14 May 2009

बोनसाई- "the bowl's tree" (鉢の木)

केहि समय अगाडि, छोरीको छुट्टी मनाउने निँहुमा आफु बस्ने स्थान नजिकैको एउटा उद्यानमा पुगेकी थिएँ। साधारण उद्यानमा हुने रुख, विरुवा र हरियाली भन्दा केहि फरक, त्यहा Bonsai को निकै ठुलो संग्रह रहेकोले आजको पोष्टमा केहि बोनसाईका तस्विरहरु राख्दैछु ।

बोनसाई जापानीज शब्द हो, जसलाई यदाकदा ‘A dwarfed ornamental tree or shrub grown in a tray or shallow pot’ भनेर अर्थ्याईएको पाईन्छ । सजीलोको लागी हामी यसलाई गमला वा ‘बाटा’ मा हुर्काईएको रुख भनेर बुझ्न सक्छौं ।12

यसको ईतिहास हेर्ने हो भने ईसापूर्व हजारौं बर्ष अघि चिनबाट यस्तो किसिमको ‘रुख’ हुर्काउने प्रविधि विकास भएको पाईन्छ ।

 10 

हाल जापानी नाम ‘बोनसाई’ बाट बढि परीचित र लोकप्रीय भए पनि यसको नाम मुल नाम चिनीयाँ भाषामाफन्‌चाय (pénzāi 盆栽) हो र यसैबाट जापानी भाषा हुँदै Bonsai नामले चिनिन्छ ।4 एउटा बोनसाई तयार गर्न दसौं बर्षको नितन्तर मेहनत र हेरचाह चाहिन्छ । यो हुर्काउने जटील प्रबिधि तर्फ नगै, एकदमै सरल भाषामा भन्दा, हरेक बोनसाईलाई पुड्को बनाएर विरुवा नभै ‘रुख’ को आकार दिन यसको जरा, डाँठ, हाँगा र प्रत्येक पातलाई समेत आवश्यक्ता अनुसार काँटछाँट,स्याहार र निरन्तर अनुगमन गरी रहनु पर्छ ।

 6 

एउटा सानो गमला वा भाँडामा दसौं बर्ष लगाएर हुर्काईएको ‘रुख’ साँच्चै निकै आकर्षक र अनौठो समेत देखीन्छन। जानकारहरुका अनुसार नियमित स्याहार सुसार पाएमा यी बोनसाईहरु सयौं बर्ष बाँच्न सक्छन । 

 

बोनसाई, कुनै विरुवा वा रुखको कलमी काटेर वा कुनै पनि विरुवाको बिउ बाट पनि सिधै तयार गर्न सकिन्छ र बोनसाई हुर्काउने तरीका र यसबारेका जानकारी ईन्टरनेटमा यत्र तत्र पाईन्छ पनि । 

3

तर हेर्न जति राम्रो र अनौठो लागे पनि एउटा बोनसाई तयार गर्न बर्षौको मेहनत चाहिन्छ अनी केहि मानिसहरु, वनस्पति वा विरुवामा पनि जिवन हुने हुनाले यसरी जबरजस्ती गरेर विरुवाको विकासक्रमलाई रोकी पुड्को र भद्दा बनाउने तरीकालाई अपराध वा क्रूरताको पनि सज्ञा दिन्छन भन्ने पनि म यहाँ अबगत गराउँन चाहन्छु।

2 1

13

11 Comments:

>Jotare Dhaiba< said...

'लेवल'मा जनाइए झैँ साँच्ची नै विशेष र असामान्य लाग्यो बोन्साइमय ब्लग-वाल ।
पुड्को रूखलाई आफू पनि पुड्को भएर हेर्नुपर्ने जस्तो लाग्यो । सानो काँटमा छिप्पट प्राण भरेका बोन्साइ अजङ्गका देखिने रहेछन् ।
रूखोसुखो ठाउँमा खस्रिएका आँखाहरूले हरियालीको यी सौगातमा हरियै भएर माझिने मौका पाए । बोन्साइ-बोन्साइ भनेर बोलीमा धेरै र एकादुई दृष्टि लगाउन पाएकोमा हजुरको सौजन्यमा तस्बिरका दशावतारसँगै जानकारी पनि सँगाल्न पाउँदा सारै तृप्‍ति मिल्यो ।
निक्कै आभार ।

wordflows said...

एक्दम जानकरीमुलक लेख रहेछ। अनि फोटो म पुड्को रुखको जरा र हागा बाट बनेको आकृतिहरु सारै मन पर्यो

आकार said...

यो प्रविधि निकै रमाइलो लागेको छ मलाई चाँहि ! उहिले एकपटक टिभिमा यही बोन्साइ प्रविधि बारे को रिपोर्ट हेरेपछि, मलाई नि यस्तै गर्ने इच्छा जागेको थियो ।

माथि गमलामा पिपल, हो यस्तै नै देखेको थिँए, टिभिमा अनि मैले पनि प्रयोग गरेँ, गमलामा रोपिएको पिपल मा ! माथि को फोटो जत्तिको आकर्षक त छैन तर पनि निकै राम्रो हुँदै गएको छ ।

तर पनि कोही रुखवादी भए भने चाँहि, निकै गाह्रो नै छ है ! हेर्नुस् न, कस्तो सकस दिएको हुन्छ, ती साना रुखहरुलाई !

फोटो सहित जानकारी सेयर गर्नुभएकोमा धन्यवाद !

दूर्जेय said...

बोनसाईको एकदमै राम्रो हुदो रहेछ। जापानमा पनि खुब चलन छ यस्तो रुखहरुको। हेर्दा राम्रो अनी सजाउन पनि सजिलो। पिपल र बर को पूजा गर्न पर जान नपर्ने, गमलामै राखेर घरमै पूजा गर्न मिल्ने जस्तो लाग्यो। अझ एउटा पुरा जङलनै बनाउन मिल्ने आफ्नो बगैचालाई। राम्रो लाग्यो फोटोहहरु।

बिमल गिरी said...

अतिनै राम्रो वा जानकारीमुलक,खजना
बाड्नुभएकोमा सुजन जी प्रती धन्यबाद।
सेपिलो ठाउमा पनि राख्न र रोप्न सकिने
यो प्रबिधी त्यती सजिलोभने रहेनरहेछ
यो बोन्साइको नयाँ प्रबिधी।

प्रबिण थापा said...

जानकारी मुलक लेख सहितको सुन्दर फोटोहरुको लागि सुजन जि लाइ धन्यवाद!

प्रदिप said...

मेरो फोटो ब्लग त साच्चिकै राम्रो रहेछ हजुरको महान कार्यको कुनै शब्दले धन्यवाद दिएर मात्रा पुग्दैन कि जस्तो लाग्न थालयो मलाई त !!
जे होस् प्र्यास निकै महत्वपूर्ण छ ......

अगाडिका पर्खाल हरु भात्किएर बाटाहरु शाहज हुन सुजन जि का लागि

Milan said...

साँच्चै रमाइलो रहेछ | मैले त सुरुमा कुनै बिशेष जातको रुखको नाम होला भनेको थिएँ | जेलाई पनि बोन्साई गरे हुने रहेछ |

रमाइलो फोटो र पोष्टको लागि सुजनजीलाई धन्यवाद |

Basanta said...

साह्रै जानकारीमूलक लाग्यो यो पोष्ट! धन्यबाद! 'बोन्साइ' कला शुरु भएको मुलुकमा बसेर पनि यस बारेमा बुझ्न पहिला ध्याननै नदिएकोमा थक्क-थक्क पनि लाग्यो:)

Sujit Mainali said...

Blog with unique flavour. Maja ayo naulo blog visit garna. Ani posted information are also amazin. I appretiate ur effort.
Sujit MAINALI

www.psycophilo.blogspot.com

nepalean said...

निकै राम्रो सामाग्री सुजन जी।
सानोमा छंदा जापानमा सानो रुख बनाएर राख्छन भन्ने सुनेको थिए। यता अमेरीका आएपछी देखियो। तर बर पिपल भने यांहा हुदैनन।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼