03 January 2010

कोही छ प्रतिस्पर्धी ?

केही समय अगाडि मैले यहि ब्लगमा भारतमा मोबाईल फोनको शुल्क घटाउने होडबाजीको बारेमा एउटा पोस्ट लेखेकी थिएँ । मिनेटको आधारमा हुने कल रेटको बदला प्रति सेकेण्ड १ पैसाको पल्स रेट सुरु गरेर टाटाले भारतको मोबाईल प्रदायकमा शुल्क घटाउने गज्जबको प्रतिस्पर्धा सुरु गर्‍यो ।

लागेको थियो, सायद मोबाईलको शुल्क अब न्यूनतमा बिन्दुमा पुगीसक्यो र त्यो भन्दा तल जान सक्दैन । तर त्यो आंकलन पनि गलत सिद्द भयो जब अर्को प्रदाएक एयरसेलले त्यसको केही समय पछि नै २ सेकेण्डको एक पैसा हुने कल रेट निकाल्यो ।

त्यसको २-३ हप्ता नबित्दै मिनेटको २९ पैसा, तीन मिनेट फोन गरे अर्को तीन मिनेट फ्रि हुँदैं १० पैसा प्रति मिनेट र एक रुपैयाको एक कल तर एक कल बराबर १० मिनेट हुने सेवा समेत निस्केका छन । अब भने यो प्रतिस्पर्धा कहाँ पुग्छ अन्दाज गर्न मुश्किल छ ।

आजकल नयाँ वर्ष र यहाँको ठूलो चाड पोंगलको आगमनका कारण हरेक बस्तु वा सेवामा विभिन्न “अफर” हरु देखिन थालेका छन । आजको पोस्टमा यस्तै केही अनौठो अफरहरु:

Funny offer (क्रिसमस र नयाँ वर्षको उपलक्षमा एउटा कुखुरा किन्दा ४ वटा अण्डा फ्रि Silly)

Buy 2 get 9 free(Buy 1 get 1 free मा अब आकर्षण रहेन--सामान बिकाउनु छ भने यस्तै गर्नु पर्छBig Grin)

Amazing Offer (१ रुपैयाँको सिममा ७ रुपैयाँको टक टाईम, त्यो पनि लाईफ टाईम भ्यालिडिटी र एक सेकेण्डको १ पैसा मात्र—अब हरेक कलको लागि भिन्दै नम्बर किने पनि हुन्छ Laughing)

Offer in Medicine

(त्यसो त औषधिको व्यापारलाई  यदाकदा White Mafia भनेको पनि सुनिन्छ । तर यसरी औषधिमा समेत यस्तो अफर भने मैले देखेको  पहिलो पटक नै हो Confused)

10 Comments:

दूर्जेय चेतना said...

हा हा!! ए लौन के गरु के गरु भो मलाई त। हा हा। साह्रै बिश्वाशनै नलागने पो रहेछन् त कुनै त हा हा। मलाई लैनचौर बस्दाको एउटा कुरा याद आयो। एउटा पसले थियो तरकारी बेच्ने। सडकको छेउमा लामो लाईन बनाएर बेच्ने ब्यापारीहरुको बीचमा एउटा बुढो मान्छे साह्रै ठट्टा गर्नु पर्ने थियो। बन्दा, काउली, वा अरु कुनै पनि तरकारीमा १ वोटा किने अर्को फ्री भन्थ्यो। घरी घरी उसलाई कुन्नी के हुन्थ्यो अनि भन्थ्यो: "हजुर आउनुस आउनुस दिदी लगे साली फ्री"
मलाई त यो भन्दा पनि ठूलो अफर लाग्यो है। हा हा
बाकी के कारणले यसो गरेका होलान त्यता तिर लागिन म, रमाईलो मानेरै हेरे।
धेरै धेरै धन्यवाद है सुजन जी। रमाईलो पोष्ट राख्नु भयो यस पाली।

डीआर न्यौपाने'सूर्य' said...

आहा ! सामानहरुमा एउटा किन्दा अर्को फ्री वा बाइ ओन गेट ओन फ्री त हामीले पनि गरेकै हो तर यो मोबाइल र औसधिको प्रतिष्पर्धा चाही रमाइलै लाग्यो।
जति बजारमा प्रतिस्पर्धीहरु बढ्दै जान्छन त्यति नै उपभोक्ताहरुलाई फाइदा नै हुन्छ, त्सैले यस्तो हुनु पनि राम्रो कुरा नै हो तर गुणस्तर पनि ख्याल हुनु पर्छ ।
दूर्जेय सरको अतितले हँसायो है मलाई पनि (दिदि माग्दा साली फ्री ) ........?

Yumesh Pulami said...

यो त - हदै सम्म भो नि ! सुजन जी ! हैन इण्डियनसंग कसैले पनि प्रतिस्पर्धा गर्न सक्दैन नै कि क्या हो ? भोडाफोन को त हदै हो !साचै यो पोस्ट - अच्चमको पोको जस्तै रहेछ !

Unknown said...

भारत न हो । सामानको मूल्यमा ब्यापारीले आफ्नो ईच्छा लादेपछि जे गरे नि भयो नि ।

त्यो औषधी बेच्नेले १००० रुपैंया मूल्य बराबरको औषधीलाई १५०० रुपैंयामा बेच्यो भने ४०० रुपैंयाको फ्लास्क सित्तैमा दिएँ भनेपनि १०० रुपैंया त क्रेताको लुटेरै छाड्छ त्यस्तै नै त होलान् नि यि सबै अफरहरु ।

Chaitanya said...

कुखुरा र अन्डा संगसंगै पकाएर(ओयाको)खाए पनि भयो नि!
बरु औषधि चाहिं फ्लास्कमै राखेर खाने खालका हुन् कि! तीतो औषधि धेरै नै छ भने पनि साथीसंगीसंग सस्तो फोनमा गफ गर्दै घुटुक्क निले ठीकै हुने रहेछ| गजब लाग्यो|

कृष्णपक्ष said...

हा हा हा .. खुब रमाइलो तरिका,
बेद्नाथजी अचम्म मान्नु पर्दैन यहा पनि भोडाफोनले गरे जस्तै शैलीको दुरुस्तै तरिका ओरेन्ज कम्पनीको फोनले गरेको थियो, २० सेकेलको सिम किन्नुस, ५०सेकेल बराबरको कलिंग सितैमा तर फरक के थियो भने यसको समयावधि तोकिएको थियो, जे होस् प्रशस्तै सिमकार्डहरु किनेर उपभोग गरियो । कहिले काही यस्ता अफरहरु गज़बका हुन्छन । एउटा किन्दा चार, दुइटा किन्दा नौ ?..... यसले चाहि अति गर्यो ।

Basanta said...

गज्जब रहेछ प्रतिस्पर्धा! यस्तो हुनु पनि राम्रै हो, फाईदा उपभोक्तालाई नै हुन्छ। यसरी सस्तो हुँदा सामान वा सेवाको गुणस्तर खस्किन नदिने संयन्त्र हुनु भने जरुरी छ।

Anonymous said...

वाह ! मज्जाको टाँसो । अफरहरु देखेर मज्जाले हाँसियो । यहाँ नेपालमा पनि कम्ती छैनन् प्रतिस्पर्धीहरु अनेक प्रकारका अफरहरु ल्यारहेछन् । हाल टेलिफोन प्रदायक कम्पनीहरुले पनि भारतको सिको गरिरहेको जस्तो लाग्यो यो पोष्ट पढेर । माथि ब्लगरसाथीहरुले भनेझैँ अफरहरुमा ध्यानकेन्द्रित गरेजस्तै गुणस्तरमा पनि ध्यान केन्द्रित हुनुपर्छ है ।

हैन, तपाइँलाई ब्लगले चाहिँ व्यावसायिक फोटो पत्रकार बनायो कि क्या हो ? सा¥है आर्कषक र अर्थपूर्ण फोटोहरु खिच्नुहुने रहेछ । नेपाली ब्लग जगतमै तपाईको ब्लग फरक लाग्यो है मलाई । सफलताको शुभकामना सहित ।

Ashesh said...

अचम्मकै लागे फोटाहरू त!! मासुकिन्दा अण्डा फ्रि र ओषधिमा flask फ्रि, साह्रै अनौठा अफरहरू...कमसेकम नेपालमा चाहिँ यस्तो अफर देख्न पाईदैन । गज्जवै लाग्यो मलाई त । कतिथोक जानेका हुन् मान्छेले??

ametya said...

१०० करोड मान्छेका १०० थरी सोच - India न पर्यो , हुने त भयो नै ।।।।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼