16 November 2009

सडक साहित्य-- ट्रक साहित्य

"माता पिताको आशिर्वाद", "मनकामना माईले रक्षा गरुन", "बुरी नजर वाले तेरा मुह काला"।हाम्रा राजमार्गमा कुद्ने गाडीहरुको पछाडी सबैभन्दा बढि लेखिएका उद्दरणहरु सायद यिनै तीन होलान्। ती बाहेक "फेरी भेटौला", "बुद्दम् शरणम गच्छामी" र कहिलेकाही नेपाली तथा हिन्दिका केहि चोटीला मुक्तक तथा शायरीहरु पनि गाडिका अग्र तथा पछाडी भागमा बेला बेलामा देख्न देखिन्छन् ।

केही समय अगाडि एकजना भारतीय लेखकले गाडीका पछाडी लेखिएका यस्तै रमाईला उद्दरण, शायरी र नाराहरुको संकलन गरेर एउटा पुस्तकनै तयार पारेको खबर पनि आएको थियो। यस्तै गाडीका पछाडी लेखिएकै उद्दरणलाई चलचित्रको शिर्षक बनाएर निर्माण गरिएको एउटा बलिउड चलचित्र "Singh Is Kiing" पनि निकै लोकप्रिय रहेको थियो।

गत हप्ता कार्यालय बाट फर्कदै गर्दा एउटा गाडीको पछाडी यस्तै एउटा चोटिलो वाक्य देखे पछि साथमा भएको मोबाईल फोन बाट त्यसको फोटो उतारेको थिएँ। सो यहाँहरु समक्ष बाँड्दै छु ।

Tata

(दम है तो क्रस कर नही तो बरदास्त कर )

Horn Please

यस बाहेक मैले गाडिको पछाडी पढेको केही रोचक टुक्काहरु :


वह किताब क्या किताब, जिसका कोही कवर नही
वह लड्की क्या लड्की, जिसका कोही लभर नही

लड्कीको मत छेड, छेडना पाप होगा
तु भी तो एक दिन, लड्की का बाप होगा

आना फ्री, जाना फ्री
पकडे गए तो, खाना फ्री

दोस्ती पक्कि, मगर
खर्चा अपना अपना

जड्यालाई खोज्ने केवल दुईवटा ठेगाना
या त भट्टीमा या पुलिसको थाना

चाँदनी रात बिती जारही हे
उल्लुकी पट्ठी तु कब आरही है

11 Comments:

Aakar said...

यो ट्रक र बस साहित्य नि गज्जब को हुन्छ । तपाई को पोष्ट देखेर याद आयो, विगत मा यही ट्रक/बस साहित्य भन्ने एउटा ब्लग थियो, तर हिजो आज खै, त्यो ब्लग अपडेट भा'को देख्या छैन, अनि कुन ब्लग हो भन्ने कुरा पनि बिर्सिसकियो ।

माथि लेख्नुभएका केही लाइन ले चाँहि साह्रै हँसायो है !

Prajwol said...

यि पढ्न सार्है रमाइलो पो हुन्छ । यस्तो फुराउने बस / ट्रक वाला हुन कि पेन्ट गर्ने वाला हुन भन्ने कुरो जान्ने खुब उत्सुकता छ मनमा :)

माथि आकार जि ले भन्न खोज्नु भएको ब्लग यो हो : http://busshaitya.blogspot.com/

Update नभए नि पुरानो संकलन पढ्न पनि रमाइलो नै छ त्यसमा :D

Ashesh said...

ट्रक साहित्यको कुरा बेलाबेलामा सनिन्छ । कता कता लेखहरूमा आइरहन्छन् । रमाईलो लाग्यो मलाई पनि तपाईको फोटो हेरेर( खै हेरेर भनौँ कि पढेर भनौँ ?)हेर्ने फोटोमा पढ्ने कुरो छ । हा हा हा

Sweta said...

Ma pani sadhai bichar garne garchu...yo pani ta sahitya ko nai ek bhag ho....
These kind of literature gets ignored. I am glad that you posted this here :)

Basanta said...

साह्रै रमाईलो प्रसंग उठाउनुभयो! त्यो नेपाली ब्लग फेरि अपडेट भईदिए हुन्थ्यो जस्तो लागिरहन्छ मलाई पनि।

दूर्जेय चेतना said...

प्रसंग राम्रो उठाउनु भएछ। खुब मन पर्‍यो। म पनि यस्तो साहित्य खुब पढ्छु बिषेश लाईभ नै। कुनै कुनै त साह्रै मार्मिक पनि हुन्छ तर अधिकासं रमाईला पाराका हुन्छ्न्। यो फोटो ब्लगको मज्जानै अर्को हा हा !

Ram mukarung said...

yahan ko safaltaako kamana!!

लेकाली said...

सुजन दिदिले फोटोलाई निकै बजन दिने शब्द संयोजन गर्नु सक्ने खुबीको तारीफ गर्छु सच्ची; फुरुङ पारीदिएको होइन ल। जाबो फोटोले पत्र पत्रीका र पेज भरेर तमसा दिन्छ भन्ने हरुलाई फोटोको महत्व दर्साइदिनु भएको पनि हो।

Chaitanya said...

प्रस्तुति रमाइलो लाग्यो | यो 'आना फ्री जाना फ्री' भन्ने हरफहरु कतै बस मिनीबसका ड्राइभर /खलाँसी र पकेटमारको अन्तरंग बार्तालाप त होइन जस्तो शंका लाग्यो | फेरि, साँच्चिकै भए त, त्यति हाकाहाकी लेखीइनु नपर्ने हो, हैन र ?

xNepali said...

Nice ones..

I hope somebody will collect them and make a blog as Aakar as mentioned.

paniphoto said...

good one. I am also trying to catch some road literature.in my blog www.paniphoto.com

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼