03 June 2010

अर्को एउटा अनौठो मन्दिर !

केही हप्ता अगाडि मैले यही ब्लगमा एउटा अनौठो मन्दिरका केही तस्बिरहरु राखेकी थिएँ । गतहप्ता काम विशेषले हिँडदै गर्दा आफ्नै छिमेकी वडामा अर्को एउटा त्यस्तै अचम्मको मन्दिरमा आँखा पर्‍यो । घरबाट नजिकै भएपनि र त्यो बाटोमा धेरैपटक ओहर-दोहर गरेपनि कहिले क्यामरा साथमा नहुने त कहिले फोटो खिच्न नमिल्ने विविध कारणले गर्दा सो मन्दिरको फोटो खिचेर राख्ने मौका मिलेको थिएन । यसपाला भने त्यहीबाट हिँडदा केही तस्बिर खिचेँ नै ।

काठमाण्डौको वडा नं ४ मा अबस्थित र बोलीचालीको भाषामा कहिलेकाही 'धुमबाराही' पनि भनिने यो मन्दिर वास्तबमा धुम्र बराहको हो ।

पिपलको जरा र फेदले तीनतर्फ घेरीएको यो मन्दिर त्यही रुखले गर्दा नै एकदमै अनौठो देखिएको छ । रूखले यो मन्दिरलाई अनौठो मात्रै बनाएको छैन, अनौठैसंग सुरक्षीत पनि गरेको छ । झ्वाट्ट हेर्दा मन्दिरले नै यो विशाल बृ्क्ष बोकेको जस्तो भान पर्ने गरी मन्दिरको छानाको ठीक बीचबाट आकाश्शीएको पिपल निक्कै मोटो र अग्लो छ । आजको पोस्टमा यही मन्दिरका केही तस्बिरहरु :(ठुलो आकारमा हेर्न कुनै पनि तस्बिरमा क्लिक गर्नुहोस- तस्बिर आफैं अर्को पेजमा खुल्नेछ)

Front door, Dhumra Baraha (मूल द्वार- मन्दिरको मानव निर्मित भौतिक हिस्सा, वाँकी प्राय: जराले नै घेरेको छ)

 Dhumra Baraha (3)( ल हेर्नुस मन्दिरको देब्रेतर्फको बनोट – जराले नै भित्ता र गाह्रोको काम गरेको छ)

 Dhumra Baraha, Back side(यो मन्दिरको पछाडिको भाग- पर्खाल भने पनि भित्ता पनि यही नै हो )

Dhumra Baraha (12)(अलि टाडाबाट हे्र्दा यस्तो देखिन्छ मन्दिर)

Dhumra Baraha Far front(अनि रूख र मन्दिर पुरै खिच्दा यस्तो- मन्दिरले नै रुख बोकेजस्तो छैन त?) 

18 Comments:

Aakar said...

साँच्चै गज्जब कै पो रहेछ ! हेर्न जानुपर्यो एकपटक नजिकै बाट ! काठमाण्डौ वडा नं ४ कता हो थाहा छैन, ठाउँ को नाम नि भन्दिए हुनेथियो !
:)

Unknown said...

आकार जी, यो मन्दिरकै नामबाट सो ठाउँलाई पनि 'धुम्बाराही'भनिन्छ । तपाई चावहिल तिरबाट रिङरोड बाट आउनु भयो भने गोपीकृष्ण हल भन्दा अलि अगाडि सुकेधारानेर बाट देब्रेपट्टी (पश्चिम) लाग्नुपर्छ ।

त्यहाँ वरिपरी पुगेर धु्म्बाराही को मन्दिर भन्नुभयो भने सजिलै भेट्नु हुनेछ ।

Basanta said...

गज्जब रहेछ!

Basant Giri said...

अचम्म को मन्दिर् र पिपल को सह-अस्तित्व!!

Unknown said...

अर्को हो र पनि पहिलेको जस्तै पो लाग्यो मलाई त ।

आकार said...

ए । त्यहाँ पो हो । उसोभए मैले ठाउँ थाहापाएँ । मैले कमेन्ट मा त्यही नै ठाउँ हो कि भनेर लेख्न थालेको थिँए, फेरि हैन होला जस्तो लाग्यो । जेहोस् अब चाँहि नजिकै गएर मज्जा ले हेर्नुपर्यो ।

डीआर न्यौपाने'सूर्य' said...

sachhai manmohak thau rahechha ... taswirharuko lagi dhanyabad sujan g.

Anonymous said...

hello... hapi blogging... have a nice day! just visiting here....

Ashesh said...

म त अचम्ममै पो परेँ बा !!!! साँच्चै हेर्न मन लाग्यो यो मन्दिर मलाई.....

दूर्जेय चेतना said...

मैले पहिलेनै सुनेको चाही थिए तर जाने मौका मिलेन। यहा पढ्न र देख्न पाईयो, टाडै बाट भए पनि दर्शन गरियो। यसको लागि धन्यवाद है हजुरलाई

Chaitanya said...

रुखले देउतालाई बाँधेका हुन् कि देउताले रुखलाई, कुरै बुझ्न गाह्रो भो ! अस्तिको मन्दिर र यो उस्तै लाग्यो | गजब रहेछन |

Unknown said...

चैतन्य जी, दुबैले एकअर्कालाई बाँधेका छन :)।

अस्तिको मन्दिर र यो दुबै छिमेकी हुन, सायद त्यसैले उस्तै 'गेट-अप' बनाएका होलान । दुईटा मन्दिरको बीचमा सायद २ किलोमिटर जत्तिको मात्रै दूरी होला ।

sanjaya khadka said...

धुम्बाराही जानुपर्यो एकपटक जेहोस् अब चाँहि नजिकै गएर मज्जा ले हेर्नुपर्यो ।

suresh ghimire said...

ramro lagyo..

rmaharjan said...

ramro lagyo, kati tyahi bato hid6u tara yasto yad dai garina.

Purushottam Gautam said...

तपाईंको प्रयास राम्रो लाग्यो । म पनि लेख्छु अली अली तर सस्मरण र दैनिकी मलाई ज्यादै मन पर्छ । कार्य ब्यस्तताले सन्स्मरण्लाई निरन्तरता दिन सकेको छैन । तर केही दिन अघिदेखी दैनिकी भने लेख्न थालेको छु । पुरुकोजीवनकथा हो ब्लगको नाम हेरेर सुझाब दिनु होला है त ।

Anonymous said...

thank you vry much.............
pipalko botka jaraama ta malai ganesh bhagawan ko tauko bhaye jhai lagyo.......

Rajesh said...

Thauko naam suneko dherai barsa bhaisakyo tara karan tapaiko pic le balla thaha payen...Achammakai jasto lagyo mandir.. janai parne

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼