30 September 2011

काठमाडौँको आकाश खेती !

पुरानो जमानामा ज्योतिष, कर्मकाण्ड लगायतका केही आयको निश्चितता नहुने पेशाहरूलाई “आकाश खेती” भनिन्थ्यो । तर मैले आज चर्चा गर्न लागेको आकाश खेती त्यही पुरानो जमानाको खेती भने होइन। समय बदलिँदै जाँदा अहिले अर्कै अर्थ राख्ने र अर्कै खालको आकाश खेतीको विकास हुन थालेको छ । कुरा अझ प्रष्ट राख्ने हो भने आजकल साँच्ची नै आकाशमै खेती हुन लागेको छ ।

तपाईँले पनि धेरै पटक-धेरै ठाउँमा देखेर याद गरेको वा हेक्का नराखेको पनि हुन सक्छ । तर साँच्चै यो आकाश खेती निकै फैलिएको छ आजकल, त्यो पनि काठमाडौंकै चोक गल्ली र सहर बजार भरी । हो, काठमाडौंको चोक-चोक र गल्ली गल्लीमा आकाशमा खेती गरिन्छ आजकल । यहाँ आकाशमै फलफूल, तरकारी र ताजा फूलको समेत खेती हुन्छ । तपाई यदि विदेशमा समेत नभएको यस्तो प्रविधि नेपालमा कसरी आएछ भनेर सोच्दै हुनुहुन्छ भने तलका तस्बिरहरू हेर्नुस र जान्नुस कसरी हुँदै छ नेपालमा आकाशमा खेती ।

(तस्बिर ठूलो पारेर हेर्न कुनैपनि तस्बिर मै क्लिक गर्नु होला । तस्बिर आफैं नयाँ पेज वा ट्याबमा खुल्ने छ )

100_3784

(यो सुरुवात हो आकाश खेती को - - कुनै एउटा घरबाट निस्केको विरुवा बिस्तारै आकाश तर्फ बढ्दै छ)

100_3782

(ल हेर्नुस, अब यो फोन, बत्ती र केबुल टिभीको सञ्जालबाट फैलिदैँ छHot smile )

100_3764

(अब हेरौँ आकाश खेतीमा लागेको बाली (तारमै लटरम्म फलेका छन् ईसकुसका दानाहरू)

IMG002

(अनि यो 'बम्पर हार्भेस्ट' केबुलको सञ्जालमा घिरौँलाका ताँती)

100_2720

(...र यो आकशमै फूलको खेती पनि Open-mouthed smile )

बढ्दो जनसंख्या र भू-खण्डिकरणको मार अनि महँगीको भारबाट यसले केही त्राण त देला तर कुरो गलत हो है ! कुनैदिन यसैकारण बाट ठुलै दुर्घटना पनि हुनसक्छ । त्यसैले आधुनिक आकाश खेती भने नगरौँ है !

शुभ विजया दशमी !!!

12 Comments:

Aakar said...

आकाश को खेती को बारेमा खासै भन्नुछैन, हेर्नुपर्ने ले आँखा चिम्लिएकाछन् !
दशैँ को शुभकामना !

Ddus said...

शुभ विजया दशमी , तर यि अाकासे फल हरू कसरी टिप्नु ?

Jotare Dhaiba said...

नयाँ विषयको उठान गर्नुभयो । सुरुमा पोस्टको शीर्षक झुलुक्क हेर्दा त दसैंको मुखमा भएको वर्षा र आकाशे पानी संकलनको कुरा गर्नुभएछ कि जस्तो लागेको थियो । देखिराखेको तर उति हेक्का नराखेको कुरा परेछ । तस्विरहरू ताजा छन् ।

अन्त्यमा, सपरिवारमा बडादसैंको शुभकामना भाउजू !

लक्ष्मण गुरुङ ' LaKshMaN ' said...

साधरण सधै देखीरहेको विषय बस्तुलाइ सारै मिठो गरेर पस्कनु भो धन्यवाद! बडा दशैंको धेरै धेरै शुभकामना तपाइ लाइ।

Sudeep Acharya said...

herda pheri ta Tare kheti jasto xa ni

प्रकाश समीर said...

यो शहरी "भेजिटेबल नेटवर्क" लाई सुन्दर फोटोहरु सहित प्रस्तुत गर्नु भएको राम्रो लाग्यो! खतरनाक यो आकाशे खेती गर्नेहरुलाई बेलैमा चेत खुले हुन्थ्यो।

विजया दशमीको शुभकामना !!

Chaitanya said...

आकाश खेतीले बित्याँस नपारोस !
बिजया दशमीको शुभकामना छ है यहाँलाई !

buddhabani said...

sho nice pice i like this

buddhabani said...

तपाईको यो ब्लगले मेरो मन सारै नै छोयो । तपाईको यो कार्य तथा नविन जिवनको लागी आगामी दिनमा सफलताको पाईलाहरुले छुदै जाहोस भनी सुभकामना छ । krishnanews1@gmail.com

दूर्जेय चेतना said...

भुईँ तिर पानि पाईन्न क्यारे, उतै आकाश तिरै झ्याप हान्न सकिन्छकि भनेर हो ला है सुजन जी यो आकाश तिरै बढेको।
मलाई याद छ, थुप्रै घिरौला र लौका आकाश तिर फलेको।। ठिलै भए पनि शुभकामना है हजुरहरुलाई

Kedar Nath Nyaupane said...

Very good article pointing possible accident also. I could not find the contact link so I am writing some thing not related to the above article - Sorry for this. I would like to thank you very much for putting the link to तिथी सहितको नेपाली क्यालेण्डर. I have changed layout of the site so I kindly request you to link to http://www.rishiram.org/nepali-calendar.html - Kedar Nath Nyaupane

दूर्जेय चेतना said...

म त हजुर हराउनु भो कि भनेर खोज्दै आईपुगेको। हेहे

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼