27 December 2009

११ क्विन्टलको केक, कपासको हिउँ र नयाँ वर्ष !

संसार साघुँरिएर हो वा काम र ठाम त्यस्तै परेर हो, अघिल्लो ३६५ दिनमा नेपाली, अंग्रेजी, दक्षिण भारतको र चिनियाँ गरी ४ वटा नयाँ बर्ष मनाउने अवसर मिल्यो । लाग्छ आजकल मानिसहरुलाई कुनै वहाना मात्र चाहिन्छ रमाईलो गर्ने ।

एक हिसाबले हेर्दा पृथक धर्म वा साँस्कृतिक दायराबाट उठेर अन्य कुनै समुह वा समाजको उत्सबमा यसरी सहभागि हुनुले मानिस मानिस बीचमा सामाजिक भाईचारा, अत्मियता र मेलमिलापको वातावरण सृजना गर्ने भएकोले यो कुरा एकदमै ठीक पनि लाग्छ मलाइ।

अँ त, यसपाला फेरि क्रिसमस र अंग्रेजी क्यालेण्डरको नयाँ बर्षको रमझम र चहलपहल चारैतिर देखिएको छ । यो उल्लासमा मानिसहरु धर्म र संस्कृतिको साँघुरो मानसिकताबाट उठेर रमाईरहेका छन। आजको पोस्टमा यही क्रिसमस र नयाँ बर्षका केही झलकहरु:

Huge Cake (एउटा डिपार्टमेन्ट स्टोरमा राखिएको ११ क्विन्टलको विशाल क्रिसमस केक)

Christmas(हिउँ नपरेसम्म क्रिसमस आए जस्तो नै लाग्दैन)

Christmas tree(क्रिसमस ट्रि नै नराखि झन कसरि क्रिसमस मनाईन्छ र)

Snowfall (बाहिर तापक्रम २९ डिग्रि हुँदा पनि यति बाक्लो हिउँ ?) 

Reality (राम्रो संग हेर्नुस त यो सबै कपासकै कमाल हो)

Santa (कपासकै हिउँ र पलास्टिककै सान्टाले भए पनि बातावरण क्रिसमसमय बनायो)

Happy New Year To All !

अरू यता ...

16 December 2009

खोजी हिन्दी पत्रिकाको !!

भारत भन्ने बित्तीकै हामीलाई प्राय: दिल्लीको याद आउला वा सानै बेला देखि हेर्ने गरेको हिन्दी चलचित्रका कारण मुम्बई वा हिन्दी भाषाको याद आउला ।

भारत बारेको यो आम धारणा साधारण नेपालीहरुलाई भन्दा नेपालका राजनैतिक नेतामा झनै बढी देखिन्छ ।

पहिला पहिला भारतीय मिडियासंग अन्तर्वातामा मात्रै हिन्दीमा बोल्ने हाम्रा नेताहरु आजकल देशको मानाखाने उपल्लो तहको सरकारी बागडोर सम्हाल्ने सपथमा समेत हिन्दी बोल्छन ।

२००१ को तथ्याकंलाई मान्ने हो भने पुरै भारतमा हिन्दी बोल्नेको संख्या करिब ४०% को हाराहारीमा छ (लेख्न सक्नेको संख्या अझै कम हुन सक्छ)।

हिजों कामको सिलसिलामा बाहिर निस्कदाँ केही पत्रिका पसलमा आँखा गयो । यहाँक पत्रिका पसलमा प्राय: हिन्दी भाषाका पत्रिका भेटन मुश्किल हुन्छ। कुनै कुनै पसलमा भेटिए पनि एउटा भन्दा दुईवटाको आश नगरे पनि हुन्छ ।

आन्ध्र प्रदेशबाट तेलंगाना हुने क्रममा रहेको म बस्ने प्रदेशमा सामान्य बोलीचालीको लागि हिन्दी बोलेर पनि करिब करिब टर्छ भन्दा हुन्छ । तर पत्रिका वा म्यागाजिनपढ्नु छ भने चाही खोजि गर्दै हिँडनु नै पर्छ ।आजको पोष्टमा पत्रिका पसलहरुका केही झलक(खोज्नुस त तपाँईले कति वटा हिन्दी पत्रिका वा म्यागजीन भेट्नु हुन्छ यि तस्विरहरुमा ।

News papers (यहाँ प्राय: स्थानिय भाषाकै पत्रिकाहरु बढि चल्छन्)

Paper stand (यो अर्को पसलको तस्विर-- यहाँ पनि हिन्दी पत्रिका दुर्लभ वन्यजन्तु जस्तै छ)

No Hindi (हिन्दीकै म्यागजीन खोज्नु त झनै महाभारत हुन्छ)

papers and magazines (धन्न यो लहरमा त एउटा हिन्दी पत्रिका भेटियो)

अरू यता ...

07 December 2009

लौ यहाँ पनि बन्द !!

म बस्ने प्रदेश (आन्ध्र प्रदेश) मा केही दिन देखी छुट्टै तेलंगाना राज्यको लागि आन्दोलन र तोडफोड चलिरहेको छ । प्रभावित क्षेत्रहरुमा स्कुल-कलेज करिब हप्ता दिन देखी बन्द छन । सायद म यता आएपछिको पहिलो “सशक्त आन्दोलन” होला यो, किनकी बिगतका तीन बर्षमा छीटपुट घटना बाहेक निषेधआज्ञा नै लागु गर्नु पर्ने गरी पुरै शहर बन्द भएको मलाई थाहा छैन ।

शहरका केही व्यस्त र प्रमुख स्थानमा केही दिन अगाडि देखी नै आगजनी, तोडफोड र मुठभेड चलीरहेकोले आवश्यक नै नपरी बाहिर ननिस्केको पनि करिब हप्ता दिन हुन लाग्यो ।

आज कार्यालयको जरुरी कामको सिलसिलामा बैंक सम्म नगै नहुने भएकोले हैदराबादको प्रमुख स्थान मानिने अबिड्स सम्म गएकी थिएँ । सार्बजनिक बस र निजी गाडीहरु सडकमा छँदै थिएनन् भने सिमीत रुपमा चलेका ‘अटो’ ले मुश्किलले मानिसहरुको भार धानेका थिए ।

तर अचम्म हुने रहेछ यहाँको चलन, बन्द भनेपछि सरकारी बैंक पनि बन्द रहेछ आज । जे होस आफू जुन कामकोलागि हिँडेको सो काम नभए पनि अत्यन्तै व्यस्त हुने र अरु दिनमा बाटो काट्नलाई दश मिनेटसम्म लाग्ने केही स्थानको तस्विर भने उतारें।

आजको पोस्टमा यिनै तस्विरहरु:

Road(हिजो बन्दको क्रममा एउटा होटेलमा आगो लगाईए पछि आज अधिकाशं पसलहरु बन्द छन् )

Bandh (अबिड्सको ब्यस्त सडक-जहाँ अरु बेला बाटो काट्न निकै हम्मे पर्थ्यो )

Bandh 1

(केही हिम्मतिला मोटरसाइकल चालकहरु)

Empty street

(अस्ति एउटा निजी बाहन जलाईएपछि बाटोमा निजी बाहन एकदम कम गुडेका छन् )

अरू यता ...