28 August 2009

गणपति बप्पा, मोरीया !

भारतका हरेक सानो ठुलो शहरमा भाद्र शुक्ल चतुर्थीको दिनलाई गणेश चतुर्थीको रुपमा भव्य रुपमा मनाईन्छ । भन्नलाई भाद्र शुक्ल चतुर्थीको दिनलाई गणेश चतुर्थीको भनेपनि यो धार्मीक पर्वको रमझम भने करिव १५-२० दिन सम्म रहन्छ ।

बुद्दी, ज्ञान र धनका समेत देवता मानिने भगावान गणेशको यो पर्वको हलचल यो पर्व सुरुहुने १-२ हप्ता अगाडि देखिनै देखीन थाल्छ । शहर-गाउँ सबैतिर, माटो वा अन्य विभिन्न चिजबाट बनेका गणेशका मुर्तिहरुको बेचबिखनमा सबै व्यस्त हुन्छन् । घर, चोक, टोल वा कार्यालयहरुमा समेत स्थान र खर्चका हिसाबले १०-१५ फिट अग्लो देखी साना साना मूर्तीहरु समेतको जोहो हुन्छ ।

घर-घरमा साना-तिना मूर्ति त टोल-टोल र चोक-चोकमा भने पाण्डाल (अस्थाई मन्दिर) बनाएर त्यहा गणेशको मूर्ति स्थापना गरेर पूजिन्छ ।

केहि दिनको पूजा पछि भने ति सबै मूर्तिलाई नजिकैको नदि, खोला वा ताल आदिमा लगेर बिसर्जन गरिन्छ । मूर्ति स्थापना निर्दिष्ट दिनमै गरिए पनि बिसर्जन भने आ-आफ्ना सुबिधाको हिसाबमा गरिने भएकोले गणेश चतुर्थी समापन भएको हप्ता-दस दिन सम्म पनि यो मूर्ति बिसर्जनको कार्यक्रम भने चली रहन्छ ।

मूर्तिको स्थापना जत्ती आकर्षक हुन्छ, बाजा-गाजा र हर्षोल्लासका साथ “गणपति बप्पा, मोरीया” को धुन गुन्जाएर गरीने बिसर्जन पनि त्यत्तीकै आकर्षक र हेर्न लायक हुन्छन् ।

आजको यो पोष्टमा गणेश चतुर्थीको अगि र पछिका यस्तै केही तस्विरहरु :

Ganesh(पर्व अगाडिको तयारी—बिक्रिका लागी राखिएका गणेशकका ठुला मूर्तिहरु)

Market (घरको लागि मूर्ति जुटाउन बजारमा चहलपहल)

Black ganesh (मेरो घरको करिब २०० मिटर वरिपरी यस्ता करिब १० वटा पाण्डाल राखिएका थिए) 

White ganesh (यो घर नजिकैको अर्को पाण्डालमा स्थापना गरिएको सेतो गणेश)

Red Ganesh

(र यो अर्को पाण्डालमा राखिएको गणेश)

Jhilke Ganesh (पर्व पनि मनाउँदै, विज्ञापन पनि गर्दै—एउटा डिपार्टमेण्ट स्टोरमा राखीएको झिल्के गणेश)

Ganapati (मूर्ति विसर्जनको लागी लगिदै)

preparing to drop(मूर्ति बिसर्जन गरिँदै)

म बस्ने शहर नजिकै खोला, नदि नभएकाले यहाँका अधीकांश मूर्तिहरुलाई यहाँको हुसेन सागरमै बिसर्जन गरिन्छ –साना मूर्तिहरु तालको किनारबाट पानिमा हालिन्छ भने केहि ठुला मूर्तिका लागि यस्तै क्रेनको जरुरत पर्छ।

अरू यता ...

22 August 2009

स्वाईन फ्लूको हल्ला, ब्यापार र सन्त्राश

विगत केही समय देखी भारतमा स्वाईन फ्लू (H1N1 virus) को हल्ला र खवर कहीले हराएजस्तो त कहीले झनै गम्भिर भएजस्तो गरी आईरहेको छ ।

केही समय अगाडि, महाराष्ट्रमा त यसको रोकथामको लागि सात दिनकोलागि स्कूल कलेज समेत बन्द गरीए । अघिल्लो हप्ता पत्रिकामा स्वाईन फ्लु ‘कन्ट्रोलमा आएको’ खवर छापिएको थियो । तर आजको पत्रिकाको खवरलाई आधिकारीक मान्ने हो भने हालसम्म भारतमा ४८ जनाले यही रोगका कारण ज्यान गुमाई सकेका छन भने हिजों पहिचान गरीएका १३८ जना नयाँ समेत गरी संक्रमीतको संख्या २५३९ भएको छ ।

अलिकता हल्ला, अलिकता तथ्य, अनि केही गफ गर्ने बहाना त केही नजानिदों डर सबै समान छाएको छ यतातिर । स्कूल-कलेज, कार्यालय वा सामाजिक जमघट सबैमा यसको चर्चा चल्ने गरेको छ ।

कसैलाई यो त्रासको विषय भएको छ भने कत्तीलाई कमाउने सिजन पनि । हाल शहरको ठाउँ-ठाउँमा ‘स्वाईन फ्लू प्रिभेन्टीभ मेडिसीन’ र ‘मास्क’ को बजार गर्माएको छ । आजको पोष्टमा यही स्वाईन फ्लू सम्बन्धि केही तस्विरहरु:

Swine Flu( स्वाईन फ्लू को सन्त्राश संगै मौलाएको औषधी ब्यापार)

Swin Flu mask  (औषधी पसले मात्र होईन, खुद्रा पसले समेत मौकाको फाईदा उठाउँदै छन् ।)

Swine Flu Medicine (घर बन्नै बाँकी छ, ब्यापार सुरु भै सक्यो !)

Dipta (यो चाँही आफ्नै छोरी---मास्क लगाएर मात्रै स्कुल आउन नोटिस आएकोले मास्क सहित स्कुल बसको प्रतिक्षामा)

Prevention before care(यहाँका स्कुलहरुमा स्वाईन फ्लूको रोकथामको लागि औषधी दिईदै)

Wine shop

(स्वाईन फ्लूको सन्त्राशले गर्दा पछाडी “Wine” आउने सबै शब्द “Swine” जस्तै लाग्न थालेछ—यो चाँही “Wine” लाई “Swine” देखेर झुक्केर खिचेको तस्बिर हो है !!)

अरू यता ...

13 August 2009

NTR स्मारक को शान्ति र सुन्दरता

पहिला रजतपटलको सफल अत्यन्त लोकप्रिय नायक र पछि राजनीतिमा सफल नेताका रुपमा प्रसिद्ध रहेका  N.T. Rama Rao ( जो आन्ध्र प्रदेशमा मुख्य मन्त्री समेत रहेका थिए) को सम्झनामा हैदराबादको हुसेन सागरको छेउमा एउटा उद्यान निर्माण गरिएको छ ।

सुन्दर फुलहरु कलात्मक प्रवेश द्वार र स्मारक अनि शान्तिपूर्ण वातावरणका कारण सो उद्यान सहरमा निकै मनोरम र भ्रमणयोग्य स्थानको रुपमा गनिन्छ । पुरै आन्ध्र प्रदेशमा यि नेता र अभिनेताको नामबाट विभिन्न पार्कहरु र अन्य विभिन्न भौतिक पूर्वाधारहरु पनि बनेका छन । यिनको नामबाट बनेको एउटा पार्कको बारेमा मेरो यो पोष्ट मा पनि केही कुराहरु छन । आज भने यिनको सम्झना र सम्मानमा बनाईएको स्मारक वरिपरिका केही सुन्दर दृश्यहरु :

NTR Garden (मुख्य प्रवेश द्वार-यहाँ देखिनै पुरै स्मारक क्षेत्रमा जुत्ता,चप्पल निषेध छ)

Statue 1 (आगन्तुक को स्वागतमा कलात्मक मुर्ति) 

Entrance(मुख्य स्मारक सम्म पुग्ने कलात्मक मार्ग)

monument(मुख्य स्मारक)

garden (स्मारक परिसरको शान्त बगैचा)

Distance view (केही पर बाट खिचिएको स्मारकको दृश्य)

अरू यता ...

04 August 2009

मुग्गु- एक चिनारी !

दक्षीण भारतका हिन्दू परिवारका घरहरुमा बिहान पुग्नु भयो भने प्राय: ठुला साना सबै घर, एपार्टमेण्ट वा सामाजिक जमघट स्थलमा समेत मूल ढोकाको अघिल्तीर सेतो रंगको रेखा चित्र बनाएको देखिन्छ । यसरी कतै सामान्य कोणहरु, कतै कुनै काल्पनीक रेखाहरु त कतै शुभ सूचक धर्काहरुले घरको मूल ढोकाको सोभा बढाएको हुन्छ भन्दा फरक नपर्ला ।

हुन त हिन्दू रिवाजमा हामीकहाँ पनि पूजा-आजा, बिबाह, ब्रतबन्ध, यज्ञ हवन कार्य अगाडि यस्तै किसीमका ‘रेखी’ बनाउने चलन छ, तर हरेक दिन घरको मूल ढोका अगाडि यस्तो चित्र कोर्ने प्रचलन भने दक्षीण भारतमा यद्यपी कायम रहेको देखिन्छ ।

दक्षीण भारत र विशेषगरी तेलुगु भाषामा भने यसलाई ‘मुग्गु’ भनिन्छ र यसमा प्राय: एउटा मात्रै सेतो रंगको प्रयोग हुन्छ । कहीलेकाही कुनै मन्दिर वा पूजा-आजा अनि शुभकार्यको बेलामा यसको आकार-प्रकार निकै जटील वा वहुरंगी पनि हुन्छन। एक भन्दा बढि रंग प्रयोग गरेर बनाईएको आकृतिलाई भने ‘रंगोली’ भनिन्छ ।

यसको प्रयोगको बारेमा स्थानिय मानिसहरुको छुट्टा छुट्टै मत भए पनि घरको मूल ढोकामा यस प्रकारको शुभ सूचक आकृति राख्दा घरबाट कुनै पनि कार्यको लागि बाहिर निस्कने व्यक्ति वा बाहिरबाट घरमा प्रवेश गर्ने व्यक्ती वा सबैमा त्यसको शुभ असर हुने बताईन्छ ।

हाल यसको लागि विभिन्न किसीमका रंगहरु प्रयोगमा आएपनि सुरुमा यो रेखी हाल्ने कार्य चामलको पीठोबाट हुने गरेको थियो। केही मानिसहरु घरको मूल ढोकामा यसरी चामलको पिठोबाट तयार गरीएको रेखा चित्र राख्दा, यसले वरिपरिको किरा फट्याङ्राको आहाराको ‘जोहो’ पनि हुने हुँदा ईको सिष्टममा मद्दत मिल्नुको साथै घर बाहिरका किरा फट्याङ्राहरु बाहिर नै रहने र घरभित्र प्रवेश नगर्ने पनि बताउँछन ।

आजको यो पोष्टमा यस्तै केहि साधारण मुग्गुको तस्विरहरु बाँडदै छु :

Muggu (1)

Muggu

Muggu (2)   

Muggu (3)

Muggu (5)

Muggu (8)

Muggu (6)

Muggu (4)

यी सबै मुग्गुहरुको तस्बिर म बस्ने अपार्टमेण्टको मुल ढोकामा केही दिनको बिचमा बनाईएका थिए।

अरू यता ...