15 September 2009

फूल, पात र दसैंको आगमन

अलिकता कार्य व्यस्तता र अलिकता अल्छीपनाले गर्दा यो पुरै हप्तामा ब्लगलाई खासै समय दिन सकिन । ब्लग अपडेट नगरेको केही समय भएको र केही समय पछी फेरि घरतिर जाने कार्यक्रम रहेकोले ब्लग अपडेट गर्न झनै समय नमिल्ला जस्तो लागेकोले अहिलेलाई बीचमा यता उता गर्दा बाटो पर्ने ठाउँमा खिचेको केही फूल-पातका तस्विरहरु राख्दैछु ।

आलु खनिसकेपछि उब्रेका सिला जस्तै यि तस्विरहरु पनि कुनै एक निश्चित स्थान वा समयका भने हैनन् ।

flower (8) (यो फूलसंगै सबैमा विजया दशमीको अग्रीम शुभकामना पनि है !)

flower (1) (ढकमक्क फूलेका फूलहरु—नाम थाहा नभएपनि मन परेर यस्को फोटो लिएकी थिएँ)

flower (17) (यो सायद शहरको कुनै पार्कमा लिएको तस्विर हो—बेनामी फूलकोOpen-mouthed)

flower (3) (जे भएपनि यी फूलहरुले दसैंको आगमनको सूचना दिएको जस्तो छैन त ?)

flower(यो चाही म काम गर्ने कार्यालयको प्रांगणमा हिजो मात्रै खिचेको)

 

16 Comments:

Prabesh said...

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !!!!!!!!!

Prajwol said...

I love green, हरियो मा फुलहरु झनै राम्रा देख्छ्न :D

मेरो तर्फ बाट पनि सबैलाई विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ।

Anonymous said...

विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना ....................

Anonymous said...

Nice refreshing flowers!

On this happy occasion of Vijaya Dashami, I wish you and your family all the success and prosperity in the coming days. May your life be filled with good health.

Anonymous said...

आहा कति राम्रा फूलहरु... दशैँको शुभकामना है

Hom Chetri said...

Happy vijayadashami & Deepawali to all, specially to those we are so creative & divine to share beautiful things in life, as Sujan.

skpari said...

धेरै दिन पछि आऊनुभो तर राम्रो फोटोहरु ल्याऊनु भो
ब्यस्ततामा खिचिएको भएनी फोटो संगालो अति राम्रो छ
यस फुलहरु जस्तै सुन्दरता मै बितोस दशै यसपाली सुजनजीको
यहि मेरो अग्रिम शुभकामना छ आउँदो शुभबिजया दशमीको
हार्दिक मङ्गलमय शुभकामना सबैलाई विजया दशमीको…..!!!

डीआर न्यौपाने'सूर्य' said...

दशैको आगमन सँगै सुन्दर फूलहरु सहित बाँड्नु भएको प्रस्तुतिको लागी मुरी-मुरी धन्यबाद सुजन जी ।

मेरो तर्फबाट पनि सम्पूर्णमा दशैको अग्रीम शुभकामना..............

मान्यजनको आसिर्बाद र नवदुर्गामाताको कृपाले तपाइहरुको जीवनमा सुख,सम्बृदी र उत्तरोउत्तर प्रगतिको दिनले जरा फैलावोस ।

दिनेश राज said...

सुजन जी ,
बिजया दशमी को हार्दिक मंगलमय शुभकामना । नबदुर्गा भवानीले रक्षा गरून् .........। फूल फुल्ने मौसम भएपनि हेर्ने नजर र त्यस्लाई अरुलाई चिनाउन सक्ने क्षमता सबैमा हुन्न । तपाईंका फोटोहरु ले सुन्दर फूललाई अझ निखरता प्रदान गरेको छ ।

Unknown said...

विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

Basanta said...

सुन्दर समयको आगमनको जनाऊ दिए फेरि यी फोटाहरुले। साह्रै मनमोहक छन्।

कृष्णपक्ष said...

खुसीको सुवास छर्दै मुस्काई रहेका यी फूलहरुले साच्चै हर्ष, उत्सव र चाडपर्वको आगमनको मिठो संकेत गरेका छन ।

Unknown said...

It's really such nice collaection Sujan jee, thank you for sharing to everybody.

Anonymous said...

सुजन म्याडम , सर , छोरी र परिवारमा हाम्रो महान चाड विजया दशमीको पवित्र अनि सुखद अवसरमा म र मेरो परिवार हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछौँ । शुभ विजया दशमी !!!

- कृष्ण पौडेल

Anonymous said...

महाकविले भन्नुभा'थ्यो:

।...............नजरका जुहार
ईश्वरका हाँसो पाएका फूल छोएर नमार !


फूलहरू ईश्वरले हामीलाई दिएका हाँसोका प्रकट रूपहरू हुन रे ! ई जस्तो सुन्दर अरू केही थोक छन् र संसारमा ? अहँ छैनन् । फूलहरू संसारमा अनेक रंग बनेर उपस्थित हुन्छन् , चरा, भवँरा र पुतली बोलाउँछन् र अरू सुन्दरता थप्छन् , मौरीहरू बोलाउँछन , महको मीठास संगाल्न र ओकल्न लगाउँछन् , मठ र मन्दीरमा देवीदेवताहरूको आव्हानमा हाम्रो अञ्जूलि र मनको सांक्षी बन्छन् अनि हामीलाई अगोचर ईश्वरको कल्पनामा साक्षात्कार गराउँछन् । धन्य छन् फूलहरू र हाम्रो जीवन, रंग , सपना र ईश्वर पनि जीवित छन् हाम्रो अस्तित्वसंगै ! फूलहरू नहुँदा हुन त संसार कति निरस र एकतमासको खैरो र उदास हुन्थ्यो होला हागि ? कल्पना गर्न पनि मन नपर्ने खालको !

-कृष्ण पौडेल

KESHAV RAJ ADHIKARI said...

दिदि एक राम्रो छ तपाइका पोस्ट हरु अनि ब्लग मलाइ त एकदम मन परेको छ तपाइ को बल्ग निरन्तरता दिइरहनु होला।।।।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼