22 May 2009

छोरीको खेलौना संग खेल्दा

आजकल छोरीको छुट्टी चलीरहेको छ,--केटाकेटीको छुट्टी, मतलब बाबुआमाको जिम्मेबारीमा बृद्धि । कहिले कुनै पार्क त कहिले कुनै रिक्रियशन सेण्टर। फेरी आफ्नो बच्चा मात्रै हो कि सबैको यस्तै हो कुन्नी, एक पटक गएको र एक पटक हेरेको चिजमा दोश्रो पटक कुनै रुचि नै नहुने । सधैं नयाँ नयाँ को खोजी गर्ने बानी, सायद अहिलेको समयको हावा नै यस्तै होला ।

अघिल्लो हप्ता बजारमा एउटा ‘एसेम्बल ट्वाईज’ को नाममा राखिएको एउटा खेलौनामा हामी आमा-छोरीकै आँखा पर्‍यो । पेच, कीला र साना- साना धातुका टुक्राहरु जोडेर विभिन्न आकार, फरक फरक नमूना र ढाँचाहरु तयार गर्न सकिने यो खेलौनाले ‘टाईम पास’ हुन सक्ने निर्क्योल निक्ल्यो र किनियो पनि ।

100_0696 (खेलौनाको पाटपुर्जाहरु )

खेलौनामा पाँच बर्ष भन्दा माथीकोलागि भन्ने उमेर वर्ग छुट्याएको भए पनि घर ल्याएर प्याकेट खोले पछि थाहा भयो, यो खेलौनाको ‘मेकानिकल जोड-जाम’ गर्ने काम ८-१० बर्ष भन्दा मुनीको केटा-केटीलाई सायदै सम्भव होला ।

100_0702 पहिला छोरी ‘म आफैं बनाउँछु’ भनेर कस्सी, तर एकै छिन छाम-छाम, छुम-छुम गरेर सबै पूर्जाहरु छरपस्ट पारेपछि उस्को अनुहार हेर्न लाएक भएको थियो। अब त्यो भन्दा बढि समय तीनकै हातमा यो सबै कुरा छाडे, रीसको झोकमा केहि तन्तुहरुका अंग प्रत्यङग टुटने र केहि पाट पुर्जाहरुले शाहदत नै प्राप्त गर्न सक्ने सम्भाबना देखे पछि उसको खेलौना आफैं बनाईदिने बाहेक अर्को विकल्प रहेन । अनी स्कुल चलेको बेलामा होमवर्कमा ‘मद्दत’ गरेको जस्तै गरी छुट्टीको बेलामा पनि खेलौना बनाउने मद्दत गर्न अघी

 

 

 

 

( खेलौना जोडन नसकेपछिको कोप मुद्रा )

100_0689 (यो मेरो पहिलो प्रयास- हेलिकप्टर)

खेलौनाका सबै अबयबहरु भुईमा छरेर ड्रईग हेरेपछि थाहा भयो, या त, यो ५-७ बर्षे उमेर समुहको लागी बनेको खैलौना होईन। या त, प्याकेटमा जे सुकै लेखीए पनि ‘बाबु-आमाले नै बनाईदिनु पर्ने’ अघोषीत निर्देशिका पनि यसमा रहेको हुनुपर्छ।

100_0698  (अनि यो चाँहि क्रेन )

अनी शुरु गरें केहि ढाँचाहरु बनाउने उपक्रम। साँच्चै भन्ने हो भने यसमा भएका सबै ढाँचा तयार गर्न ठुलै मान्छेलाई पनि निकै समय लाग्ने रहेछ । कमसेकम ८-१० बर्ष भन्दा मुनिकाले त यसको साथै आउने ‘स्क्रु ड्राईभर’ र ‘रेञ्च’ पनि राम्ररी चलाउन सक्दैनन् ।

100_0671 ( र  यो चाँहि रेसिङ बाईक )

केहि खेलौनाहरु तयार गरीयो, तर बितेको एक हप्तामा छोरीको यो खेलौना प्रतिको आकर्षण पून ह्वात्तै घटीसकेको छ । हुन त यीनै अबयबहरु जोड-जाम गरेर  अझै निक्कै नयाँ ढाँचाहरु पनि तयार गर्न सकिन्छ तर भन्नलाई छोरीको खेलौना भने पनि बनाउन आफैंले पर्ने भएपछि उसलाई यो सबै कुरा भनेको पनि छैन :)

अरू यता ...

14 May 2009

बोनसाई- "the bowl's tree" (鉢の木)

केहि समय अगाडि, छोरीको छुट्टी मनाउने निँहुमा आफु बस्ने स्थान नजिकैको एउटा उद्यानमा पुगेकी थिएँ। साधारण उद्यानमा हुने रुख, विरुवा र हरियाली भन्दा केहि फरक, त्यहा Bonsai को निकै ठुलो संग्रह रहेकोले आजको पोष्टमा केहि बोनसाईका तस्विरहरु राख्दैछु ।

बोनसाई जापानीज शब्द हो, जसलाई यदाकदा ‘A dwarfed ornamental tree or shrub grown in a tray or shallow pot’ भनेर अर्थ्याईएको पाईन्छ । सजीलोको लागी हामी यसलाई गमला वा ‘बाटा’ मा हुर्काईएको रुख भनेर बुझ्न सक्छौं ।12

यसको ईतिहास हेर्ने हो भने ईसापूर्व हजारौं बर्ष अघि चिनबाट यस्तो किसिमको ‘रुख’ हुर्काउने प्रविधि विकास भएको पाईन्छ ।

 10 

हाल जापानी नाम ‘बोनसाई’ बाट बढि परीचित र लोकप्रीय भए पनि यसको नाम मुल नाम चिनीयाँ भाषामाफन्‌चाय (pénzāi 盆栽) हो र यसैबाट जापानी भाषा हुँदै Bonsai नामले चिनिन्छ ।4 एउटा बोनसाई तयार गर्न दसौं बर्षको नितन्तर मेहनत र हेरचाह चाहिन्छ । यो हुर्काउने जटील प्रबिधि तर्फ नगै, एकदमै सरल भाषामा भन्दा, हरेक बोनसाईलाई पुड्को बनाएर विरुवा नभै ‘रुख’ को आकार दिन यसको जरा, डाँठ, हाँगा र प्रत्येक पातलाई समेत आवश्यक्ता अनुसार काँटछाँट,स्याहार र निरन्तर अनुगमन गरी रहनु पर्छ ।

 6 

एउटा सानो गमला वा भाँडामा दसौं बर्ष लगाएर हुर्काईएको ‘रुख’ साँच्चै निकै आकर्षक र अनौठो समेत देखीन्छन। जानकारहरुका अनुसार नियमित स्याहार सुसार पाएमा यी बोनसाईहरु सयौं बर्ष बाँच्न सक्छन । 

 

बोनसाई, कुनै विरुवा वा रुखको कलमी काटेर वा कुनै पनि विरुवाको बिउ बाट पनि सिधै तयार गर्न सकिन्छ र बोनसाई हुर्काउने तरीका र यसबारेका जानकारी ईन्टरनेटमा यत्र तत्र पाईन्छ पनि । 

3

तर हेर्न जति राम्रो र अनौठो लागे पनि एउटा बोनसाई तयार गर्न बर्षौको मेहनत चाहिन्छ अनी केहि मानिसहरु, वनस्पति वा विरुवामा पनि जिवन हुने हुनाले यसरी जबरजस्ती गरेर विरुवाको विकासक्रमलाई रोकी पुड्को र भद्दा बनाउने तरीकालाई अपराध वा क्रूरताको पनि सज्ञा दिन्छन भन्ने पनि म यहाँ अबगत गराउँन चाहन्छु।

2 1

13

अरू यता ...

07 May 2009

Birla temple- the temple of Lord Venkatesh.

This temple of Lord Venkatesh, popularly known as ‘Birla Temple is made entirely out of white marble from Rajasthan.

100_0511 (A distance view—This picture was taken from moving vehicle)

Besides the chief shrine of Lord Venkateswara, there are also separated shrines for His consorts 'Padmavati' and 'Andal' and other gods like Ganesh, Hanuman, Saibaba etc.

aa (Tried to zoom it as close I could, as cameras are not allowed, inside)

This is a modern temple (consecrated in 1976) built of white marble on top of a hill. The inner shrine in the temple is said to be an exact replica of that in Tirupati Temple.

100_0520 (And this is the entrance towards the main shrine)

The structures of temples in south India and north India are totally different, but this is a beautiful blend of the northern and southern styles of architecture.

 100_0517 (Shrine at hill top--Cameras and mobiles are not allowed from this point)

Beautiful scenes from the great epics of Ramayana and Mahabharata are finely sculpted in marble. As it is situated at the hill top, both the it is also a perfect location to have a ‘birds-eye-view’ of Hyderabad and Secunderabad.

अरू यता ...

01 May 2009

छोरीको ‘Presentation’ को कुरा ।

‘Presentation’, हाईस्कुल पढ्दासम्म यो शब्दको अर्थ मेरोलागि केवल शब्दज्ञानमा मात्रै सिमीत थियो । पछि कलेजमा पनि दोस्रो बर्षमा पुगेपछि मात्रै व्यबहारीक रुपमा यो शब्दसंग आमना-सामना भएको थियो । छोटकरीमा भन्दा Presentation भन्ने शब्द धेरै समयसम्म ‘हाउगुजी’ नै थियो मेरोलागि ।

13102008142  (छुट्टीको बेलाको हँसिलो मुद्रा)

अघिल्लो महिना एकदिन, भर्खर ७ बर्ष पुगेकी छोरीले “…मलाई स्कुलको प्रोग्राममा प्रिजेन्टेसन गर्न सेलेक्ट गरेको छ … ” (उसले बोल्ने नेपाङ्ग्रेजी भाषा जस्ताको त्यस्तै राख्दा) भन्दा अनौठो लाग्यो । भर्खर १ कक्षामा पढनेले के प्रिजेन्टेसन दिने हो!, म छक्क पर्दै थिएँ । “… मामु!, मलाई नेक्स्ट विकमा ह्वाट ईज singular र ह्वाट ईज plural भन्ने Presentation बनाईदिनु है ” (फेरी पनि उसकै नेपाङ्ग्रेजी भाषा) भनेपछि भने केहि कुरा बुझें ।

उ पढ्ने स्कुलको बार्षीकोत्सबको अबसरमा स्कुलमा केहि कार्यक्रम आयोजना भएको रहेछ र क्लासमा अलिकता एक्टीभ (चल्ने वा हल्ला गर्ने पनि हुन सक्छ :)) भएकोले उसको जिम्मामा पनि एउटा ‘प्रिजेन्टेसन’ बनाउने र कार्यक्रमको दिनमा प्रस्तुत गर्ने जिम्मा आएछ ।04022009255

 

जिम्मा आएपनि जिम्मेबारी बहन गर्ने सक्ने उमेर न भैसकेकाले चार्ट पेपर र थर्मोकोल प्रयोग गरेर केहि चीत्रहरु टाँसी एउटा डिस्प्ले बोर्ड भने मैले नै बनाईदिए (सायद ९९% बिद्यार्थीका बाबु-आमाले नै बनाउछन होला यस्तो चिजहरु)।  

जे होस प्रिजेन्टेसनको दिनमा भने छोरीको प्रस्तुती राम्रै भयो । पहिला त मलाई, यो साना-साना बालबालीकालाई पनि ‘के गर्न

         

            (प्रिजेन्टेसनको तयारी )

 

chartलागाएको!’ जस्तो लागेको थीयो, तर पछि भने यस्ता कार्यक्रमले उनिहरुको मानसिक बिकासमा रचनात्मक भुमिका खेल्छ जस्तो लाग्यो। कमसेकम २०-२५ जनाको अगाडि कुनै कुरा बोल्न पर्‍यो भने धक नमान्ने र आत्मविश्वासका साथ आफनो कुरा राख्न यस्ता कार्यक्रमले मद्दत गर्ला जस्तो लाग्यो ।

जे, होस Presentation शब्दको डिमोशन भएर हो वा आधुनिक शिक्षा प्रणाली द्रुत भएर हो, यो प्रिजेन्टेशन भने सफल नै भयो ।

                                                                                                                                          (प्रिजेन्टेसन कक्षमा)

तल भने अरु बिभिन्न अवसरमा खिचिएका केहि तस्बिरहरु राख्‍‍दैछु:

                                                         100_0244

                  (स्कुलको कार्यक्रमकोलागी ईन्दीरा गान्धीको ‘गेट-अप’ मा) 

s sweet

( स्कुलको विज्ञापनको लागी मोडलिङ गर्दै ।)        (प्रशन्न मुद्रामा )

Hacker  Swiming 1

(Mamu !, I found a crack for your software)    (Swimming)

अरू यता ...