स्कुल पढ्ने बेलामा इतिहास पढ्दा लिक्षवी काललाई नेपालको ‘स्वर्ण युग’ भनेको देख्दा अलि अचम्म लाग्थ्यो । त्यति बेला के नै थियो होला र त्यसलाई स्वर्ण युग भनियो होला भनेर । लाग्थ्यो, अहिलेको समय नै त्यो समय भन्दा विकसित र आराम पूर्ण छ र हामी कुनै पनि ऐतिहासिक कालखण्डमा भन्दा अहिलेको समयमा बढी सुविधा सम्पन्न छौँ । इतिहासमै फेरि मल्ल काललाई पनि ‘सम्पन्न’ भनेको देख्दा पनि बेमेल झैँ लाग्थ्यो ।
केही समय अगाडि उपत्यकाको विभिन्न स्थानमा रहेका ढुङ्गेधाराहरू देख्दा लाग्यो, हो अहिलेको युग भन्दा पुरानो समय नै स्वर्णीम थियो र अहिलेको नेताहरू भन्दा ढुङ्गे युगका नेतृत्व नै बढी सक्षम र कुशल थिए ।
सैयौ-हजारौँ वर्ष अगाडि बनाइएका कैयौँ ढुङ्गेधाराहरूको हालको दशा देखेर लाग्यो अहिलेको नेतृत्व मात्रै नालायक हैन्, तात्कालिन ‘रैती’ भन्दा पनि हामी आजका ‘नागरिक’ पनि अझै गए-गुज्रेका छौँ । ब्लग नै लेख्न भनेर उपत्यकाको सबै ठाउँ चहारेर त हिँडिन, तर बेला बखत बाटो पर्दा पुगेको ठाउँमा रहेका ढुङ्गेधाराहरूको बिजोगको तस्विर भने उतारेको छु । अधिकांश स्थानमा पुर्खाले बनाइ दिएका यस्ता ढुङ्गेधाराको दयनीय हालत छ र ढुङ्गेयुगका ती विरासत अहिले ‘धारा’ हैन ‘ढुङ्गा’मा मात्रै सिमीत भएका छन् । आजको पोस्टमा यस्तै केही ढुङ्गेधाराहरू:
(फोटो ठूलो पारेर हेर्न कुनै पनि फोटोमा क्लिक गर्नुहोला - - फोटो आफैँ ठूलो आकारमा अर्को पेजमा खुल्नेछ)
(यो काठमाण्डौको प्रसिध्द सुनधारा - - ‘सुन’ त यहाँ पहिले देखि नै थिएन अब पानी नआउने भएकोले ‘धारा’ पनि रहेन)
(अनि यो आफ्नै घर नजिकको सत्यनारायण मन्दिर नेरको ढुंङ्गेधारा – यहाँ पनि पानी नबगेको धेरै भइसक्यो ।)
(हाँडिगाउँ कै यो अर्को ढुङ्गेधारा – विस्तारै खण्डहर हुँदै छ यो पनि)
(धोविधाराको यो अर्को सुख्खा धारा—धन्न यहाँ फोहर थुपारिएको भने छैन्)
(धुम्रबराह (धुमबाराही) नेरको अर्को सुख्खा धारा—पानी नआउने धारा यत्ति सफा देखिनु पनि अचम्म नै हुन्छ आजकल :)
(धोवीधारा कै यो अर्को फोहर धारा, यहाँ पानी हैन, ढुङ्गेधारा खोज्न पनि मुश्किल पर्छ)
बल्ल बल्ल जयवागेश्वरीमा एउटा पानी आउने धारा देखियो - - तर त्यहाँसम्म पुग्न पौडेर जानुपर्ने स्थिति थियो)
(यो धाराको बिजोग मात्रै हैन्, यसले हाम्रो वौद्धिकता र सामाजिक उत्तरदायित्वलाई पनि झल्काउँछ )
(धन्न पाटन दरवार क्षेत्रमा एउटा पानी आउने धारा पनि भेटियो – पानी थाप्न राखिएको भाँडाहरूको दोहोरो लामले यहाँ पानी आउँदो रैछ भन्ने प्रमाणित गर्थ्यो)
अन्तमा लाग्यो ढुङ्गेधाराहरू ढुङ्गेयुगमा हैन्, स्वर्णीम युगमा नै बनेका रहेछन्। बरू ती विरासतलाई सम्हालेर राख्न नसक्ने हामीमा नै कतै ढुङ्गेयुकका मानसिकता त छैन ?
11 Comments:
जानकारीको लागि धन्यबाद , ओझेलमा परेका हाम्रा पुर्खाले बनाएका यस्ता ढुङ्गेधाराको दयनीय हालत देख्दा साह्रै मन दुख्यो । यस्तै यस्तै लेखहरु अझै पढ्ने आशमा.....
बर्बाद नै पो छ ! मैले सनेपा अनि पाटनमा मात्र पानी आउने र सफा ढुङ्गेधारा देखेको छु ! सायद त्यो बेला नै स्वर्णीम युग थियो !
पाटनको धुंगेधारा चाहि अरुभन्दा अलि सफा लाग्यो । सबै फोटाहरु स्थान, परिवेशका प्रतिनिधि मात्र हुन् । धाराहरुको संस्कृति निक्कै गहिरो छ । फोटाहरुको लागि धन्यवाद ।
केहि सचेत मान्छेलाई मात्र देश दुखेर प्रयाप्त हुँदो रैनछ आम
नागरिकलाई देश दुख्नु पर्ने हो आफ्नै आँगनको दुर्दशा भए झैँ
लाग्नु पर्ने हो -- यसो हुन नागरिकलाई अनुशासन सिकाउने र अनुशासनमा राख्ने 'सबल सरकार / राज्य ' हुनै पर्छ .
राम्रो काम, पुर्खाले दिएको नासो जोगाउन हामी अाफै सचेत नभै जोगिदैंन ।
राम्रो काम । हामी अाफै सचेत नभै पुर्खाको नासो जोगिदैन रहेछ ।
अन्तमा लाग्यो ढुङ्गेधाराहरू ढुङ्गेयुगमा हैन्, स्वर्णीम युगमा नै बनेका रहेछन्। बरू ती विरासतलाई सम्हालेर राख्न नसक्ने हामीमा नै कतै ढुङ्गेयुकका मानसिकता त छैन ? 100% right...
Thanks for sharing that. It was fun reading it. :-)
That was a VERY interesting one! Seriously interesting.
Thanks for sharing such an informative post. Many thanks again sujan for your effort.
Also view CheapWeb Hosting in Nepal
Great article
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼