18 August 2010

ल घुम्नुस पुरानो काठमाण्डौ !!!

हनुमान ढोका देखि काष्ठमण्डप अनि बसन्तपुर सम्मको क्षेत्र जुन ‘काठमाण्डौ दरबार स्क्वायर’ को नामले विदेशीमाझ अझै परिचित छ । मल्ल कालीन र शाहा कालीन रजाहरुको पुरानो दरबार मात्रै हैन्, पुराना मन्दिरहरू कलात्मक भवन संरचना र,  सुन्दर चोकहरुका कारण अहिले पनि उत्तिकै आकर्षक र सम्मोहक छ ।

विश्व सम्पदा सूचीमा परेको यो स्थानमा नेपालको प्रसिद्ध तलेजु मन्दिर, हनुमान ढोका दरबार, काल भैरव र जनश्रुती अनुसार एउटै रूखको काठले बनेको मानिने काष्ठमण्डप जस्ता धेरै पुरातात्वीक महत्वका संरचना र सांस्कृतिक विशिष्टता र कलाकारीताका नमूना र धरोहर रहेका छन् ।

त्यसो त यो स्थानका तस्बिर र यहाँको बारेमा चर्चा परिचर्चाले इन्टरनेटका धेरै पेजहरु भरिएका होलान् । तर आज भने यसै क्षेत्रका आजै खिचिएका केही तस्विरहरू: 

(तस्बिर ठूलो बनाएर हेर्न कुनैपनि तस्बिरमा क्लिक गर्नुहोला, सो तस्बिर आफैं अर्को ट्याब वा पेजमा खुल्नेछ )

Kathmandu Durbar Square (8)(वसन्तपुर तर्फबाट छिर्ने वेलामा छिर्दा छिर्दै देखिने दृश्य)

Kathmandu Durbar Square (3)(अतिक्रमणले केही च्यापिए पनि अझै सुन्दरता कायमै छ)

Kathmandu Durbar Square (6)(काठमाण्डौ दरबार स्क्वायरको चर्चा गर्दा यो हनुमान ढोका दरबार..)

Kal Bhairab(…काल भैरबको यो मूर्ति …)

Kathmandu Durbar Square (5)(…यी परेबाहरु…)

Kathmandu Durbar Square (9)(…अनि पर्यटक र श्वदेशी क्रेताका लागि विक्रिमा राखिएका वस्तुहरु कसरी छुटाउन मिल्छ ?)

Kathmandu Durbar Square (2)(सानो पशुपतिको नामले चिनीने यो महादेवको मन्दिर…)

Kathmandu Durbar Square (7)(…यो विशाल घण्ट..)

Kathmandu Durbar Square (1)(…अनि यो ऐतिहासिक र कलात्मक काष्ठमण्डप)

यीनै सम्पदाले यो क्षेत्रलाई अझै रहश्य र सुन्दरताको संगम बनाएको छ।

6 Comments:

Aakar said...

पुरानो काठमाडौँ भन्ने बित्तिकै पुराना फोटोहरु पो रहेछन् कि भन्दै ब्लग मा छिरेको त, वसन्तपुर को फोटोहरु पो रहेछन् ।
ऐेतिहासिक ठाउँ विस्तारै कुरुप बन्दै छ !!! सबै ले सबैतिर बाट खाँदै छन् ।

फोटो को लागि धन्यवाद ! वसन्तपुर गइहाल्न मन लाग्यो !!!

वेदनाथ पुलामी (उमेश ) said...

७/८ बर्ष अघि घुम्न गएको बसन्तपुर, आज यो पोस्ट हेर्दा त उस्तै रहेको रहेछ जस्तो लाग्यो !
विश्व सम्पदा सूचीमा परेको यो स्थानलाइ आफ्नो ब्लगमा प्रस्तुत गर्नु भएकोमा यहाँ लाइ धन्यबाद !

दूर्जेय चेतना said...

मलाई पनि पुरानो कस्तो रहेछ भनेर हेर्ने ईच्छा भएर पसे तर पनि ताजा रहेछन्। मलाई पुरानो भन्दा ताजा बसन्तपुरको तश्विरले निकै रमाईलो वनायो, सायद पुरानो हेर्न ठिक छ तर अनुभव गर्न ठिक पक्कै हुदैन। बेलुका हुदा, त्यस वरिपरिका दृष्यहरु बिशेष गरेर ठेला गाडाका पसलहरु, मम का दुकानहरु, र क्युरियो सामानका पसलहरुलाई निकै सम्झने गर्छु। ताजा फोटोहरुले बास्तबमै काठ्मान्डौको यो भाग चाही घुम्न पाएकै हो।
तर यी तश्बिर हेर्दै जादा मेरो ध्यान यी कुराहरुमा गयो। माफ पाउहै मैले सही बुझे वा बुझिन।
१.माथीका तश्विरहरु मध्य सानो पशुपती नाथको तश्बिरहरुलाई देखेर निकै दुख लाग्यो। यत्रो प्रयटकले भरिने ठाउँ, बिश्व सम्पदा सुचीमा रहेको ठाउमा, मन्दिरको सिडी बरीपरी झारहरु देखेर निकै अचम्म पनि लाग्यो र दुख पनि। पहिलो तश्विरमा रहेको सानो मन्दिरको माथी लागेको हरियो लेउ पनि हेर्न लायककै रहेछ।
२. त्यस्तै मन्दिर वरीपरी छोडिएक छाडा गाई बस्तुहरुको तश्बिले पनि मेरो ध्यान खिच्यो। बास्तबमै हामी कती लापरवाही छौ, हाम्रो समाजले पुर्खाले जोडिदिएको सम्पत्ती पनि हेरेर र स्याहार गर्न सकेका छैनौ। कुनै आम्दानी नभए, वा आर्थिक संकट भएको भनौ भने यहाँ जती आम्दानी कतै हुदैन। यो अर्को नराम्रो तर फोटोले देखाउन खोजेको राम्रो पाटो यो फोटोको।
३. बिश्व सम्पदा सुचीमा रहेको यो ऐतिहासिक भवनहरु निकै पुराना हुन। कम मात्र स्याहार गर्न सकिएको अबश्थामा यातायातको साधनहरु अनाधिकृत रुपमा चलाएको देख्दा (पहिलोमा मटर साईकल र गाडिहरु र अन्तिम तश्विरमा टेक्सी वा कार) यसको प्रयोगले हुने ध्वनी प्रदुशण, र कम्पनले पक्कै पनि राम्रो गर्दैन होला। यो पनि देखिन आयो तश्बिरमा। जुन निकै दुखको कुराहो..
तश्बिर जुन सुकै उद्देश्यले खिचे पनि यसले निकै अक्रमन्यताको उदाहरण पेश गर्न सफल भएको छ।
तर सुजन जी मेरो तपाईलाई अझै हार्दिक सुझाव छ कि, कहिले काही बिरल्लै हुने तश्विरहरु तिर पनि ध्यान दिनु होला। सिधै भन्दा wow!! खालका तश्बिरहरु पनि छोप्ने प्रयास गर्नु होला। कारण किन की तपाईले नै हो हामीलाई फोटो मार्फत यथार्थता देखाउने माध्यम।
फेरि पनि धेरै धेरै धन्यवाद है यी राम्रा तश्बिरहरु
तपाईको लेख भन्दा मेरो कमेन्ट लामो भएको मा माफी पाउ है। हे हे

डीआर न्यौपाने'सूर्य' said...

सु्न्दर र मनमोहक तस्विर सहित जानकारीको लागि धन्यबाद सुजन जी ।

HAWA said...

ओ सुजन जी, ब्लग संसार बाट हराएको धेरै भएको थियो आफ्नो.. हैन ईन्डिया बाट आईसकेको भन्या तपाईंहरु? दसैंको बिदामा ईन्डिया घुम्न जानुपर्ला भनेर सोचेको.. एसो चित्र हेरेर कुन ठाउँ जाने योजना बनाउनु पर्ला भनेर तपाईंको फोटो ब्लग छ् भन्ने सम्झे.. हेहेहे तर सारी है सुजन जी तपाईं को नाम र ब्लग को नाम त बिर्सेंछु.. नेपाली ब्लगर्स को अपडेट मा हेरेको त्या पनि रैनछ.. तपाईंको बुढा को ब्लग चाँही रेछ भर्खरै अप्डेट गरेको.. भएन अब फेरी तपाईंहरुलाई ईन्डिया को तातो हावा खान हैदराबाद काजमा पठाइदिन्छु अब म.. हेहेहे

Nepalean said...

Kunai bela yi naula lagne kathmandu ka photo haru aile birano lagchan. Photo ko lagi dhanyabad sujan ji.

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼