23 February 2012

बोल्ने फोटो !

काठमाण्डौको मौसम अजब-गजबको छ/हुन्छ । कहिले गर्मी छ भनेर पातलो लुगा लगाएर निस्केको केही छिनमै हावा चलेर वा वर्षात भएर थरथर काँप्नु पर्छ त कहिले जाडोको पूर्ण तयारीका साथ प्रशस्त कपडा गुथेर हिँड्दा टन्टलापुर घामले चिट चिट पसिना छुटाउँछ ।

त्यसो त ‘जाडो महिना’, ‘गर्मी महिना’ वा हिउँद- गर्मी-शरद वा वर्षातको आ-आफना समय छन्, तैपनि कहीलेकाही मौसमले बदमासी गरिदिन्छ र चिसो-तातोको नियम पूर्णतः लागू हुँदैनन् अनि मानिसहरू मौसमको मजाक वा बदमाशीमा नराम्ररी फस्छन् पनि ।

काठमाण्डौको मौसम अहिले पनि करिब करिब त्यस्तै ‘मजाकिया’ स्वभावको भएको छ। मतलब, कुन बेला जाडो वा गर्मी हुन्छ भन्न सकिन्न वा कुनै पनि बेला गर्मी र कुनै पनि बेला जडो हुन्छ अचेल । मौसमको यो मजाकले गर्दा बाटो हिँड्ने मानिसहरू घर बाहिर निस्कँदा के कस्तो लुगा-कपडा लगाएर निस्कने भन्नेमा ‘कन्फ्यूज’ हुन्छन् ।

केही दिन अगाडि नयाँ बानेश्वर चोकनेर पुग्दा मौसमले झुक्याएका मानिसको यस् एउटा दृश्य देखियो । गाडिमा थिएँ र साथमा क्यामेरा पनि थिएन। तैपनि मोबाइल फोनबाटै भए पनि १-२ कल्किक लिएँ। आजको पोस्टमा त्यही बोल्ने फोटो :)

Confusion of Weather

(फोटो एकैछिन हेर्नुस त ….मौसमको मजाकले झुक्याइएको दृश्य सजिलै पहिचान हुन्छ Open-mouthed smile)

माथिको फोटोबाट कुरो ‘क्लियर’ नभएको भए अर्को एउटा ‘मोबाइल जूम’:

Tshirt and leather jacket

(रमाइलो छैन त ?… एकै समय र स्थानमा कोही हाफबाउले टिसर्ट त कोही बाक्लो छालाको ज्याकेटमा Winking smile)

6 Comments:

Paresh said...

लेखकले सामान्य जस्तो देखिरहने कुरालाई पनि निक्कै मजाले अपरेशन गर्नुहुन्छ । राम्रो लाग्यो :)

दूर्जेय चेतना said...

तश्विर आफै बोल्छ भनेको त्यसै हैन नि। दिलिप सरको अहिल्लो 06 February, 2012 को पोस्टको बारेमा हजुरको राय के थियो भन्ने जान्न मन लागेको छ मेडम। लौ है कुन कुन कारण रहेछन् भन्नु होला। हा हा।।
समान्य लागे पनि, बाटोमा हिड्दा हिड्दै देखिने अस्थिर दृष्यहरुमा यस्तो गहिरो दृष्टी चाहिँ मान्नै पर्छ।

Aakar said...

ha ha!

Unknown said...

दूर्जेय जी,

त्यो 06 February को पोस्टको बारेमा के भन्नु र ? । त्यसमा लेखेको सबै कारण र नलेखिएका अरू थुप्रै कारणहरू पनि छन् मेरो ब्लग ढिला हुनुमा :)। हे हे हे :)

Basanta said...

यस्तै छ यो स्साला-- काठमांडू!

Basanta said...

--- र यहाँको स्साला--- मौसम!

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼