नता पक्कै पाउनु भयो होला। के हो त त्यो भिन्नता ?)

अरू यता ...

15 October 2009

तमसोमा ज्योतिर्गमय !!

दिपावलीको हार्दिक मंगलमय शुभकामना !!!

      Tamaso ma माता लक्ष्मीले सबैलाई धनधान्यले पुर्ण गराउन!!

अरू यता ...

07 October 2009

दक्षिण भारतको दसैं

दसैं आयो, मनाईयो र सक्की पनि सक्यो । दक्षिण भारतमा दसैं खासै मनाईदैन वा अझ प्रष्ट भएर भन्दा यहाँ दसैंको कुनै रौनक नै देखिदैन भन्दा पनि फरक पर्दैन । हुन त उत्तर भारतमै पनि दसैंको रौनक पश्चिम बंगालमा ‘दुर्गा पूजा’का नामले केहि देखिए पनि हामीकहाँ जस्तो रमाईलो वातावरण भने भारतमा कतै देखेको छैन मैले ।

महा अष्टमीको दिन एकदिन पूजा गर्ने र छुट्टी मनाउने बाहेक दक्षिण भारतमा देखिने दसैं आगमनको संकेत वा चिन्ह भनेको नवरात्री सुरु हुने दिन देखि ठाउँ-ठाउँमा राखिने देवीको पाण्डाल नै हो ।

गणपति महोत्सव वा गणेश चतुर्थीको जस्तो गुणात्मक र संख्यात्मक दुबै हिसाबमा भब्य र धेरै नभए पनि नवरात्री भर यहाँका चोक चोकमा पाण्डाल खडा गरेर देवीको विभिन्न मूर्तिहरु स्थापना गरिन्छ । नवरात्रीको समापन पछि यी सबै मूर्तिहरु पनि विसर्जन गरिन्छ। आजको पोष्टमा म बस्ने ठाउँ वरिपरि नवरात्रीको समयमा राखीएका पाण्डाल र देवीका मूर्तिहरुका केही झलक:

Green Durga (यो घर नजिकैको  पाण्डालमा स्थापना गरिएको देवीको मूर्ति)

Pandal (मुर्ति स्थापना गर्न कपडा र बाँसको प्रयोग गरेर बनाईएको पाण्डाल)

Pink Durga (पाण्डाल भित्र स्थापित मुर्ति)

Red Durga (माटो बाट बनाईएको एक अस्थाई मुर्ति)

Trisul Devi (सिंह बाहिनी भगवती)

Pandal 1 (र यो अर्को झिलीमिली सजाईएको पाण्डाल)

अरू यता ...

19 September 2009

या देवी सर्वभूतेषु…

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।
या देवी सर्वभूतेषु लक्ष्मी रूपेण संस्थिता। नमस्तस्यै, नमस्तस्यै, नमस्तस्यै नमो नम:।।

Greetings

 विजया दशमी २०६६ को सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामना !!

अरू यता ...

15 September 2009

फूल, पात र दसैंको आगमन

अलिकता कार्य व्यस्तता र अलिकता अल्छीपनाले गर्दा यो पुरै हप्तामा ब्लगलाई खासै समय दिन सकिन । ब्लग अपडेट नगरेको केही समय भएको र केही समय पछी फेरि घरतिर जाने कार्यक्रम रहेकोले ब्लग अपडेट गर्न झनै समय नमिल्ला जस्तो लागेकोले अहिलेलाई बीचमा यता उता गर्दा बाटो पर्ने ठाउँमा खिचेको केही फूल-पातका तस्विरहरु राख्दैछु ।

आलु खनिसकेपछि उब्रेका सिला जस्तै यि तस्विरहरु पनि कुनै एक निश्चित स्थान वा समयका भने हैनन् ।

flower (8) (यो फूलसंगै सबैमा विजया दशमीको अग्रीम शुभकामना पनि है !)

flower (1) (ढकमक्क फूलेका फूलहरु—नाम थाहा नभएपनि मन परेर यस्को फोटो लिएकी थिएँ)

flower (17) (यो सायद शहरको कुनै पार्कमा लिएको तस्विर हो—बेनामी फूलकोOpen-mouthed)

flower (3) (जे भएपनि यी फूलहरुले दसैंको आगमनको सूचना दिएको जस्तो छैन त ?)

flower(यो चाही म काम गर्ने कार्यालयको प्रांगणमा हिजो मात्रै खिचेको)

 

अरू यता ...

07 September 2009

आकाशका रंगहरु …

“आकाशको रंग निलो हुन्छ” वा “आकाश निलो हुन्छ”-- हामीले सानै देखी सुन्दै आएको कुरा यही हो । जे होस, ‘क’ बाट कछुवा र ‘ख’ बाट खरायो बने जस्तै हामी प्राय: बादललाई कालो र सेतो अनि आकाशलाई निलो हुनुको दर्जा दिन्छौं । तर जसरी ‘क’ बाट कछुवा मात्रै नभै कलम, कलश वा कसौंडी पनि बन्छ, आकाश पनि आफ्नो मनखुशीमा कहिले नीलो, कहिले कालो, कहिले रातो त कहिले एकै समयमा विभिन्न रंगमा देखिने रहेछ ।

गएको तीन दिन जत्ती म बस्ने शहरको आकाश आफ्नै मस्तीमा थियो, अनि उसले बादल र मौसमको साथमा आफ्नो भिन्न भिन्न रंग रुपहरु देखाएर मलाई आकाश निलो मात्रै हैन प्रकृतिले जस्तो चाह्यो त्यस्तै हुन्छ भन्ने प्रमाणीत गरीदियो । आजको यो पोष्टमा आकाशका यिनै भिन्न भिन्न रंगहरु बाँढ्दै छु ।

यि सबै तस्विरहरु गएको तीन दिनको बीचमा एकै दिशा र सकेसम्म एउटै कोणबाट लिईएका हुन ।

Morning Sky(बिहान देखिएको सेतो बादलले ढाकिएको आकाश)

Afternoon (मध्यान्नको चम्किलो निलो आकाश)

Evening 1 (दिन ढल्दै जाँदा आकाश पनि रंग बद्ल्दै छ)

Evening (साँझ पर्दा पर्देको सुनौलो आकाश)

Evening (5) (यो आकाशको अर्को रंग)

Evening (6) (इन्द्रेणीको सबै रंग सायद यसमै छ)

Evening (7) (सुर्य अस्ताउनै लाग्दाको बहुरंगी आकाश)

Evening (8)(सन्धिको आकाश)

अरू यता ...