23 June 2010

काठमाण्डौका गल्लीहरु !

काठमाण्डौं: ऐतिहासिक सहर, सायद देशकै पहिलो महानगरपालिका र देशको राजधानी । झ्वाट्ट सोच्दा सफा, उज्यालो सुन्दर र चिल्ला फराकिला सडकको कल्पना मनमा आउँछ । तर काठमाण्डौंको सडक र बाटोहरूका भिन्नै कथा छन् । वास्तवमा भत्किएका, पुराना र खाडलै खाडलले भरिएका सडकहरू करिब करिब काठमाण्डौंका पहिचान नै बनी सकेका छन् ।

सडककै यस्तो हाल भएको ठाउँमा गल्ली र मसिना छेडोहरूका हाल झन् कस्तो होलान त? । कतै एउटा मोटर साईकल सम्म छिर्ने, कतै छेउ-छाउका काँडा र सिस्नुले बिझ्ला भनेर होसियार भएर त त कतै साँगुरो मोडमा विपरीत दिशाबाट गाई वा साँडेहरु आउने हुन कि भनि डराउँदै हिँड्नु पर्ने –हो यस्ता मसिना छेडो र गल्लीहरू अझै थुप्रै छन् काठमाण्डौमा । जहाँ कतै कतै दुइ जना एकैसाथ हिँड्न पनि मुस्किल हुन्छ ।

हुन त यस्ता गल्लीहरू निकै छन काठमाण्डौं मा तर आजको पोस्टमा भने मेरो आसपासमा रहेका केही यस्ता गल्लीहरूको तस्विरहरू :

Kathmandu Galli(कमलपोखरी बाट सानो गौचरण निस्कने गल्ली:- यो गल्लीमा दुईजना एकसाथ हिँड्न सजिलो छैन)

Balmandir Lane (बालमन्दिर बाट टंगाल निस्कने अर्को गल्ली--वर्षातमा छेउको काँडासंग साँच्चै होसियार भएर हिँड्नु पर्छ )

Chabahil Lane (चाबहिल क्षेत्रको एउटा अर्को गल्ली- यो पनि सार्वजनिक बाटो नै हो )

Narrow Lane(साँगुरो गल्ली र मसिना मोडहरु--मौलिकता कि विकासको पर्खाई ?)

Narrow dark lane(साँगुरो छेडो, छेउ-छाउमा फोहर, खम्बा अनि भित्तामा राजनैतिक नारा !। यस्तै छ !!) 

8 Comments:

दूर्जेय चेतना said...

साच्चै निकै काम गर्न बाकीँ छ है सहर ब्यबस्थित गर्न। गल्ली भन्ने बित्तिकै स्वत सानै हुन्छन् तर सानो पनि पक्की, राम्रो र सफा हुने भए त हुन्थ्यो नि।। फोहोर पनि उस्तै पो हुन्छन् त।
म हराएकी भनेको सुजन जी हजुर पनि नेपाल गए वाट हराउदै हुनु हुन्छ नि .. काठमान्डौको फोटोहरुको त हामी झन प्यासी छौ है.. ख्याल गरिदिनु होला।।।

Aakar said...

नामै त गल्ली ! त्यही भएर यस्तो भा'को होला नि !

तर यस्तो हुने भएरै, गल्ली नाम राख्या होला है !

:D

Chaitanya said...

........

पथ एक फूटे,पर्खाल दश फूटका
कागज,प्लास्टिक र वृक्ष-सजावटका
छ त अन्त कतै सुबिधा यसरी?
अलकापुरी कान्तिपुरी नगरी!

Unknown said...

बिकास पर्खिइ रोइरहेको गरीब हाम्रो मुलुकको दुराबस्थाको फोटो टांस्नु भएछ, नेताका घैंटामा कहीले लाग्ला - घाम ?

डीआर न्यौपाने'सूर्य' said...

राजधानीका गल्लि र बाटोहरूको हालत यस्तो छ मोफसलको त झन् के कुरो भयो र ? प्रस्तुतिको लागि धन्यबाद सुजन जी

Bed Nath Pulami said...

राजधानीको गल्लि त यस्तो बनाएर राख्या'छन अनि मुलुकै पुरै नया नेपाल बनाउने भनेर खोक्न छाड्या छैनन् ........... कति पत्याउने / कसरि पत्याउने अब ??
जेहोस यो पोस्ट बाट देशको दुरा- अवस्था देखिन्छ !

धन्यबाद यो टासोको लागि सुजन जी !

Sorcerer said...

wow! stumbled across your blog..
fantastic picture and a good writeup!

Shiva Prakash said...

काडमाण्डौ "न गर" पालिकाबाट नाम परिवर्तन भएर काडमाण्डौ "महा न गर" पालिका भएको यहाँहरूलाइ थाहै रहेनछ । अनि त्यही ठाउँमा अर्को एउटा "नेपालखाने" पानीसंस्थान पनि छ । पानीको हालत यहाँहरूलाइ थाह छैन भने सुजनजी पानी बिनाका धाराका फोटा अर्को पटक खारिदिनु हुने छ । धन्यवाद ।
http://www.youtube.com/watch?v=8iP4nw8dbCw

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼