05 June 2011

नयाँ नेपालका केही आश्चर्यहरू !

देश उही थियो, उही छ र उही रहनेछ। तर देशको डाडु पन्यौ हातमा लिनेले धेरै सम्म देश वासीलाई झुक्याए । उनीहरूले सिङ्गो राष्ट्रलाई पनि बजारमा बेच्न राखिएका कपडा जस्तै कहिले पुरानो त कहीले नयाँ भन्ने धमाकेदार व्याख्याहरू गरे । अविकसित देश विकास गर्नु स्वागत योग्य कुरा हो, तर पहिलै देखि रहेको मुलुकलाई ‘नयाँ’ बनाउँछु भन्ने चाहिँ हावादारी कुरा नै हो ।

देश विकसित, संवृद्ध वा सुन्दर बनाउन सकिन्छ, तर देश कहिल्यै पुरानो हुँदैन र पहिले देखि नै स्थापित देशलाई ‘नयाँ’ बनाउन पनि सकिन्न । यस विषयमा आफ्नै बुढाले पनि कुनै बेला सुन्दर स्त्री, फूल र नयाँ नेपालका जोकरहरु ! लेखि सकेकाले म अरू लेख्दिन । तर योग्यतम नेताहरूले देश ‘नयाँ’ बनाउन थालेपछि नेपालमा के के चमत्कारहरू भए त ?। पक्कै पनि पुरानो नेपालमा भन्दा नयाँ नेपालमा विरलै सही तर धेरै आश्चर्यजनक दृश्यहरू देख्न पाइन्छ । आजको पोस्टमा मैले कहिलेकाहीँ देख्ने सौभाग्य प्राप्त गरेका नयाँ नेपालका केही आश्चर्यहरूलाई उतारेकी छु ।

Old and New Nepal

सायद नेताहरूका अनुसार माथिको चित्रको पहिलो नक्शाको जस्तै ‘एक ढीक्का’ पुरानो नेपाल लाई दोस्रो नक्शाको जस्तै वा त्यो भन्दा पनि अझ टुक्रा टुक्रामा विभाजित गर्नु नै ‘नयाँ’ नेपालको परिभाषा र सार्थकता दुबै होलान। अनि तथाकथित चमत्कार र आश्चर्य पनि त्यही नै । तर म भने त्यो हैन, अरू नै आश्चर्यहरूको तस्बिर बाँढदैछु यस पटक। ल हेर्नुस:

Dhara(लौ हेर्नुस पहिलो अचम्म- -काठमाण्डौको धारामा साँच्चीकै पानी आएको)

Batti(यो तस्बिरमा केही आश्चर्य छैन रे ?—इन्भरटर वा जेनेरेटर प्रयोग नगरी काठमाण्डौमा बलेको बत्ती हो यो ….  यहाँ कहिलेकाहीँ यसरी पनि बत्ती बल्छ । छैन त अचम्म !Open-mouthed smile)

04062011310(बत्ती बाल्ने मात्रै हो र ? कहीलेकाहीँ त यसबाट टि.भि र पंखा पनि चल्छन Hot smile)

Nepal Petrol Pump(यसलाई त आश्चर्य मात्रै हैन, ‘महा-आश्चर्य’ भन्नु पर्छ – यतातिर पनि कहीलेकाहीँ पेट्रोल पम्पमा पैसा तिरेर पेट्रोल किन्न पाइन्छ त्यो पनि लाइन नलागीकनDon't tell anyone smile)

अरू यता ...