17 January 2012

साँच्चै, के यस्तै मात्रै हो त नयाँ नेपाल ???

ब्लग अपडेट नगरेको पनि धेरै नै भएछ । यो बीचमा ब्लगमा राख्ने सर्जामको अभाव भएको पनि हैन्। तर विविध कारणले गर्दा यसपाला फेरि ब्लग टाँस्न धेरै ढीला भएछ ।

आज, बाटोमा हिँड्दै गर्दा नक्साल-नाग पोखरी नजिक एउटा घरको भित्तामा टाँसिएको एउटा फ्लेक्स पोस्टरमा ध्यान गयो । टाडैबाट हेर्दा पनि कुनै सामन वा चलचित्रको विज्ञापन होइन जस्तो लाग्यो र नजिकै गएर हेरेँ।

राजनैतिक खिचातानी र अनुत्तरदायी नेता अनि अस्तव्यस्त भएको देशको हाल देखेर कोही सज्जनले लेखेको एउटा मनको बह रहेछ त्यो पोस्टरमा । बाटो पारीबाट हेर्दा राम्ररी पढन नसके पछि म बाटो वारी नै गएँ सो पोस्टर पढ्न् ।

New Nepal (3)

हुन पनि मुखले ‘नयाँ’ भनेर मात्रै नहुने रहेछ। जत्ति ‘नयाँ- नयाँ’ भने पनि नेपालको हाल बत्ति, पानी, इन्धन आदिको अभावका कारण झन् झन् बेहाल हुँदै गएको छ र हाम्रो ढुङ्गे युगतर्फको यात्रा जारी छ । न्यूनतम आवश्यक बस्तुको अभावले मात्रै हैन् सायद सामाजिक सुरक्षा र गतिछाडा नेताको हर्कतले पनि सायद यी हरफहरूका लेखकलाई निराशातर्फ धकेलेको हुनसक्छ ।

त्यसो त देश र जनताको सुन्ने बानी हाम्रा नेतामा पाइन्न। तर खुला सडकका भित्तामा लेखिएका यस्ता हरफहरूलाई कुनै एकजना मानिसको निजी विचार मात्रै ठानेर बस्ने स्थिति पने पक्कै पनि छैन् । भाषा वा शब्द फरक पर्लान, तर सायद अहिलेकै समयको कुरा गर्ने हो भने यी दुई पोस्टरमा रहेका भावहरूले धेरै नेपालीको प्रतिनिधित्व गर्ला:

New Nepal (2)

(तस्बिरलाई ठूलो गरेर हेर्न सोही तस्बिरमा क्लिक गर्नुहोला- - तस्बिर अर्को पेजमा ठूलो आकारमा खुल्ने छ) 

साँच्चै, के यस्तै मात्रै हो त नयाँ नेपाल ???

3 Comments:

Unknown said...

कामनपाका विक्रमदासको कुरा सही हो ।

(काम नपाका भनेर खिल्लि उडाएको हैन है काठ्माण्डौ महानगर पालिकाका भनेको ।)

पोष्टर हेरेर मेरो दिमागमा त हास्य कलाकारहरुलाई खुराक बन्ने खालको यस्तै कुरा पो उब्जियो, विषयको मर्मले त कामनपाका मान्छेको मात्र हैन देशभरिकै मान्छेको अवस्था एकै होला.......घोर निरासा!!

Chaitanya said...

देशको अबस्थाले चित्त असाध्यै दुखेपछि यस्तो लेखेका होलान , बिचरा ! हामी सबै बिचरा !

दूर्जेय चेतना said...

साच्चै हामी सबै बिचरा...

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼