07 April 2011

छोरीको प्रोजेक्ट वर्क र काठमाण्डौका धरोहरहरू !

ब्लगमा हाल्ने सर्जामको अभाव भएको हैन्, तर केही व्यस्तता, केही अलमस्तता र केही भने बिजुली बत्तीको अस्तव्यस्तता ले गर्दा ब्लग अपडेट नगरेको पनि धेरै भएछ । यो बीचमा केही ‘ब्लग बन्न सक्ने’ तस्विरहरू पनि खिचेकी थिएँ तर माथि भनिएकै प्रतक्ष र अप्रतक्ष कारणहरूले गर्दा ब्लग धेरै दिन सम्म सक्रिय हुन सकेन ।

यो बीचमा केही तस्विरहरू खीचेकी थीएँ-- छोरीको प्रोजेक्ट वर्कको लागि—। हो, केही समय अगाडि तीन कक्षामा पढ्ने छोरीलाई एउटा प्रोजेक्ट दिईएको थियो, काठमाण्डौका केही ऐतिहासिक संरचनाका तस्विरहरू जम्मा पारेर कपिमा टाँस्न !। हुन त इन्टरनेटमा सर्च गरेको भए पनि ती सबै उपलब्ध हुन्थे नै, तैपनि यो प्रोजेक्ट वर्क अप्रतक्ष रूपमा ३ कक्षाका विद्यार्थीलाई हैन्, उसका बाबुआमालाई नै दिइएको हो भन्ने लागेकोले एउटा बिदाको दिनमा क्यामेरा लिएर निस्केँ ।

धूलो-धूवाँ र प्रदूषणको साम्राज्य भित्र अझै पनि केही यस्ता धरोहरहरू काठमाण्डौमा छन्, जसले काठमाण्डौंको धूमिल हुँदै गएको ईतिहासलाई जिवन्त राखेका छन् । छोरीको प्रोजेक्टमा यी तस्विरहरू टाँसीइसके र उस्को प्रोजेक्ट ‘सफल’ पनि भैसक्यो । आजको पोस्टमा तीनै केही तस्विरहरू टाँसेर आफ्नो ब्लगलाई पनि पुनः सक्रिय गराउँदै छु :

Dharahara

(बाहिर २५, भीत्र २१३ सिँढी भएको, २०३ फिट उचाई भएको, १९८२ सालमा निर्माण गरिएको भीमसेन स्तम्भको नामले परिचित धरहरा –दुई भिन्न कोणबाट)

Nag Pokhari

(यहाँ मैले कहिल्यै नाग देखेको छैन, कहीले काहीँ पानी पनि हुँदैन, तर यही हो काठमाण्डौको प्रसिद्ध नाग पोखरी)

Sahit Gate

(कि शहीद द्वार भनेको भए हुन्थ्यो, कि त “Martyr Gate”। आधा अङ्ग्रेजी र आधा नेपाली शब्दको नाम राखिएको अर्को धरोहर—सहीद गेट)

Ghanta Ghar

(काठमाण्डौको कथा बीर शमसेरले बनाएको घण्टाघरको चर्चा विना कसरी सकिन्छ र—अझै पनि चल्दै छ र समय बताउँदै छ यो बुढो घण्टाघरले )

Rani Pokhari

(सहरीकरण र सक्रमणले च्यापीदै गएको अर्को स्थान—गणतन्त्र नेपालको ‘रानी पोखरी’ Laughing out loud)

र अन्तमा यो बोनस फोटो:

Kathmandu Road Night

(रानी पोखरीको किनारमा साँझको चपेटा—सबैलाई घर फर्कने हतार)

7 Comments:

Paresh said...

पहिलो तस्वीर हेर्दा गज्जब लाग्यो । तस्वीर लिने काइदा निकै सन्तुलित छ । कसैले भनेको सुनेथें– तस्वीर लिने बेलाको क्लिकमा सास पनि फेर्नु हुन्न रे । हो जस्तै लाग्यो मलाई त । धन्यवाद ।

वेदनाथ पुलामी said...

फोटो सँगै लेख्नु भएको छोटा छोटा caption हरु नै काफी लागे -एउटा लामो लेखको सारंश जस्तो !
धेरै लामो अन्तराल पछी देखा पर्नु भएको छ -खुसि लाग्यो !

दूर्जेय चेतना said...

दिउसो देखी बेलुका अबेर सम्म डुल्नु भएछ। सानी भुन्टी पनि आमाको पछि पछि लागेर निकै थाकेकी होलिन। अलिक पहिले तपाईहरु भारतमा हुदा समेत छोरीको प्रोजेक्ट बर्कले एउटा बल्ग आएको थियो। खुसी लाग्यो अब नेपाल तिर पनि प्रोजेक्ट बेसमा पढाई हुन थालेछ। जे होस यही निहूँमा काठमान्डु डुलाउनु भो.. खुसी लाग्यो।

दूर्जेय चेतना said...

साच्चै एउटा कुरा त्यो रानीपोखरीको पानि निलो हुनु पर्ने पुरै हरियो पो देख्छु म त..

Sujan Sharma said...

हो है ! पानी त हरीयो नै रहेछ । सधैं यस्तै हो कि मैले तस्विर खिच्दा मात्रै यस्तो भा हो भने यादै भएन । अर्को पटक त्यताबट हिँडदा याद गरौंला ।

Anonymous said...

very good.

प्रकाश समीर said...

छोरीको प्रोजेक्ट वर्कको लागि भनेर खिचिएका फोटोहरु भनिए पनि एउटा ब्यबसायिक फोटो पत्रकारले खिचेका फोटो भन्दा कम लागेन है मलाई त। हामी मुलुक बाहिर बस्नेहरुलाई त संग्रहणीय लाग्यो । धन्यवाद यहाँलाई।

Post a Comment

Please leave your comment in the box, below

आफ्नो टिप्पणी यहाँ लेख्‍नुहोस... ▼