13 August 2009

NTR स्मारक को शान्ति र सुन्दरता

पहिला रजतपटलको सफल अत्यन्त लोकप्रिय नायक र पछि राजनीतिमा सफल नेताका रुपमा प्रसिद्ध रहेका  N.T. Rama Rao ( जो आन्ध्र प्रदेशमा मुख्य मन्त्री समेत रहेका थिए) को सम्झनामा हैदराबादको हुसेन सागरको छेउमा एउटा उद्यान निर्माण गरिएको छ ।

सुन्दर फुलहरु कलात्मक प्रवेश द्वार र स्मारक अनि शान्तिपूर्ण वातावरणका कारण सो उद्यान सहरमा निकै मनोरम र भ्रमणयोग्य स्थानको रुपमा गनिन्छ । पुरै आन्ध्र प्रदेशमा यि नेता र अभिनेताको नामबाट विभिन्न पार्कहरु र अन्य विभिन्न भौतिक पूर्वाधारहरु पनि बनेका छन । यिनको नामबाट बनेको एउटा पार्कको बारेमा मेरो यो पोष्ट मा पनि केही कुराहरु छन । आज भने यिनको सम्झना र सम्मानमा बनाईएको स्मारक वरिपरिका केही सुन्दर दृश्यहरु :

NTR Garden (मुख्य प्रवेश द्वार-यहाँ देखिनै पुरै स्मारक क्षेत्रमा जुत्ता,चप्पल निषेध छ)

Statue 1 (आगन्तुक को स्वागतमा कलात्मक मुर्ति) 

Entrance(मुख्य स्मारक सम्म पुग्ने कलात्मक मार्ग)

monument(मुख्य स्मारक)

garden (स्मारक परिसरको शान्त बगैचा)

Distance view (केही पर बाट खिचिएको स्मारकको दृश्य)

10 Comments:

दूर्जेय चेतना said...

आहा!!!! कस्तो राम्रो सफा अनि सुन्दर ठाउँ। यो पार्कको डिजाईनलाई त मान्नै पर्छ र तपाईको फोटोग्राफीको म खुला मनले प्रशंसा गर्न चाहन्छु। साथै सुन्दर पार्कको यात्रा गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।

wordflows said...

thanks for nice photograph and information

Jotare Dhaiba said...

हरिया-परिया ।
चोखोपन लपेटिएको द्रिश्य ।
आँखा सफा गर्ने तस्बिरहरु !

मुग्ध बनायो । राओ त्यहाँको लागि कति महत्वपूर्ण र गौरवशाली रहेछन्, यही स्मारक पार्कबाट अड्कल काट्न सकिन्छ ।

HAWA said...

पार्क त राम्रो र छ सुजन जी

तर अहँ एस्ले पनि मन लोभिएन

हाम्रै शिवपुरी झन राम्रो

Yumesh Pulami said...

NTR स्मारक निकै कलात्मक रहेको रहेछ सुजन जी ! तस्विर मा प्रवेश द्रार निकै राम्रो देखिएको छ | लौ आज NTR स्मारक पनि घुमिय है !

Eternal said...

Kasto ramailo Park...Sujan Ji...
You must have enjoyed it ...

Unknown said...

अति सुन्दर पार्क रहेछ, धन्यबाद सुजन जी प्रस्तुतीको लागी।

Shiva Prakash said...

सुजनजी,
धेरै जसो तस्वीरहरू सुन्दर छन् तर कति त तिनको सुन्दरदाप्रति अारिसलाग्द नै छन् । लाग्छ कुने कुनै त अाँखामा अल्झिरहन्छन जस्तो लाग्छ ।

Anonymous said...

artistic creations...

thank you for your wonderful coverage !!!

Dornaraj said...

Thanks for your collection,which is so nice .

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼