“आकाशको रंग निलो हुन्छ” वा “आकाश निलो हुन्छ”-- हामीले सानै देखी सुन्दै आएको कुरा यही हो । जे होस, ‘क’ बाट कछुवा र ‘ख’ बाट खरायो बने जस्तै हामी प्राय: बादललाई कालो र सेतो अनि आकाशलाई निलो हुनुको दर्जा दिन्छौं । तर जसरी ‘क’ बाट कछुवा मात्रै नभै कलम, कलश वा कसौंडी पनि बन्छ, आकाश पनि आफ्नो मनखुशीमा कहिले नीलो, कहिले कालो, कहिले रातो त कहिले एकै समयमा विभिन्न रंगमा देखिने रहेछ ।
गएको तीन दिन जत्ती म बस्ने शहरको आकाश आफ्नै मस्तीमा थियो, अनि उसले बादल र मौसमको साथमा आफ्नो भिन्न भिन्न रंग रुपहरु देखाएर मलाई आकाश निलो मात्रै हैन प्रकृतिले जस्तो चाह्यो त्यस्तै हुन्छ भन्ने प्रमाणीत गरीदियो । आजको यो पोष्टमा आकाशका यिनै भिन्न भिन्न रंगहरु बाँढ्दै छु ।
यि सबै तस्विरहरु गएको तीन दिनको बीचमा एकै दिशा र सकेसम्म एउटै कोणबाट लिईएका हुन ।
(बिहान देखिएको सेतो बादलले ढाकिएको आकाश)
(मध्यान्नको चम्किलो निलो आकाश)
(दिन ढल्दै जाँदा आकाश पनि रंग बद्ल्दै छ)
(साँझ पर्दा पर्देको सुनौलो आकाश)
(यो आकाशको अर्को रंग)
(इन्द्रेणीको सबै रंग सायद यसमै छ)
(सुर्य अस्ताउनै लाग्दाको बहुरंगी आकाश)
(सन्धिको आकाश)
अरू यता ...