22 August 2009

स्वाईन फ्लूको हल्ला, ब्यापार र सन्त्राश

विगत केही समय देखी भारतमा स्वाईन फ्लू (H1N1 virus) को हल्ला र खवर कहीले हराएजस्तो त कहीले झनै गम्भिर भएजस्तो गरी आईरहेको छ ।

केही समय अगाडि, महाराष्ट्रमा त यसको रोकथामको लागि सात दिनकोलागि स्कूल कलेज समेत बन्द गरीए । अघिल्लो हप्ता पत्रिकामा स्वाईन फ्लु ‘कन्ट्रोलमा आएको’ खवर छापिएको थियो । तर आजको पत्रिकाको खवरलाई आधिकारीक मान्ने हो भने हालसम्म भारतमा ४८ जनाले यही रोगका कारण ज्यान गुमाई सकेका छन भने हिजों पहिचान गरीएका १३८ जना नयाँ समेत गरी संक्रमीतको संख्या २५३९ भएको छ ।

अलिकता हल्ला, अलिकता तथ्य, अनि केही गफ गर्ने बहाना त केही नजानिदों डर सबै समान छाएको छ यतातिर । स्कूल-कलेज, कार्यालय वा सामाजिक जमघट सबैमा यसको चर्चा चल्ने गरेको छ ।

कसैलाई यो त्रासको विषय भएको छ भने कत्तीलाई कमाउने सिजन पनि । हाल शहरको ठाउँ-ठाउँमा ‘स्वाईन फ्लू प्रिभेन्टीभ मेडिसीन’ र ‘मास्क’ को बजार गर्माएको छ । आजको पोष्टमा यही स्वाईन फ्लू सम्बन्धि केही तस्विरहरु:

Swine Flu( स्वाईन फ्लू को सन्त्राश संगै मौलाएको औषधी ब्यापार)

Swin Flu mask  (औषधी पसले मात्र होईन, खुद्रा पसले समेत मौकाको फाईदा उठाउँदै छन् ।)

Swine Flu Medicine (घर बन्नै बाँकी छ, ब्यापार सुरु भै सक्यो !)

Dipta (यो चाँही आफ्नै छोरी---मास्क लगाएर मात्रै स्कुल आउन नोटिस आएकोले मास्क सहित स्कुल बसको प्रतिक्षामा)

Prevention before care(यहाँका स्कुलहरुमा स्वाईन फ्लूको रोकथामको लागि औषधी दिईदै)

Wine shop

(स्वाईन फ्लूको सन्त्राशले गर्दा पछाडी “Wine” आउने सबै शब्द “Swine” जस्तै लाग्न थालेछ—यो चाँही “Wine” लाई “Swine” देखेर झुक्केर खिचेको तस्बिर हो है !!)

14 Comments:

bhai said...

ramra rahechha dijju photo haru ............ani ho dijju yo dherai ko lagi kamaune season baneko chha........

Unknown said...

सुजन जी यो स्वाइन फ्लु हाम्रो एशियामा अमेरिकाबाट नै आएको भन्छन बिभिन्न बिशेषज्ञहरु, हुन पनि जुनै कुराको बिकास बिकसित मुलुक बाटै हुन्छ रे त्यसैले यो स्वाइन फ्लु पनि त्यही बिकसित देश बाटै आगमनकारीको माध्यम बाट एशियामापनि जरा गाड्न सफल भयो भन्छन। कति को सत्य हो तर तपाईको फोटोले चाहीँ साँच्चीकै बजार लेला जस्तो छ सुजन जी। किनकी यी पनि त हुन ज-जस्ले हेर्छन शायद केही शिक्षा लिने छन।

धन्यबाद।

Anonymous said...

The H1N1 flu struck India a bit late but now the possibility of a big outbreak can't be overruled. and, the pandemic is all set to expose the creaky medical infrastructure in the country. The pictures you have uploaded here are indeed reflective of the present situation. Now, there exists a real chance of H1N1 spreading in Nepal too and cause a havoc. and, I can guess how true are our authorities when they claim to have taken all the necessary measures to control the swine flu!

By the way, the last photograph of a 'wine flu shop' is interesting :-)

wordflows said...

swine flu mask ha ha kasle kinachha hola ta swine flu mask

HAWA said...

यो सुङुरे रुघा ले एउटा राम्रो कुरा चाँही सिकाएको छ... अचेल अर्काको मुखतिर फर्केर हाछ्यु गर्न हुँदैन भन्ने बुझ्न थालेका छन

दूर्जेय चेतना said...

स्वाईन फ्लुको बारेमा मैले केही महिना अगाडि मेरै ब्लग मार्फत केही कुरा राखैको थिए। जस्मा मैले भनेको थिएकि यो स्वाईन फ्लु यदि दक्षिण एसिया सम्म आईपुज्यो भने यसको रुप निकै घातक हुने छ भनेर। आज यो रोग बिस्तारै बिस्तारै हाम्रो भेक र क्षेत्रमा यसरी फैलिएको छ की मै हुँ भन्ने देशहरुलाई पनि हम्मे हम्मे भईरहेको छ। साधारण झाडा पखलाले सयौ मान्छै मर्ने देशमा यो रोग आज भित्रि सक्दा पनि कुनै बिशेष कार्यक्रमहरुको घोषणा नहुनु यस प्रति कुनै सरोकर नराख्नुले पनि निकै खतरनाक अबस्थामा छौ आज हामि भन्ने कुरा सजिलै अनुमान लगाउन सकिन्छ।
सुजनजीको यो पोष्टले कमसेकम के के गर्ने सकिने रहेछ यो रोगबाट बच्नको लागि भन्ने कुरा सजिलै बुझ्न सकिन्छ। हामी पनि मास्क लगाएर हिड्ने गर्नु पर्छ र यदी यो रोगको लक्षण देखा परेमा कुन ठाउँमा जाने भन्ने कुरा राम्रो संग याद गरेर बस्नु पर्ने देखिन्छ।
प्रचार त हैन तर जानकारीको लागि पाठक मित्रहरुलाई यसको बारेमा यो मेरो लेख पनि पढ्नुहोला। जहाँ यो कस्तो प्रकारको रोगहो भन्ने कुरा राखेको छु।
http://doorjeya.blogspot.com/2009/04/swine-swine.html

Unknown said...

दुर्जेयजीले भन्नु भएझैं यो रोगले हाम्रो जस्तो मुलुकमा गँभीर रुप लिनसक्ने खतरा देख्छु म पनि । सरकारले यसबारेमा सोच्ला भन्ने त चिताउने ठाउँ पनि छैन ।

अनि अन्तिमको त्यो (S)WINE SHOP को झुक्याएको कुराले चैं राम्रो हँसायो ।

कैलाश said...

wine shop लाई स्वाइन देखेझैँ आजकाल यसो हाँच्छ्यु मात्रै भयो कि स्वाइनफ्लू भयो कि भन्छन् जो पनि। तपाईका थोरै शब्द अनि यी तस्बीरहरुले साँच्चीकै सचेत बनाउँछ सुजनजी।

Basanta said...

त्यो अन्तिमको फोटोसंगैको हजुरको कुराले ने हँसायो। खासमा Swine र Wine त्यति धेरै फरक चाहिँ नहोला, तर Wine जातिको जे देखेपनि मुख रसाउने भएर पो समस्या छ:)

साथीहरुले भनेजस्तै अब्यबश्थित बस्ती, धेरै जनसंख्या र ज्यादै थोरै स्वास्थ्य सचेतता र सुबिधाका कारण यस्ता रोगहरुले दक्षिण एशियामा कल्पनातीत क्षति पुर्याउने संभावना धेरै छ।

Prajwol said...

मेरो विचारमा H1N1 virus लाई bird flu को बेला झैं मास्क लगाएर धेरै फाईदा हुंदैन (कता हो पो पढेको थिएं यस् बारेमा) । अहिले सम्मको डाटा हेर्दा बच्चा र बुढाहरुमा यो डरलाग्दो देखिएको छ । अमेरिकामा भर्खर यस्को vaccine उत्पादन गरेर test गर्न volunteer हरुलाई आव्हान गरेको थियो । धेरै production हुन नपाएकाले यो सिजन खाली स्कुले केटा केटी र pregnent women हरुलाई हालको लागि प्राथमिकता दिएको छ ।
Information को कमी, र केही भै हाले पनि सरकारको प्रकोप रोक्ने क्षमता नभएकाले भारत-नेपाल तिर त्रासदी हुनु स्वभविक हो । Vaccine उपलब्ध नभए पनि हात धुने काम गरे मात्र पनि प्रकोप रोक्न धेरै सजिलो हुन जान्छ ।
North America तिर swine भन्ने नाम प्रयोग गरेकाले pork व्यवसायलाई गार्हो पर्न गयो भनेर क्रिषकहरुको धेरै चर्को आवाज उठिरहेको छ । Swine को सट्टा wine फेर्न उनिहरु तुरुन्तै तयार हुन्छन होला :)

Prajwol said...

माथि को कमेन्टमा "बच्चा र बुढाहरुमा" हुनु पर्ने मा अरुनै केही टाइप भएछ :)

डीआर न्यौपाने'सूर्य' said...

जानकारी सहित प्रस्तुत गर्नुभएको तस्बिरहरुको लागि धन्यबाद सुजन जी ।

Anonymous said...

राम्रो विषय उठान गर्नु भएछ । भारतीको तुलनामा नेपालमा एक अंश पनि सावधानी अपनाइएको छैन ।

Yumesh Pulami said...

"..... घर ज्वाई लाइ खानै धन्दा " भने झैँ लाग्यो | वाह ...स्वाइन फ्लु ले विश्व लाइ त्यस्तो असर पारेर ! मानव वस्तीमा धावा बोलि सकेको छ तर व्यापारी हरुलाई कमाउने राम्रै अवसर झैँ भएको रहेछ - picture हेर्दै थाहा भो !
ए म पनि झुकी है त्यो वाइन ले ... हाह हाहा ..........
राम्रो टासो सुजन जी !

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼