17 March 2010

लौ घुम्नुस असन- इन्द्रचोक !

फोटो खिच्ने बिचार थिएन र फोटो खिच्ने तयारी पनि थिएन । क्यामरा नबोकी घरायसी कामको सिलसीलामा आज असन-इन्द्रचोक पुग्दा अचानक त्यहाँको दृश्यले मन खिच्यो । देशको राजधानी शहरको पुरानो र पारम्पारीक बजार क्षेत्र जहाँ नुन देखी सुनसम्म र खाद्यान्न देखि जडिबुटीसम्मको व्यापार हुन्छ, त्यहाँ पुग्दा केही तस्बिर उतार्नै मनलाग्यो र साथमा रहेको मोबाइल फोनबाट केही दृश्यहरु कैद गरें ।

हुन त देशमा आजकल ठूला ठूला सुपरमार्केट र डिपार्टमेण्टस्टोरहरु खुलेका छन, तैपनि हाम्रो पुरानो र प्यारो असन-ईन्द्रचोकले आफ्नो रौनक र वैभव दुबै अझै कायम राखेको छ । मसिनो गल्लीको दुबैतर्फ रहेका साना-ठुला ढीक र सटर भीत्र खोजेमा नभेटीने सामान सायदै होलान । त्यही विविधता, उपलब्धता र प्राचिनतासंगै जीउँदै रहेको यस्को लोकप्रियतालाई यही तस्विरकै माध्यमले भएपनि बाँढने प्रयास गर्दैछु । बेलामौकामा त्यही पुग्नेलाई सायदै केही नौलो नलाग्ला तर विदेशमा बस्नेहरुलाई भने सायद केही सम्झना र केही न्यानोपन दिन्छ कि यि तस्विरहरुले :

Mata Annapurna (असन-इन्द्रचोकको बयान माता अन्नपूर्णको मन्दिर विना त हुनै सक्दैन हैन र )

Ashan Indrachwok (2) (इन्द्रचोकमा यात्री र सामान ढुवानीको पर्खाईमा रहेका रिक्साहरु)

Ashan Indrachwok (1) (इन्द्रचोकबाट देखिने असनतर्फको दृश्य)

Ashan Indrachwok (3) (काठमाडौंको जाडोबाट जोगाउने ओडनेको पारम्पारीक बजार)

Flute( यो बाटोमा यस्ता बाँसुरी र मुरलीका ‘रुख’हरु पनि बराबर देखिइरहन्छन )

Ashan Indrachwok (5) (श्वदेसी क्रेता र विदेशी पर्यटक सबैले खोजेका वस्तु पाईन्छन यहाँ)

14 Comments:

Basant Giri said...

मोबाइल फोनले खिचेका तस्बिर पनि कति राम्रा हुन। पक्कै पनि राम्रो क्यामेरा भाको मोबाईल हुनु पर्छ। असन-ईन्द्रचोक पुर्याइदिनु भो, सुजन जी लाई धेरै धेरै धन्यबाद्। त्यो ठाउको भिड भाड सार्है हेरौ हेरौ लाग्छ मलाई त।

Yumesh Pulami said...

हो नी - सुजन जी ! हामि जस्ता विदेशमा बस्नेहरुको लागि ......राम्रो सम्झनाका कुराहरु हुन् !
निकै भिडभाड र ... सानो गल्लि (खोच)- म हिजै हो - त्यहा डुल्न पुगेको थिए जस्तो लाग्यो !

दूर्जेय चेतना said...

यही त एउटा बजार बाकी छ हाम्रो काठमान्डूमा, काठमान्डू मार्काको । असन डुल्न पाईयो। मलाई त निकै मन पर्छ यो बजार क्षेत्र। यहाँ गए पछि के पाईदैन र? धन्यवाद है सुजन जी काठमान्डू पुर्‍याईदिनु भएको मा...

Jotare Dhaiba said...

निकै पटक भीडबाट छलिँदै र 'बामे सर्दै'यो ठाउँ छिचोलेको छु ।
मन्दिरको दर्शनदेखि ओढ्नेको न्यानो, 'मुरलीको रुख'को मधुर छहारीसम्ममा मन अँड्यो फेरि एक पटक ।

काठमान्डु आएपछि अब आफ्नो राजधानी सहरको कला, संस्कृति, सम्पदा र विविध पहिचान यहाँको View Finder ले सबैको सामु ल्याउँदै जानेछ । यो नियमित खुसीको कुरो ! धन्यवाद यहाँलाई ।

Basanta said...

सुन्दर तस्बीरहरु! अलिकति भएपनि काठमाण्डौंको नियास्रो मेटाए। धन्यबाद यहाँलाई!

Chaitanya said...

लौ है,तस्वीर हेर्दैमा मसला बसायो | अनि, कति पर्ला अहिले एउटा बाँसुरीलाई ?

कृष्णपक्ष said...

एकदम । काठमान्डूको नियास्रो मेटायो केही हद सम्म, कति डुलियो यी भिडभाडहरु मैले त आफ्ना ती दिनहरु पो सम्झिएँ ।

Unknown said...

कमेण्टको लागि सबैलाई हार्दिक धन्यवाद !

चैतन्यजी, मैले सोध्न न सोधिन तर सायद २०-२५ रुपैयाको हाराहारीमा आउला एउटा बाँसुरी (तपाई पनि बजाउनुहुन्छ हो :) ।

mskhanal said...

very nice. asan surakshit rum pa ghumne upay. n vid ko chinta na ............

ametya said...

कुनै दिन मौका मिल्यो भने असनको गल्लिहरुको सयर गराउनु होला ल !!! काठले लडिसकेका घरलाई टेको लाको द्दश्यहरु वास्तविक असनका परिद्दश्यहरु हुन् । काठमाडौमा भुकम्प गयो भने बढी मर्नै असनका नै हुन्छन , जसलाई नकार्न सकिन्न ।

Nepalean दौतरी said...

असनबजार नेपालकै एउटा मौलिक बजार हो। यस्लाइ डिपार्मेन्टल स्टोरले कांहा भेटाउनू?
पक पटक बाइक लिएर असन बजार काट्न लागेको,कुरा नगरौं,२० मिनेट लाग्यो होला जमलबाट न्युरोड पुग्न।
सुजन जी फोटोहरु राख्दैगर्नुहोला। मोबाइल फोनले पनि काम चल्दो रहेछ।

Unknown said...

त्यहिँबाट हिँडिरहँदा रिँगटा छुटेजस्तो लागेको थियो मलाई , अहिले तस्विरमा हेर्दा सोच्दैछु फेरी आउँदा झर्को नमानी क्यामरा बोकेरै आ उनु पर्यो । सेलफोनको कति दह्रो उपयोग गर्नुभएछ ।

Ashesh said...

हिजो भर्खर पुगेर आएको ईन्द्रचोकतिर । आफ्नै कामको चटारो, टाउको उठाएर पनि हेरिन होला यो वजारलाई । भीडभाड छिचोलेर कतिवेला घर पुगौँ जस्तो भएको थियो । आज फोटोमा हेर्दा त अर्कै मज्जा पो आयो त फेरि । भाउजूको फोटोग्राफीको त तारिफै गर्नुपर्यो अव ।

Chaitanya said...

आफुले बजाउन जान्ने भए त यो दुनिया अर्कै हुन्थ्यो नि! बच्चा छंदा निकै शोख थियो बजाउने| अहिले भने, किनिराखेदेखी कोही मिठो बजाउने साथीभाई भेट्दा टक्र्याएर आनन्दले सुन्न पाईएला कि भन्ने विचार हो मेरो |

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼