03 May 2010

सत्ता आन्दोलन र कष्टकर जीवन !

राजनीति नबुझ्ने भएकोले हाल चलेको आन्दोलन कसले, किन र केका लागि गरेको भन्ने मैले बुझ्न सकेको छैन । संवैधानिक प्रक्रियाबाटै सरकारको विघटन गराउन सकिने मार्ग प्रशस्त भएको र चुनावमा सबैभन्दा बढी भोट पाउने दल नै उल्टै सडक आन्दोलनमा लागेकोले यो कुरा बुझ्न झनै गाह्रो भएको छ म जस्तै सामान्य नेपालीहरुलाई ।

साधारण नेपालीले यो आन्दोलन के हो भन्ने नबुझे जस्तै, आम हडताल, आन्दोलन वा बन्द जे भनिएपनि यो प्रयोजन गराउने समुहले पनि जे जसो गरे पनि दु:ख पाउने जनता नै भएको कुरा पनि बुझेका छैनन् ।

विगत तिन दिन देखि राजधानि ठप्प छ । राजनैतिक स्वार्थका लागि नेताले देश ठप्प पारेर पाँच तारे होटलमा शान्ति वार्ता गरिरहँदा म र म जस्तै धेरैजना साधारण नागरिकहरु भने खाना- नाना र छानाको जोरजामाको लागि जे जसो गरेर भएपनि आआफ्नो कामको ठामसम्म पुग्नै पर्ने वाध्यतामा भिडेका देखिन्थे ।

यातायात साधनको अभावमा मुख्य मुख्य स्थानमा पुग्न नसकेपनि घर देखी कार्यालयसम्म पुग्दाका केही दृश्यहरु आजको पोस्टमा राख्दैछु: (तस्बिर ठूलो गरेर हेर्न कुनै पनि तस्बिरमा क्लिक गर्नुहोला- तस्बिर आफैं अर्को पेजमा खुल्नेछ)

Chabahil (चावहिल चौकको विहानको दृश्य)

Students(अस्तिको दिन अन्यौल र अनिश्चितका कारण केही  विद्यार्थीहरु परिक्षा केन्दरतर्फ पैदल जाँदै)

Road 1(बन्द पसल,सुनसान सडक र कष्टकर जीवन)

Taxies (रिस्क किन लिने !- तोडफोड हुने त्रासका कारण थन्काईएका ट्याक्सीहरु)  

Julus(जिन्दावाद ! मुर्दावाद!!)

9 Comments:

Prabesh said...

यस्तै दृश्य टुलुटुलु हेरेर बसिरहनुपरेको छ....

Aakar said...

उपाय पनि केही छैन ! सबै त शक्ति कै आधार मा हुने रहेछ । पहिले दरबार को भर तरबार भन्थे । अहिले को राजनिति को स्थिति पनि त्यहि नै छ !

रूक्मागत शर्मा पौडेल said...

सरकारमा रहेहरू हो सुन ।
कि गर राजिनामा कि तह लगाऊ आन्दोलनको नाममा जनतालाई शास्ती दिनेहरूलाई ।
कि गर राम्रो काम कि राम्रो काम गर्नेलाई छोड ।
जुङ्गाको लडाई नलड बरू जुङ्गा फालिदेऊ ।
देश बनाऊ नबिगार ।
ब्यक्तिबादी चिन्तन त्याग ।
कम्युनिस्ट होऊ भने पार्टीगत स्वार्थ भन्दा माथी उठेर मार्क्सको परिकल्पना बमोजिमको साम्यवादी समाजको निर्माणमा आजै देखि लाग।
होइन भने झूठको खेति नगर ।

ametya said...

रुक्मांगत जी,

म माकुने समर्थित त हैन तर माधव कुमार नेपालले यसरी सडकबाट प्रदशन गर्दैमा लुरुक्क परेर राजिनामा दिनुपर्छ भन्नेमा म छैन ।

आज माओवादीले सडकबाट राजीनामा माग गर्छ , भोली प्रचण्डको सरकार बनेपछि फोरमले सडकबाट माग गर्ला । के यसरी नै सत्ताको परिवर्तन गर्ने खेल खेल्नको लागि नेपालले राजिनामा दिने ?????

व्यक्तिविशेषको राजिनामाको माग माग्ने विभिन्न उपायहरु हुन सक्छन होला । माओवादिले रोजेको यो बाटो पुर्णत धृणित छ ।

डीआर न्यौपाने'सूर्य' said...

यसरि देश ठप्प पारेर बस्ने सबै राजनितिकर्मिहरुलाई साथ दिन अझै नेपाली जनताहरु किन पछी पर्छन भन्या ?
आन्दोलनको बेला पनि यसरि फोटोहरु पस्किनु भएकोमा धन्यवाद सुजन जी

Basanta said...

दु:खलाग्दो यथार्थ!

Bed Nath Pulami said...

कहिले सम्म यो दृश्यहेरी रहनु पर्ने हो कुन्नि?

Chaitanya said...

जनतालाई कष्ट दिने मति नष्ट होस् | सहमति र प्रगतिको मति प्रष्ट देखियोस |

Nepalean said...

लोडसेडिगंले गर्दा भाउजूले क्यमाराको ब्याट्री चार्ज गर्न पाउनु भएनछ जस्तो छ।
लोडसेडिगं मुर्दाबाद।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼