हनुमान ढोका देखि काष्ठमण्डप अनि बसन्तपुर सम्मको क्षेत्र जुन ‘काठमाण्डौ दरबार स्क्वायर’ को नामले विदेशीमाझ अझै परिचित छ । मल्ल कालीन र शाहा कालीन रजाहरुको पुरानो दरबार मात्रै हैन्, पुराना मन्दिरहरू कलात्मक भवन संरचना र, सुन्दर चोकहरुका कारण अहिले पनि उत्तिकै आकर्षक र सम्मोहक छ ।
विश्व सम्पदा सूचीमा परेको यो स्थानमा नेपालको प्रसिद्ध तलेजु मन्दिर, हनुमान ढोका दरबार, काल भैरव र जनश्रुती अनुसार एउटै रूखको काठले बनेको मानिने काष्ठमण्डप जस्ता धेरै पुरातात्वीक महत्वका संरचना र सांस्कृतिक विशिष्टता र कलाकारीताका नमूना र धरोहर रहेका छन् ।
त्यसो त यो स्थानका तस्बिर र यहाँको बारेमा चर्चा परिचर्चाले इन्टरनेटका धेरै पेजहरु भरिएका होलान् । तर आज भने यसै क्षेत्रका आजै खिचिएका केही तस्विरहरू:
(तस्बिर ठूलो बनाएर हेर्न कुनैपनि तस्बिरमा क्लिक गर्नुहोला, सो तस्बिर आफैं अर्को ट्याब वा पेजमा खुल्नेछ )
(वसन्तपुर तर्फबाट छिर्ने वेलामा छिर्दा छिर्दै देखिने दृश्य)
(अतिक्रमणले केही च्यापिए पनि अझै सुन्दरता कायमै छ)
(काठमाण्डौ दरबार स्क्वायरको चर्चा गर्दा यो हनुमान ढोका दरबार..)
(…अनि पर्यटक र श्वदेशी क्रेताका लागि विक्रिमा राखिएका वस्तुहरु कसरी छुटाउन मिल्छ ?)
(सानो पशुपतिको नामले चिनीने यो महादेवको मन्दिर…)
(…अनि यो ऐतिहासिक र कलात्मक काष्ठमण्डप)
यीनै सम्पदाले यो क्षेत्रलाई अझै रहश्य र सुन्दरताको संगम बनाएको छ।