23 April 2009

चारमीनार र मक्का मस्जिद ।

(यसमा राखिएका सबै तस्बिरहरु मोबाईलबाट खिचिएका हुन)

चारमीनार:

हैदराबादको पुरानो सहरमा अबस्थीत यो मीनार, हैदराबादको प्रमुख पर्यटकिय स्मारक मात्रै हैन, हैदराबादको प्रतीक र पहिचान नै भन्दा पनि फरक पर्दैन ।

23042009327

यो बास्तबमा १५९१ मा तात्कालिन शासक मुहम्मद कुली कुतुब शाहले मस्जिदको रुपमा निर्माण गरेका थीए । उनले प्लेगको महामारीबाट सहरलाई बचाउन अल्लाहसंग प्रार्थना गरेको र सो भएमा एउटा मस्जिद निर्माण गर्ने प्रतिज्ञा गरेकोले सो प्रतिज्ञा पुरा गर्न यो मीनारको निर्माण गराएका थिए । पछि यसको भिन्न बनोट र चारतर्फ रहेका चार वटा मीनारका कारण यो स्मारक चार मिनारका नामले प्रसिद्ध भयो ।

23042009326

चार तल्ले यो मीनारको सबैभन्दा माथिल्लो तल्ला प्रार्थना गर्ने कक्षको रुपमा निर्माण गरीएको छ । मीनार सहित यसको कुल उचाई करिब ५६ मिटर रहेको छ।

हाल अबलोकनको लागि खुल्ला राखिएको यसका चार वटा मिनारमा पनि चार-चार तलाको रुपमा बनाईएको छ ।

23042009307 (यो चाहि तेस्रो तल्लाको भित्रको दृश्य)

 

मक्का मस्जिद:

 

यो मस्जिद भारतमै सबैभन्दा ठुलो र पुरानो मानिन्छ । सन १६१७ मा शुरु गरेर १६९४ मा निर्माण कार्य सम्पन्न गरीएको यो मस्जिदमा एकै समयमा १०,००० जना मानिसले सामुहिक प्रार्थना गर्न सक्छन ।

 

aa

(यो चाहि चारमिनार माथिबाट खिचिएको मक्का मस्जिदको तस्बिर)

 

मस्जिद भित्र क्यामरा र मोबाईल फोन समेत प्रतिबन्धित भएकोले यो तलको फोटो पनि बाहिरैबाट मोबाईलबाट खीचिएको हो ।

23042009320

12 Comments:

Yumesh Pulami said...

सुजन शर्मा जी सुन्दर तथा जानकारी मूलक पोस्ट सजाएर बाड्नु भएकोमा धन्यबाद ! थप जानकारीले अलिक रोचक बनाएको छ | राम्रो लाग्यो |

Anonymous said...

बाहिरबाट त ठीकै देखिन्छ... चार मीनारको तेस्रो तल्लाको भित्रको दृश्य चाहीं साँच्चै कलात्मक रहेछ...तस्बीरको लागी सुजनजीलाई धन्यबाद....

अनि फोटोबाट नै सही...बिस्तार बिस्तार सारा नेपाल-इन्डिया चाहीं घुमिने भो भन्ने मेरो बिचार छ....

दूर्जेय चेतना said...

साच्चै मिलनजीले भने जस्तो राम्रो राम्रो फोटोहरु हेर्न पाईन्छ तपाईंको ब्लगमा। फोटोको बारेमा लेखिदिएकोले फोटोहरु अझ राम्रो लाग्छ। अझ राम्रा राम्रा फोटोहरु हेर्न पाइयोस।

प्रबिण थापा said...

फोटो सहितको जानकारी मुलक लेखबाट यि सम्पदाहरुको बारेमा केही जान्न पाउदा खुशी लागेको छ सुजन जि! निरन्तर तपाईंको यस कदम अघी बढीरहोस शुभकामना! अनी मिलन जि ले भनेजस्तै तपाईंको फोटोहरु हेर्दै संसार घुम्ने भइयो।

Anonymous said...

Thanks for the informative post! and the pictures are nice too (even though taken from mobile).

Unknown said...

"Charminaar ki laila,,,,," ani khoi kunni ke ke bhanne git maile kataa suneko thie tara maile photo bhae pani pratyaxa herna paauda danga bhae, dhnayabad Sujan jee ramra ramra tasbirako laagi.

Unknown said...

मेरो ब्लग मन पराएर टिप्पणी गर्ने सबै ब्लगर तथा शुभ चिन्तक साथिहरुमा हार्दिक धन्यवाद् ।

Unknown said...

This blog really amazing fantastic and romantic also.Many thanks to sujan for your great works.

Wish you all the best with my best regards,

"HAPPY BLOGGING"

बिमल गिरी said...

सुजन जी
नमस्कार
आज अचानक म तपाईंको
यो सुन्दर ब्लग हेर्ने मौका
पाए। सुन्दर फोटोहरुले सुसज्जित
ब्लग साथै जानकारी मुलक खजानाहरु ले पढि
हेरी जानकारी प्राप्त गरे। यसको लागि धन्यवाद।

Unknown said...

धन्यबाद प्रदिप जी । बिमल जी तपाईको पहिलो आगमन को लागि धन्यबाद, आफ्नो अमुल्य प्रतिक्रिया दिएर ब्लगलाई उत्साहित गर्नु भएकोमा ।

Unknown said...

Wow !! nice shots of cell phone's camera .

Basanta said...

भाऊज्यूको बलगको माध्यमबाट भारतका सुन्दर ठाऊँहरुको पनि भ्रमण भयो। धन्यबाद!

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼