07 September 2009

आकाशका रंगहरु …

“आकाशको रंग निलो हुन्छ” वा “आकाश निलो हुन्छ”-- हामीले सानै देखी सुन्दै आएको कुरा यही हो । जे होस, ‘क’ बाट कछुवा र ‘ख’ बाट खरायो बने जस्तै हामी प्राय: बादललाई कालो र सेतो अनि आकाशलाई निलो हुनुको दर्जा दिन्छौं । तर जसरी ‘क’ बाट कछुवा मात्रै नभै कलम, कलश वा कसौंडी पनि बन्छ, आकाश पनि आफ्नो मनखुशीमा कहिले नीलो, कहिले कालो, कहिले रातो त कहिले एकै समयमा विभिन्न रंगमा देखिने रहेछ ।

गएको तीन दिन जत्ती म बस्ने शहरको आकाश आफ्नै मस्तीमा थियो, अनि उसले बादल र मौसमको साथमा आफ्नो भिन्न भिन्न रंग रुपहरु देखाएर मलाई आकाश निलो मात्रै हैन प्रकृतिले जस्तो चाह्यो त्यस्तै हुन्छ भन्ने प्रमाणीत गरीदियो । आजको यो पोष्टमा आकाशका यिनै भिन्न भिन्न रंगहरु बाँढ्दै छु ।

यि सबै तस्विरहरु गएको तीन दिनको बीचमा एकै दिशा र सकेसम्म एउटै कोणबाट लिईएका हुन ।

Morning Sky(बिहान देखिएको सेतो बादलले ढाकिएको आकाश)

Afternoon (मध्यान्नको चम्किलो निलो आकाश)

Evening 1 (दिन ढल्दै जाँदा आकाश पनि रंग बद्ल्दै छ)

Evening (साँझ पर्दा पर्देको सुनौलो आकाश)

Evening (5) (यो आकाशको अर्को रंग)

Evening (6) (इन्द्रेणीको सबै रंग सायद यसमै छ)

Evening (7) (सुर्य अस्ताउनै लाग्दाको बहुरंगी आकाश)

Evening (8)(सन्धिको आकाश)

17 Comments:

दूर्जेय चेतना said...

कस्तो बिचित्रको तस्बिरहरु। कस्तो सुन्दर र प्रष्ट परिवर्तन देखिएको छ। जीबनकै परिभाषा खोज्न मिल्ने अर्थ पूर्ण तस्बिरहरु। सोचे भन्दा पनिबढी राम्रो हेराई।
धेरै राम्रो र उत्क्रृष्ट प्रस्तुती। धेरै धेरै धन्यवाद। मैले त जीबन देखेँ यि तस्विरहरुमा।

Aakar said...

पहेँलो आकाश भन्दा पनि 'सुनौलो आकाश' मिल्दो लाग्ला ! हुन पनि कहिले काँहि आकाश हेरेर आनन्द लिनु को मज्जा बेग्लै, कहिले निलो, कहिले कालो त कहिले सुनौलो !

Unknown said...

दुर्जेय जी, मनपराई दिनु भएकोमा धन्यावाद । साधारण फोटोको बारेमा असाधारण कमेण्ट दिनु भयो जस्तो छ :)

आकारजी, सुनौला नै राम्रो हो, मैले मिलाएँ, धन्यवाद ।

Basanta said...

राम्रा लागे तस्बीरहरु! आकाशका यी तस्बीरहरुले गहन रहस्य र सौन्दर्य एकैसाथ बोकेका छन्। बाँड्नुभएकोमा धन्यबाद!

wordflows said...

nice photograph

Jotare Dhaiba said...

एउटै आकाश, थरीथरी रङ, एउटै जीवन, थरीथरी मोड । एकै कोणबाट लिइएका तस्बिर पनि यती अनौठो किसिमले बेग्लिँदा रहेछन्, निकै मन पर्‍यो ।

Unknown said...

बिहान हुन्छ, त्यो बिहानी सँगै आकश परिबर्तन हुन्छ। यसरी दिन अनि साँझ अनि रात यी सबै समय सँग परिबर्तन भएर आकशले झै समय सापेक्ष मिल्न सक्ने भए मान्छेको जिबन सार्थक कति हुन्थ्यो होला। भाव झल्काईदिने तस्बिरको लागी सुजन जी धन्यबाद।

डीआर न्यौपाने'सूर्य' said...

अति लोभलाग्दा र रमणिय तस्विरहरु ।
यस्ता तस्बिरहरु कुनै साहित्यकारको आखाँ आगाडी त सुन्दर रचनाका मुहान बनेर सजिन बेरै लाग्दैन ।
अब सुजन जी राम्रो अनि कुशल फोटोग्राफर नै भएजस्तो लाग्यो मलाई फोटोहरु हेर्दा ।

Prajwol said...

Cool concept :)

Anonymous said...

Really cool. loved the collection. The changing color of sky ...as vivid as life!

कैलाश said...

sachhai kati ramra tasbirharu. surayodayako pani vaye ta ajha kiya dami hunthyo hola.... yo vayepa6i tyo pani vaye vane jhai ni sujan ji???

ani malai 1uta kura sodne lov pani lagyo sujan ji.... kun camera use garnu hun6a tapai?

HAWA said...

साच्चै तस्बिर किन जहिले पनि यथार्थ भन्दा सुन्दर देखिन्छ होला ?

फिल्मी वा साहित्यिक प्रभाव हो कि डुब्न लागेको घाम ले दिने साझ को रङ ले हठात बिरही बनाउदो रहेछ र सम्झीइन्छ:

उदास साम किसी ख्वाब मे ढली तो है...

Unknown said...

कैलाशजी , फोटोहरु मनपराईदिनु भएकोमा धन्यवाद। सुर्योदयको चाही अब पछी कुनै बेलामा खिच्नु पर्ला :)

अनि फोटो खिच्न म साधारण डिजिटल क्यामरा प्रयोग गर्छु (Kodak Easyshare M 1063)। फोटो खिच्ने रहर मात्रै हो, हा हा।

सबैमा धन्यवाद !

दूर्जेय चेतना said...

फर्की फर्की आएर आन्नद लिए है मैले । हा हा

sujan said...

sujan acharya ji

really good pic shot. keep it up ..

sujan
www.agricommercialization.blogspot.com
thank you

दिनेश राज said...

सुजन जि ,
आकाश पनि जिन्दगि रैछ (आकाशको पनि जिन्दगी हुदो रैछ।), कहिले कुन रंग कहिले कुन रंग , आहा । सार्है सुन्दर तस्वीरहरु ।
अब देखि कसैले आकाशको रंग सोध्यो भने त्यो उसको मुडमा भर पर्छ भनेर जबाफ दिने बिचारमा छु है म चाहि । हेहेहेहेहे

DrN said...

NAMASKAR, PHOTO HARU HERE PACHHI, MATHIKA PHOTOHARU TA MALAI MAN PARNE MA PARCHHAN.TAR TAPAI KO BLOG MA ANYA KISIM KA TASBIR PANI PAY ALI DUBIDA MA PARE TAPAI LE RAKHNU BHAYE KA TASBIR HARULE BUJHAUNE KURA FARAK -FARAK PAYE .KINA HOLA?

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼