01 May 2009

छोरीको ‘Presentation’ को कुरा ।

‘Presentation’, हाईस्कुल पढ्दासम्म यो शब्दको अर्थ मेरोलागि केवल शब्दज्ञानमा मात्रै सिमीत थियो । पछि कलेजमा पनि दोस्रो बर्षमा पुगेपछि मात्रै व्यबहारीक रुपमा यो शब्दसंग आमना-सामना भएको थियो । छोटकरीमा भन्दा Presentation भन्ने शब्द धेरै समयसम्म ‘हाउगुजी’ नै थियो मेरोलागि ।

13102008142  (छुट्टीको बेलाको हँसिलो मुद्रा)

अघिल्लो महिना एकदिन, भर्खर ७ बर्ष पुगेकी छोरीले “…मलाई स्कुलको प्रोग्राममा प्रिजेन्टेसन गर्न सेलेक्ट गरेको छ … ” (उसले बोल्ने नेपाङ्ग्रेजी भाषा जस्ताको त्यस्तै राख्दा) भन्दा अनौठो लाग्यो । भर्खर १ कक्षामा पढनेले के प्रिजेन्टेसन दिने हो!, म छक्क पर्दै थिएँ । “… मामु!, मलाई नेक्स्ट विकमा ह्वाट ईज singular र ह्वाट ईज plural भन्ने Presentation बनाईदिनु है ” (फेरी पनि उसकै नेपाङ्ग्रेजी भाषा) भनेपछि भने केहि कुरा बुझें ।

उ पढ्ने स्कुलको बार्षीकोत्सबको अबसरमा स्कुलमा केहि कार्यक्रम आयोजना भएको रहेछ र क्लासमा अलिकता एक्टीभ (चल्ने वा हल्ला गर्ने पनि हुन सक्छ :)) भएकोले उसको जिम्मामा पनि एउटा ‘प्रिजेन्टेसन’ बनाउने र कार्यक्रमको दिनमा प्रस्तुत गर्ने जिम्मा आएछ ।04022009255

 

जिम्मा आएपनि जिम्मेबारी बहन गर्ने सक्ने उमेर न भैसकेकाले चार्ट पेपर र थर्मोकोल प्रयोग गरेर केहि चीत्रहरु टाँसी एउटा डिस्प्ले बोर्ड भने मैले नै बनाईदिए (सायद ९९% बिद्यार्थीका बाबु-आमाले नै बनाउछन होला यस्तो चिजहरु)।  

जे होस प्रिजेन्टेसनको दिनमा भने छोरीको प्रस्तुती राम्रै भयो । पहिला त मलाई, यो साना-साना बालबालीकालाई पनि ‘के गर्न

         

            (प्रिजेन्टेसनको तयारी )

 

chartलागाएको!’ जस्तो लागेको थीयो, तर पछि भने यस्ता कार्यक्रमले उनिहरुको मानसिक बिकासमा रचनात्मक भुमिका खेल्छ जस्तो लाग्यो। कमसेकम २०-२५ जनाको अगाडि कुनै कुरा बोल्न पर्‍यो भने धक नमान्ने र आत्मविश्वासका साथ आफनो कुरा राख्न यस्ता कार्यक्रमले मद्दत गर्ला जस्तो लाग्यो ।

जे, होस Presentation शब्दको डिमोशन भएर हो वा आधुनिक शिक्षा प्रणाली द्रुत भएर हो, यो प्रिजेन्टेशन भने सफल नै भयो ।

                                                                                                                                          (प्रिजेन्टेसन कक्षमा)

तल भने अरु बिभिन्न अवसरमा खिचिएका केहि तस्बिरहरु राख्‍‍दैछु:

                                                         100_0244

                  (स्कुलको कार्यक्रमकोलागी ईन्दीरा गान्धीको ‘गेट-अप’ मा) 

s sweet

( स्कुलको विज्ञापनको लागी मोडलिङ गर्दै ।)        (प्रशन्न मुद्रामा )

Hacker  Swiming 1

(Mamu !, I found a crack for your software)    (Swimming)

16 Comments:

Anonymous said...

आहा सारै राम्रो... फुच्ची चलाख छीन...

Unknown said...

हो छोरी साँच्चै चलाख छिन् , प्रशन्न मुद्राको फोटोले त मनै प्रसन्न पार्यो ।

Anonymous said...

You are right! activities like these (presenting something, playing various roles, modeling etc.) are no longer considered as 'extra-curricular', and they are an integral part of today's education system. They make you confident and competent enough to combat the ever-growing hassles/obstacles in your life.

I don't think it's a demotion of the word 'presentation'; rather the educational system of today are better equipped and progressive. And, the teaching-learning process has also scaled a new high.

Before I stop, I must thank you for posting the smiling faces of your daughter along with her activities which reminds me of my daughter. The pictures are too good. God bless her!

दूर्जेय चेतना said...

सुजनजी तपाईंको लेख्ने तरिका र कुनै पनि कुराको बयान गर्ने तरिका मलाई मन पर्छ। तपाईंको प्रसँगमा मलाई पनि केही लेखन मन लाग्यो। मलाई पनि तस्तै भएको छ। मलाई मेरो छोरीले एक दिन next week मेरो project work बुझाउनु छ can you help me ? म त्यो समयमा कलेजको बिदाना घर गएको थिए, म त एक पटक कुरै बुझिन अलमल्ल परे।
मैले यो प्रोजेक्ट वोर्कको रिपोर्टको कुरा मेरो PhD मा मात्र सुने, अब मेरी छोरी school जान थालेको १ बर्ष पनि भएको छैन।

Basanta said...

यस्तै हो, हामीले हुर्कने बेलामा धेरै कुरामा exposure पाएनौं। त्यसैले धक नमानी बोल्ने हुन, आफनो विचार निर्धक्क राख्न सक्ने हुन हामीमध्ये धेरैलाई लामो समय लाग्यो।

छोरीको स्कूलले यो साह्रै राम्रो काम गरेछ। दीपेन्द्रजीले भनेजस्तै यो presentation शब्दको डिमोशन भने बिल्कूलै होईन। सबै आधुनिक समाजमा बच्चाहरुलाई यी कुराहरु सानैदेखि सिकाईन्छ।

छोरीका तस्बीरहरु हेर्न पाउँदा साह्रै खुशी लाग्यो। मैले भेट्दा सानै, २ वर्षजतिकि थिईन्।

डीआर न्यौपाने'सूर्य' said...

really nice blog sujan jee.. keep it up. happy blogging...

Aakar said...

प्रिजेन्टेसन गर्नाले आत्मविश्वास बढ्दोरहेछ भन्ने कुरो चाँहि मैले पनि अनुभव गरेको कुरा हो । तर कहिलेकाँहि यो पनि कालै जस्तो हुन्छन्, जब प्रश्नसोध्नेहरुले उल्टो खेद्न थाल्छन् ।

जेहोस्, नानु को प्रिजेन्टेसन को लागि बधाइ छ है ।

Yumesh Pulami said...

प्रिजेन्टेशनले व्यतिको व्यतित्त्व विकाशमा थप टेवा पु-याउछ - साथै आत्मवल पनी बढाउछ |
सकारात्मक कुरा |

नानी हसिलो रहेछिन - अनि आफ्नो संगै आफ्नो बच्चाको पनी कुराहरु यती राम्ररी शेयर गर्नु भएको मा धन्यवाद ! सुजन जी |

प्रबिण थापा said...

प्रस्तुती सुन्दर छ सुजन जि! छोरिको फोटोहरु झन त्यो भन्दा सुन्दर छन।

wordflows said...

Sujan ji hijo aaja school teacher haru le student lai hoina parent lai homework dinchhan.

Unknown said...

टिप्पणीको लागि सबै ब्लगर मित्रहरु तथा शुभ चिन्तक साथिहरुमा धन्यवाद् ।

Ammar said...

हुने बिरुवाको चिल्लो पात।

Unknown said...

I really late to visit anyway congrates Baby,,,,and don't crak your Mamus pc ok,,,,

बिमल गिरी said...

Oh nice,how to make the GOD.Really very nice chulbulee nanu.Thanks Papa n Mama.

Unknown said...

धन्यबाद !! बिमल जी, बि .जे. दुमौली जी र अमर जी।।

दिनेश राज said...

लेख सार्है राम्रो लाग्यो । अनि सानी नानीको कुरा सुन्दा आफ्नो बालककाल को सम्झना भयो । म सानो हुँदा हामीले यति सम्म बोल्न र सक्रिय हुन बातावरणले नै दिएनकि जस्तो लाग्छ ।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼