दक्षीण भारतका हिन्दू परिवारका घरहरुमा बिहान पुग्नु भयो भने प्राय: ठुला साना सबै घर, एपार्टमेण्ट वा सामाजिक जमघट स्थलमा समेत मूल ढोकाको अघिल्तीर सेतो रंगको रेखा चित्र बनाएको देखिन्छ । यसरी कतै सामान्य कोणहरु, कतै कुनै काल्पनीक रेखाहरु त कतै शुभ सूचक धर्काहरुले घरको मूल ढोकाको सोभा बढाएको हुन्छ भन्दा फरक नपर्ला ।
हुन त हिन्दू रिवाजमा हामीकहाँ पनि पूजा-आजा, बिबाह, ब्रतबन्ध, यज्ञ हवन कार्य अगाडि यस्तै किसीमका ‘रेखी’ बनाउने चलन छ, तर हरेक दिन घरको मूल ढोका अगाडि यस्तो चित्र कोर्ने प्रचलन भने दक्षीण भारतमा यद्यपी कायम रहेको देखिन्छ ।
दक्षीण भारत र विशेषगरी तेलुगु भाषामा भने यसलाई ‘मुग्गु’ भनिन्छ र यसमा प्राय: एउटा मात्रै सेतो रंगको प्रयोग हुन्छ । कहीलेकाही कुनै मन्दिर वा पूजा-आजा अनि शुभकार्यको बेलामा यसको आकार-प्रकार निकै जटील वा वहुरंगी पनि हुन्छन। एक भन्दा बढि रंग प्रयोग गरेर बनाईएको आकृतिलाई भने ‘रंगोली’ भनिन्छ ।
यसको प्रयोगको बारेमा स्थानिय मानिसहरुको छुट्टा छुट्टै मत भए पनि घरको मूल ढोकामा यस प्रकारको शुभ सूचक आकृति राख्दा घरबाट कुनै पनि कार्यको लागि बाहिर निस्कने व्यक्ति वा बाहिरबाट घरमा प्रवेश गर्ने व्यक्ती वा सबैमा त्यसको शुभ असर हुने बताईन्छ ।
हाल यसको लागि विभिन्न किसीमका रंगहरु प्रयोगमा आएपनि सुरुमा यो रेखी हाल्ने कार्य चामलको पीठोबाट हुने गरेको थियो। केही मानिसहरु घरको मूल ढोकामा यसरी चामलको पिठोबाट तयार गरीएको रेखा चित्र राख्दा, यसले वरिपरिको किरा फट्याङ्राको आहाराको ‘जोहो’ पनि हुने हुँदा ईको सिष्टममा मद्दत मिल्नुको साथै घर बाहिरका किरा फट्याङ्राहरु बाहिर नै रहने र घरभित्र प्रवेश नगर्ने पनि बताउँछन ।
आजको यो पोष्टमा यस्तै केहि साधारण मुग्गुको तस्विरहरु बाँडदै छु :
यी सबै मुग्गुहरुको तस्बिर म बस्ने अपार्टमेण्टको मुल ढोकामा केही दिनको बिचमा बनाईएका थिए।
12 Comments:
म त मुगुलाई नै मुग्गु लेख्या होला भन्ने सोच्दै, मुगु कहिले पुग्नुभएछ भनेर सोच्दै, ब्लगमा छिरेको त । मुगु नभइ, 'मुग्गु' नै पो रहेछ । हाहाहा
आफैँलाई हाँसो उठिरा'छ के सोचेर आएको थिँए, यहाँ त के पो रहेछ । जेहोस्, मुग्गु को बारेमा लेखिएको कुरा निकै राम्रो लाग्यो । तपाईले भन्नुभएजस्तै हामी कहाँ पनि 'रेखी' हाल्ने त चलन छ तर यो चलन पनि गज्जब नै रहेछ ।
खानुभन्दा अघि हजुर्बा ले 'औसानी' (यही नै हो क्यारे) हाल्नुपर्छ भन्नुहुन्छ, झिँगा लाई भुल्याउने बाटो । त्यस्तै मुग्गु ले नि भुल्याउनेहरेछ किराफट्याँङ्ग्रालाई ! हाहाहा
राम्रो हुदो रहेछ।
Interesting n informative!
there is different muggu in different picture. Is different muggu have different meaning?
सुजन जी हामी एउटा परम्परा र हाम्रो धर्म कर्मले नै त माथी छौ हामी यसैले गर्दा हामी पस्चिमे सांस्कृती बाट टाढा छौ। जुन अहिलेको पिंढीलाई आबस्याक छ यि कुराहरुको थाहा हुन। यस्तो ज्ञान बर्द्वक जानकारीको लागी धन्यबाद सुजन जी।
हेहेहे..मैले पनि आकार ब्रो ले जस्तै सुजन जी अचानक एकैपल्ट कुन फ्लाईट मा मुगू पुग्नु भएछ भन्ठानेको
यो प्रचिन चित्रकारी पनि हेर्दा रहस्यमय नै देखिन्छ
सुजन जी, तपाईं नयाँ ठाउँ घुमिरहनु हुदो रहेछ
घुम्न आउने पर्यटक लाई ध्यान मा राखेर पनि केही पोस्ट गरम न
हाम्लाई ईन्डिया टुर गर्दा काम लाग्न सक्छ
तपाईं को करीअर पनि राम्रो बन्न सक्छ..हेहेहे
रोचक जानकारी तथा रमाइला तस्बिरहरु । सेतो पिठोले बनएका फूलबुट्टाहरु पनि कति दुरुस्तै रंगले पोते जस्तै है सुजन जी ।
सुजन जी ! मैले त ...यो पोस्टको टाइटल देख्ने वितिकै नेपाल को रमणीय स्थल मुगूको बारेमा पो टासो टास्नु भएको रहेछ जस्तो लागेको थियो (आकार जी ले भन्नु भए जस्तै ) ... तर अर्कै रहेछ .... जेहोस एउटा जानकारी पाइयो मुग्गु को बारेमा - धन्यवाद त्यसको लागी ! हाम्रो धार्मिक कर्म काण्डमा कोरिने स्वस्तिक चिह्नहरु जस्तो रहेछ !
धेरै राम्रो लाग्यो ।
मैले पनि 'मुगु'को हिज्जे बिग्रिएछ भनेर लख काटेको, तर कुरै अर्को रहेछ ।
रङ्गोलीबारे त जानकारी थियो, यो मुग्गु भने नयाँ परेछ ।
सादापनमा पनि हिसी हुने, यो पनि त्यस्तै लाग्यो ।
अनि यसरी रङ्गोली वा मुग्गु बनाउनुको धार्मिक महत्तासँगै वैज्ञानिक पाटो पनि हुनेतर्फ इङ्गित गर्नुभएको छ, निकै चित्त बुझ्यो । बाहिरै किरा-फट्याङ्ग्रालाई 'मुग्गु-मेच' राखिदिएपछि भित्र कोठामा सफा-सुग्घर तुल्याउन सजिलो हुने नै भो ।
रेखाहरुमा के के सोचेर टोलाईरहँदा म त आफैं भुलिएँ - किराहरुको के कुरा भो र ?
आकार जी को भनाइ प्रती म पूर्ण सहमतिछु।
नयाँ नयाँ र सान्दर्भिक जानकारीको लागि धन्यवाद छ है
सुजन जी।
Post a Comment
Please leave your comment in the box, below▼
आफ्नो टिप्पणी यहाँ लेख्नुहोस... ▼