हिन्दू धर्मको चार धाम मध्य एक पर्ने एउटा मन्दिर, भारतको उडिसा राज्यको पुरी शहरको जगन्नाथ मन्दिर पनि हो । हरेक बर्ष आषाढ शुक्ल द्वितीया दिनमा यहाँ वार्षिक रथ यात्रा (जात्रा) हुन्छ । उडिसा बाहेक भारतकै गुजरात को अहमदाबादमा पनि निक्कै तामझाम र श्रद्धालुहरुको भिड बिच यो जात्रा हुन्छ ।
(रथ यात्रा शुरु हुनु भन्दा अगाडी सजाईएको रथ)
यसै क्रममा आषाढ शुक्ल द्वितीयाकै दिनमा दिन हामी बस्ने शहरमा पनि यौटा यस्तै रथ यात्राको आयोजना भएको थियो ।आजको पोष्टम त्यसै अबसरमा खिचिएका केहि तस्बिरहरु राख्दैछु ।
(रथ भित्रको जगन्नाथ भगवानको मुर्ति-यो मुर्ति निमको काठबाट बनाउने प्रचलन छ)
पुरीमा प्रत्यक बर्ष लाखौंको संख्यामा श्रद्धालुहरु पुग्छन, किनकि यो संसारकै सबैभन्दा पुरानो धार्मिक यात्रा मध्यको एउटा परमपरागत यात्राको कडी पनि हो, जुन करिव एक हजार बर्ष भन्दा अघि देखी निरन्तर चलिरहेको विश्वास गरीन्छ ।
पुरीमा भगवान जगन्नाथ, उनका भ्राता बलभद्र र बहिनी सुभद्रा तीनैलाई भिन्ना भिन्नै भव्य रथमा राखेर करीव दुई किलोमिटर नगर यात्रा गराईन्छ ।
(रथ यात्रा शुरु हुनु भन्दा अगाडी बाटोमा बनाईएको शुभ र मंगलको प्रतिक- रङगोली)
यो रथ यात्राको बारेमा भिन्न भिन्न मत भएपनि वास्तबमा अरु बेलामा दर्शन सुलभ हुन नसक्ने सबैले दर्शनको अबसर पाउन र धर्ममा मानिसको विश्वास बर्करार रहोस भनेर नै यस्ता खालका जात्राको आयोजन हुन्छन् भन्दा फरक नपर्ला ।
पुरी र अहमदाबादको रथ यात्रा जस्तै आजकल भारतको हरेक साना ठुला शहरमा पनि आषाढ महिनामा यस्ता रथ यात्राका आयोजन हुने गरेका छन ।
(डान्डीयामा मस्त किसोर-किसोरीहरु)
(यहाँ हरेक शुभ कार्यमा यस्ता रंङ्गोलीहरु बनाइन्छ-यो रथ अगाडीको बाटोमा बनाईएको थियो)
(रथ तान्न एकत्रीत भक्तजनहरुको भिड)